कोभिड-१९ उपचारमा एन्टिबडी

कोरोना अपडेट

कोभिड-१९ उपचारमा एन्टिबडी

२०७७ असार १५ सोमबार ०९:४५:००

- यो उपचार पद्धति दीर्घकालीन समाधान भने होइन । खोप र औषधिले जस्तो यसले लामो समय काम गर्दैन । एकपटक बिरामीमा गरिने एन्टिबडी थेरापीले एक–दुई महिना मात्र काम गर्छ ।

- अमेरिकाको एलर्जी र सरुवारोग राष्ट्रिय प्रतिष्ठानका निर्देशक तथा ह्वाइटहाउस कोरोना भाइरस कार्यदलका सदस्य डा. एन्थोनी फउसी कोभिड–१९ विरुद्धको लडाइँमा एन्टिबडी उपचार पद्धति महत्वपूर्ण उपलब्धि हुने बताउँछन्

- कोभिड–१९ महामारी नियन्त्रणमा खोप र औषधि बनाउन अध्ययन जारी छ । यही वेला अमेरिकी वैज्ञानिकले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउने उपचार पद्धति सबैभन्दा प्रभावकारी देखिएको दाबी गरेका छन् ।

- सिएनएनका अनुसार कोरोना संक्रमितको शरीरमा एन्टिबडी उत्पादन बढाउने उपचार पद्धति सन् २०२० भित्रै तयार हुने दाबी पनि वैज्ञानिकहरूको छ ।

- एन्टिबडी प्रोटिन हो, जसले शरीरलाई संक्रमणबाट बचाउँछ । गम्भीर प्रकृतिको फ्लु, मर्स र सार्सजस्ता संक्रमणको उपचारमा यो पद्धति यसअघि पनि प्रयोगमा थियो ।

- सन् १९१८ को फ्लु महामारी नियन्त्रणमा चिकित्सकहरूले ‘कन्भलेसेन्ट प्लाज्मा’ पत्ता लगाएका थिए, जुन फ्लु संक्रमणबाट मुक्त बिरामीमा पाइएको थियो ।

- कोभिड–१९ को उपचारमा पनि ‘कन्भलेसेन्ट प्लाज्मा’ उपयोगी हुने निष्कर्ष निकालिएको छ । तर, शरीरमा यसको मात्रा कम हुने भएकाले अन्य औषधि प्रयोगमार्फत बढाउनुपर्ने चुनौती छ ।

- औषधि प्रयोगमार्फत उत्पादित ‘कन्भलेसेन्ट प्लाज्मा’ अझ प्रभावी देखिएको उनीहरूको भनाइ छ । चिकित्सकहरूले कोभिड–१९ उपचारमा ‘मोनोक्लोनल एन्टिबडी’ तयार पार्न लागिएको जनाएका छन् ।

- यो उपचार पद्धति दीर्घकालीन समाधान भने होइन । खोप र औषधिले जस्तो यसले लामो समय काम गर्दैन । एकपटक बिरामीमा गरिने एन्टिबडी थेरापीले एक–दुई महिना मात्र काम गर्छ ।

- तर, कोरोना संक्रमणको जोखिम समूहलाई यो विधि प्रभावकारी बन्ने आकलन छ ।
 

#कोभिड-१९ # एन्टिबडी # प्रिन्टसंस्करण

सम्बन्धित सामग्री

कोरोना भाइरसविरुद्धको खोप

खोप भाइरसको निष्क्रिय रूप वा यसको जिन प्रोटिनबाट तयार गरिन्छ । खोप लगाएपछि स्वस्थ व्यक्तिको शरीरमा रोगसँग लड्ने एन्टिबडीको विकास हुन्छ । एकपटक एन्टिबडी सक्रिय भएपछि त्यो भाइरस हाम्रो शरीरमा प्रवेश गरे पनि शरीरले त्यसलाई चिन्छ अनि नष्ट गर्दछ । एकपटक खोप लगाएपछि त्यसले आजीवन काम गर्न पनि सक्छ, छोटो अवधि काम गर्न पनि सक्छ । छोटो अवधिमात्र काम गर्ने खोप उत्पादन भयो भने बुस्टर डोज दिनुपर्ने हुन्छ । खोप निर्माणका लागि विभिन्न चरण हुन्छन् जस्तै, प्रयोगशा

गोरखापत्र

बेसार, भ्रम र वास्तविकता

मानव जातिको उत्पत्तिदेखि आधुनिक युगसम्म आइपुग्दा पृथ्वीमा अनेकौँ रोगव्याधिहरू देखापरे । प्राचीनकालमा ती रोगव्याधिहरू निर्मूल गर्न मानिसले माटो र बेटबिरुवाहरूको प्रयोग गरे । ‘वल्र्ड एन्थ्रोपोलोजी’का अनुसार सर्वप्रथम आदिम मानिस ‘निएन्डरथल’हरूले उपचार पद्धति अँगालेको पाइन्छ । मानव विकासक्रमसँगै विभिन्न उपचार पद्धतिहरूको उपयोग भएको पाइए पनि सबैभन्दा धेरै आयुर्वेद, युनानी, तिब्बती, चिनियाँ, मिश्रीय र होमियोप्याथिक पद्धतिहरू प्रचलनमा छन् । यी पद्धतिहरूमा जडीबुटीहरूको व्यापक प्रयोग हुन्छ किनकि ती जडीबुटीजन्य औषधिहरूको प्रतिकूल असर न्यून हुन्छ । अनेकौँ रोगहरूमा प्रयोग हुने बोटबिरुवाहरूमध्ये बेसार पनि एक हो । कोरोनालाई बेसार

गोरखापत्र

कोरोनाभाइरसको उपचार गर्न परम्परागत विधि र औषधि अघि सार्दैछ चीन

विज्ञहरूका अनुसार चीन सरकार परम्परागत औषधि र उपचार पद्धति को आकर्षण चीनबाहिर पनि बढाउन प्रयासरत छ।

बीबीसी नेपाली

होमियोपेथिक उपचार पद्धति उपयोगी

कोरोना भाइरसजस्ता सरुवा रोग र महामारीविरुद्ध होमियोपेथिक उपचार पद्धति पनि प्रभावकारी रहन सक्ने चिकित्सकहरूले सुुझाएका छन् । नेपाल सरकार पशुपति होमियोपेथिक चिकित्सालयका निमित्त प्रमुख डा. प्रेमनारायण श्रीवास्तवका अनुसार होमियोपेथिकको आफ्नै उपचार पद्धति छ र त्यसले सरुवा रोगमा पनि काम गर्छ ।

गोरखापत्र

कोरोनाविरुद्ध होमियोपेथिक उपचार पद्धति उपयोगी हुनसक्ने

कोरोना भाइरस (कोभिड–१९) जस्ता सरुवा रोग र महामारीविरुद्ध होमियोपेथिक उपचार पनि प्रभावकारी रहन सक्ने चिकित्सकहरूले सुुझाएका छन् । नेपाल सरकार पशुपति होमियोपेथिक चिकित्सालयका निमित्त प्रमुख डा. प्रेमनारायण श्रीवास्तवका अनुसार होमियोपेथिकको आनै उपचार पद्धति र त्यसले सरुवा रोगमा पनि काम गर्छ ।

गोरखापत्र

अरोमा थेरापी : सुगन्धबाट उपचार

अहिले सौन्दर्य सम्बन्धी समस्याको समाधानको लागि अनेकौं विधिहरु रहेका छन् । एलोपेथिकको विकल्पमा आयुर्वेदिक उपचार पद्धति अपनाउने गरिन्छ । प्राकृतिक विधिबाट उपचार खोज्नु पक्कैपनि हानिरहित हुनसक्छ । यससँगै यस्तो उपचार विधि पनि प्रचलनमा छ, जसमा औषधि …

अनलाइनखबर

भारतमा चिकित्सकलाई ‘भूतले सताइएका’को उपचार पद्धति सिकाइने

भारतको एक प्रतिष्ठित विश्वविद्यालयले चिकित्सकहरूलाई भूत देखेको बताउने बिरामीहरूलाई उपचार गर्ने पद्धति सिकाउँदैछ।

बीबीसी नेपाली

विज्ञान, विश्वास, रोग र उपचार

विभिन्न प्रकारका रोग किन र कसरी लाग्छन् र ती रोगबाट कसरी मुक्त हुन सकिन्छ भन्ने शतप्रतिशत विश्वासिलो सिद्धान्त अहिलेसम्म प्रतिपादन हुन सकेको छैन । यसले गर्दा विश्वभर विभिन्न सिद्धान्त र पद्धतिबारे दाबी र प्रतिवाद भइरहेका छन् । मूल पद्धतिका रूपमा एलोपेथिक र सहायक पद्धतिका रूपमा परम्परागत पद्धतिहरू रहेका छन् ।

कारोबार दैनिक