बारबर्दिया नगरपालिकाले आफ्नै खर्चमा एक जना विपन्न विद्यार्थीलाई डक्टर पढाइदिने

बर्दिया । जिल्लाको बारबर्दिया नगरपालिकाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस डाक्टर पढाउने भएको छ । नगरका विद्यार्थीहरु मध्ये एक जना गरिव, विपन्न तथा जेहेन्दर विद्यार्थी एमबीबीएस पढाउने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

विज्ञान विषय लिएर दश जोड दुई कक्षा उत्तिर्ण गरि एमबीबीएस पढनको लागि संचालन हुने प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका एक जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाई पुरा नहुञ्जेलसम्मको पढाई खर्च नगरपालिकाले व्यर्होने गरि नगरले कार्यक्रम ल्याएको बारबर्दिया नगरपालिका शिक्षा शाखा अधिकृत टिकानाथ गोसाईले जानकारी दिए ।

यसका लागि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा पहिलो वर्षका लागि १७ लाख रुपैँया बजेट विनियोजन गरेको छ । पढाईका लागि हरेका वर्ष बजेट छुट्याइदै जाने नगरपालिकाले जनाएको छ । ५ वर्षको अध्ययन् अवधीमा करिव ४५ लाख रुपैँया खर्च हुने नगरको अनुमान छ ।

अध्ययन् अवधीको खर्च व्यक्तिलाई नदिइ सिधै शिक्षण संस्थालाई प्रदान गरिने बताइएको छ । अध्ययन अवधीको व्यक्तिगत खर्च भने विद्यार्थी स्वयमले व्यर्होनु पर्ने छ । अध्ययन पुरा गरेर आएपछि आफनै नगरमा रोजगार उपलब्ध गराउने नगरको योजना छ । एमबीबीएस पुरा गरेर आए पछि कम्तीमा २ वर्ष आफनै नगरमा सेवा गर्नु पर्ने छ ।

विज्ञान विषय लिएर दश जोड दुई कक्षा उत्तिर्ण गरि एमबीबीएस पढनको लागि संचालन हुने प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका एक जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाई पुरा नहुञ्जेलसम्मको पढाई खर्च नगरपालिकाले व्यर्होने गरि नगरले कार्यक्रम ल्याएको छ

आगामी आर्थिक वर्ष २०७७/ ०७८ देखि हरेक वर्ष नगरको एक जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एमविविएस पढाउने नगरको योजना रहेको छ । आर्थिक अभावका कारण विपन्न तथा जेहेन्दार विद्यार्थी एमबीबीएस पढनबाट वञ्चित नहुन भनेर यो कार्यक्रम ल्याइएको नगरप्रमुख दुर्गाबहादुर थारुले बताए । उनले भने, ‘ केही विद्यार्थीहरु जहेन्दार तथा तिक्ष्ण बुद्धिका हुन्छन् । राम्रो अंक ल्याएर प्लस टु पास गरेका हुन्छन् । तर आर्थिक अभावका कारण आफुले चाहेको विषय पढ्न पाउँदैनन् । त्यस्ता विद्यार्थी लक्षित गरेर एक जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई नगरले नै एमबीबीएस पढाउने योजना ल्याएका हौ । ’ नगरको यो छात्रवृती योजना अत्यन्तै प्रशंसनिय भएको स्थानिय युवा अमृत ढकालले बताए ।

यसैगरि नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ निती, कार्याक्रम तथा बजेटमा नगरमा सिकलसेल विशेष अस्पताल निमार्ण गर्ने योजना समावेश गरिएको छ । सिकलसेल थारु जातीमा मात्र लाग्ने बंशाणुगत रोग हो । नगरका विद्यालयहरुमा विगत वर्षदेखि नै स्थानिय पाठ्यक्रमअन्र्तगत सिकलसेल रोग सम्वन्धि विषय पढाई हुँदै आएको छ ।

यसका साथै नगरमा बहुप्राविधिक शिक्षालय स्थापना गरि प्राविधिक शिक्षालाई जोड दिने नगरको योजना ल्याएको छ । कृषि व्यवसायलाई प्राथमिकतामा राखेको नगरपालिकाले मन्सुली धानको संकलन, प्रशोधन र वजारीकरणलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने नगरप्रमुख दुर्गाबहादुर थारुले बताए ।

(Visited 265 times, 163 visits today)

सम्बन्धित सामग्री

एमबीबीएस पढ्दा गरीबका छोराले पाएको दुःख

९ माघ, काठमाडौं । अतिविपन्न चमार समुदायका छात्र रामजी राम अहिले नेशनल मेडिकल कलेज वीरगञ्जमा एमबीबीएस चौथो वर्षको परीक्षा दिँदैछन् । गरीब तथा अति विपन्न समुदायका छोराछोरीले सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्दा कति भुक्तमान व्यहोर्नुपर्दोरहेछ भन्ने …

अनलाइनखबर

बारबर्दियाले आफ्नै खर्चमा वर्षमा एक डाक्टर उत्पादन गर्ने

बर्दिया : बारबर्दिया नगरपालिकाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एमबिबिएस डाक्टर पढाउने भएको छ। नगरका विद्यार्थीमध्ये एक जना गरिब, विपन्न तथा जेहेन्दर विद्यार्थीलाई एमबिबिएस पढाउने कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ। विज्ञान विषय लिएर १२ कक्षा पास गरी एमबीबीएस पढ्न प्रवेश परीक्षामा नाम निकाल्न सफलमध्ये एकलाई यो अव...

थाहा खबर

बारबर्दिया नगरपालिका : हरेक वर्ष एक जनालाई एमबीबीएस पढाउने

बर्दिया – बर्दियाको बारबर्दिया नगरपालिकाले विपन्न तथा जेहनदार विद्यार्थीलाई निःशुल्क एमबीबीएस (डाक्टर) पढाउने भएको छ । नगरका विद्यार्थीमध्ये एक जना गरिब, विपन्न तथा जेहनदार विद्यार्थीलाई एमबीबीएस पढाउने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।    विज्ञान विषय लिएर १२ कक्षा पास गरी एमबीबीएस पढ्न&nbs...

उज्यालो अनलाइन

एमबिबिएस अध्ययनरत विद्यार्थीको चक्कु प्रहारबाट तीन घाइते

पर्सा : चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा एमबिबिएस अध्ययनरत विद्यार्थी छुरा प्रहार गर्दा तीन जना घाइते भएका छन्। पर्सा वीरजञ्ज महानगरपालिका १५ त्रिमूर्ति चोकस्थित डेरा गरी बस्ने तीन जनालाई एमबिबिएस अध्ययनरत ...

नेपाल आज

जानकी मेडिकल कलेजमा प्रवेश परीक्षाविनै एमबिबिएस पढाइ

धनुषा : जनकपुरस्थित जानकी मेडिकल कलेजले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएस कक्षामा भर्ना गरेको खुलेको छ। पहिलो वर्षको परीक्षाका लागि आईओएममा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल नभएको पाइएको हो।  एमबीबीएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी तथा...

थाहा खबर

कर्णालीमा डाक्टरी पढाई पक्का : तीव्र तयारी थाल्दै प्रतिष्ठान

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा डाक्टर पढाईको तीव्र तयारीका थालिएको छ । प्रतिष्ठानले उच्च स्तरको स्वास्थ्य शिक्षा दिने भन्दै एमबीबीएस कक्षाको पढाई संचालन गर्न तीव्र तयारी थालिएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो । प्रतिष्ठानले एमबीबीएस कक्षा सञ्चालन गर्न शिक्षक नियूक्ति कार्य सुरु भएको...

विदेश पढेका ८८ प्रतिशत डाक्टर लाइसेन्स परीक्षामा फेल

काठमाडौं : विदेशमा चिकित्साशास्त्र पढेर नेपाल आएकामध्ये ८८ प्रतिशत डाक्टर नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा फेल भएका छन्। एमबिबिएस पढेर डाक्टर भएकाहरुलाई बिरामी जाँच्ने लाइसेन्स दिन काउन्सिलले परीक्षा लिने गर्दछ। काउन्सिलले गत वर्षको मंसिरमा लिएको परीक्षामा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर सहभागी भएकोमा ४६३ जना असफल...

थाहा खबर