नेकपा स्थायी कमिटीमा सीमा समस्याबारे छलफल, परराष्ट्रमन्त्रीको ब्रिफिङ

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै बसेको शुक्रबारको नेकपा स्थायी कमिटी बैठक सकिएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सीमा विवाद तथा समस्या समाधानका लागि भारतसँग भएका प्रयासका बारेमा शुक्रबार छलफल भएको छ। नेकपा स्थायी कमिटी सदस्य समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लिम्पियाधुरा, कालापानी तथा लिपुलेक क्षेत्र समेटेर नक्सा जारी गरी संविधान संशोधन भइसकेको सम्बन्धमा बैठकमा चर्चा भएको बताए। बैठकमा भूमि फिर्ता लिन गरिएका प्रयासबारे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी गराएका थिए। परराष्ट्र मन्त्री ज्ञवालीले भारतसँग भएका विभिन्न बेलाका सन्धि, सम्झौता र छलफलको प्रगतिको विषयमा जानकारी गराएका थिए। लिम्पियाधुरा, लिपुलेक र कालामानी क्षेत्रको समस्या समाधानका लागि वार्ता गर्न नोभेम्बर, डिसेम्बर र जनवरीमा गरी तीनपटक सम्म पत्र पठाउँदा समेत भारतले चासो नदेखाएको मन्त्री ज्ञवालीले बैठकलाई जानकारी गराएको मन्त्री भट्टराईले बताए।  

मन्त्री ज्ञवालीले कोभिड १९ को महामारी कम भएपछि मात्रै वार्तामा बस्ने अनौपचारीक जानकारी आएको बताउनुभएको थियो। यस्तै छिमेकी चीनसँग पछिल्लो समय सञ्चारमाध्यममा आएजस्तो कुनै सीमा समस्या नरहेको जानकारी समेत गराए। बैठकमा सीमा क्षेत्रमा डुवानको समस्या, अपराधिक गतिविधि, लगायतका विषयमा छलफल भएको मन्त्री ज्ञवालीले बैठकमा जानकारी गराए। बैठकमा विभिन्न १८ जना स्थायी कमिटी सदस्यहरुले आफ्ना धारणा राखेका छन्। नेताहरुले नेपालको अतिक्रमित भूमि समेटेर सरकारले जारी गरेको नक्साको प्रशंसा गर्दै भूमि फिर्ताका लागि कूटनीतिक सम्वादमा जानुपर्ने नेताहरुले बताए। बैठक शनिबार ११ बजे बस्ने गरी सम्पन्न भएको छ।

 

प्रकाशित: १२ असार २०७७ १८:०० शुक्रबार

नेकपा

सम्बन्धित सामग्री

नेकपाका दुई अध्यक्षबीच बैठक सम्पन्न, स्थायी कमिटी बैठक अन्याेलमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफल सकिएको छ । बैठकबाट केही सहमति हुन नसकेको बालुवाटार स्रोतले बताएको छ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएपछि छलफल शुरुभएको थियो । उहाँहरुबीच करिब दुई घण्टा भएको छलफलमा ठोस सहमति बन्न सकेन ।

गोरखापत्र

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित

काठमाण्डौ – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भइ नसक्नुभएकाे स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिनुभयाे । स्थायी कमिटी बैठक सुरु हुनुअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएक...

उज्यालो अनलाइन

नेकपा स्थायी कमिटी बैठक एक साता स्थगित

सत्तारुढ नेकपा स्थायी कमिटी बैठक २८ मंसिरसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा आइतबार दिउँसो पार्टी मुख्यालयमा बसेको बैठकले २८ गते फेरि छलफल गर्ने गरी स्थगित गरिएको नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।आइतबारको स्थायी कमिटी बैठकले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल […]

कारोबार दैनिक

नेकपा सचिवालय बैठक आउँदाे २० गतेसम्मका लागि स्थगित

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बुधबार केही बेर बसेर स्थगित भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित नभएपछि कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा केही बेर छलफल गरेर बैठक सकिएको छ । अब अर्को बैठक २० गते शनिबार दिउँसो १ बजे बस्ने तय भएको प्रधानमन्त्रीका प्र...

उज्यालो अनलाइन

अध्यक्षद्वयबीच साढे तीन घण्टा छलफल, प्रस्ताव तयार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच शुरुभएको बैठक सकिएको छ । बैठकले शुक्रबार बस्ने नेकपा स्थायी कमिटी बैठकको प्रस्ताव तयार गरेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे तीन घण्टा छलफल भयो । विहान ११ः३० बजेबाट शुरुभएको दुई अध्यक्षबीचको छलफल २ः४५ मा सकिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुग्नुभएको थियो ।

गोरखापत्र

बैठकमा केहीबेर बसेर निस्किए प्रधानमन्त्री ओली

काठमाडौं : नेकपाको जारी स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली केहिबेर सहभागी भएर निस्किएका छन्। स्वास्थ्यमा समस्या आएको भन्दै प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएको हुन्। बुधबारबाट सुरु भएको स्थायी कमिटीको बैठकमा शुक्रबार १८ जना स्थायी कमिटीले बोलेका थिए। तर, शुक्रबार प्रधानमन्त्री ओली अनुपस्थित भएपछि नेताहरुले असन्तुष्टि...

थाहा खबर

प्रधानमन्त्री निवासमा ने क पा सचिवालय बैठक बस्दै :: Pahilopost.com

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  आज दिउँसो ३:०० बजे सचिवालय बैठक बस्ने भएको छ।  नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन र समसामयिक विषयबारे छलफल हुने जानकारी गराए। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि पहिलो पटक सचिवालय बैठक

पहिलो पोस्ट

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी

नेकपा (एमाले) स्थायी कमिटीको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको बैठकमा माओवादी केन्द्रसँगको पार्टी एकता र भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकका विषयमा प्रधानमन्त्री ओलीले छलफल गर्नेछन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बालुवाटारमा २ घन्टा लामो वार्ता भएको थियो। पार्टी एकताबारे छलफल गर्न माओवादी…

सेतोपाटी