काठमाडौं : यही जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म (जुन ८ देखि १४ सम्म) कुवेतमा आयोजना हुने एएफसी एशिया कप २०२३ छनोटको तेस्रो चरणका लागि मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार अबेर एउटा कार्यक्रम आयोजना गरेर नेपाली टोलीको बिदाई गरेको हो।कुवेतमा हुने छनोट खेलमा सहभागी हुने खेलाडीको अन्तिम नामावली यसअघि शुक्रबार मात्र मुख्य प्रशिक्षक अब्दुल्ला अल-मुताइरीले घोषणा गरेका थिए। घोषणा गरिएको टोलीमा नियमित कप्तान तथा गोलकिपर किरण चेम्जो