नेकपाको स्थायी कमिटी बैठक १० असारमा, छलफलका विषय टुंगो लगाइँदै

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको बुधबारको सल्लाहपछि स्थायी कमिटीको बैठक तय भएको नेकपा वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।

नेता खनालले थाहाखबरसँग भने, ‘बैठक बोलाइएको छ। तर, बैठकका लागि छलफलका विषयहरू बुँदागत रूपमा तय भएका छैनन्। दुई अध्यक्ष बीच छलफल भएपछि  तय होलान्।’ यद्यपि, बाहिर चर्चामा रहेका विषय नै रहने अनुमान गरिएको छ। बिषय टुङ्गो लाउन महासचिव बिष्णु पौडेल आधिकारिक हिसाबले जुटेका छन् भने सरकारमा नरहेका नेताहरु पनि आ-आफ्नै हिसाबले लागेका छन्। 

सरकारका काम 

विश्वभर कोरोना भाइरस कोभिड १९ का कारण नेपालमा पनि पछिल्ला दिनमा संक्रमित र ज्यान गुमाउनेको संख्या वृद्धि भइरहेका छ। तर, व्यवस्थापन, उपचार र उद्धारका क्रममा सार्वजनिक भएको असन्तोष र अनियमितताका कुरा  सरकार बाहिरका नेताहरुले उठाउनेछन्।

सरकारका जिम्मेवार व्यक्तिहरूसमेत भ्रष्टाचारमा संलग्न भएको आरोप लाग्दै आइरहेको छ। सरकारका कामप्रति असन्तुष्ट पक्षले स्थायी कमिटीको बैठकको माग गरिरहेका थिए। स्वास्थ्य सामग्री खरिद, कोरोना  नियन्त्रणमा कमजोरी, प्रतिपक्षले उठाउँदै आएको कोरानाको काममा १० अर्ब खर्चको पारदर्शिताको विषयमा पनि छलफल हुनेछ।

‍भारतसँगको सीमा विवाद र कार्य प्रगति, नेपाल ट्रस्ट, ललीतानिवास जग्गा प्रकरण, मानव अधिकार आयोगको विधेयक, अमेरिकी परियोजना एमसिसीको कार्यान्वयन लगायतका बिषयमा पनि सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्नेछ।

 निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसन अडियो प्रकरण, ललितानिवास जग्गा प्रकरणमा महासचिव विष्णु पौडेलको मौनता , कोरोनाको संकटग्रस्त अवस्थामा चीनबाट ल्याएका स्वास्थ्य सामग्री खरिद प्रकरणमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायतकै नाम जोडिएपछि सरकारी माथि प्रश्न उठिरहेको बिषयलाई सरकारले स्थायी समितिका नेताहरुलाई स्पष्ट गर्नु पर्नेछ।

एमसिसी विवाद 

नेकपामा भित्र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)  स्वीकृत गर्ने नगर्ने बिषयमा विवाद कायमै रहेको छ। यो बिषय सत्ताधारी दल नेकपाले यस बिषयमा निर्णय लिन नसक्दा संसदमा विचाराधीन अवस्थामा थन्किएको छ।

एमसिसी तत्कालीन नेपाली कांग्रेसको सरकारले २०७४ साल भदै २९ गते नेपाल सरकार र अमेरिकी सरकार बीच सम्झौता भएको थियो। यस बीचका प्रधानमन्त्री  पुष्पकमल दाहाल सुशील कोइराला खिलराज रेग्मी  डाक्टर बाबुराम भट्टराई र स्वयं के पी ओलीले पनि यसलाई विभिन्न तरहले अगाडी बढाउदै आएका हुन् । २०७६ को वर्षे अधिवेशनमा सरकारले प्रतिनिधिसभाको बैठकमा अनुमोदनको लागि पेश गरेको थियो। तर, नेकपा भित्रको विवादले एमसिसी अघि बढ्न सकेको छैन।

प्रधानमन्त्री ओली एमसिसीको पक्षमा भए पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरू एमसिसीको विपक्षमा उभिएका छन्। उनीहरू अमेरिकासँगको सम्झौता केही परिमार्जन गरेर मात्रै अगाडि बढ्नु पर्ने पक्ष छन्। विवादको कारण माघ १५ देखि १९ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले अध्ययन कार्यदल निर्माण गरेको थियो। कार्यदलले २० दिन लामो अध्ययनपछि फागुन ९ गते बुझाएको प्रतिवेदनमाथि छलफल समेत हुन सकेका छैन।

अध्यादेशको तरंग

प्रधानमन्त्री ओली वैशाख ८ गते पार्टी विभाजन बनाउन सहज हुने अध्यादेश जारी गरे। ओलीले अध्यादेश ल्याएपछि पाटीभित्र तरङ्ग पैदा भयो। चौतर्फी विरोध भएपछि बैशाख १२ गते अध्यादेश फिर्ता लिए। तर, पार्टीभित्र देखिएको समस्या र प्रधानमन्त्री विरुद्धको रणनीति फिर्ता भएन।

अध्यादेश जारीपछि प्रधानमन्त्री ओलीको कार्यबाट असन्तुष्ट बनेको अध्यक्ष दाहाल र नेता माधवकुमार नेपालले सचिवालय बैठकमा राजीनामाको समेत माग गरे। यद्यपी, प्रधानमन्त्री ओलीले विश्वभर फैलिएको कोरोना भाइरसको अन्त्यपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनेगरी राजीनामा दिन तयार भएको बताएका थिए।

उपाध्यक्ष गौतमलाई प्रतिनिधि सभामा लैजानका लागि निर्वाचन गराउने समेत निर्णय पार्टी सचिवालयले गरेको छ। नेता नेपालले पार्टीलाई प्रक्रिया र पद्धतिलाई चलाउनका लागि ‘एक व्यक्ति एक पद’को बनाउनुपर्ने छन्। पार्टीभित्रको विवाद बल्झिँदै गएपछि प्रधानमन्त्रीको कार्यबाट असन्तुष्ट रहेको दाहाल नेपाल समूहले बैठकको माग गर्दै आएका थिए।  प्रधानमन्त्री ओली बैठकको पक्षमा भएनन्। बैठकको माग गर्दै असन्तुष्ट २० सदस्यले लिखित रुपमा बैठकको माग समेत गरेका थिए। 

यसपटक पार्टीको आदेश र समन्वयमा सरकार चल्नु पर्ने बिषयमा गम्भिर छलफल हुने बताइएको छ । सरकार बाहिरका नेताहरुले प्रधानमन्त्रीसँग समन्वय गर्न सचिवालय भन्दा फरक संयन्त्रको प्रस्ताव गर्न सक्ने एक नेताले संकेत दिएका छन।  ‘सरकार र पार्टी नेतृत्वको चौतर्फी विरोध भइरहेको बेलामा बैठक राख्दा प्रधानमन्त्रीलाई सामना गर्न समस्या पर्ने भएको थियो’ एक स्थायी कमिटी सदस्यले भने, ‘अहिले बैठकमा त्यस्तो समस्या आउने अवस्था रहँदैन।

सम्बन्धित सामग्री

नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यक्ष ओली अनुपस्थित

२१ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् । कोभिड- १९ को जोखिम …

अनलाइनखबर

नेकपा स्थायी कमिटी बैठक २६ गते बस्ने

२२ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार विहान बालुवाटारमा भएको छलफलमा …

अनलाइनखबर

नेकपा स्थायी कमिटी आज

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको हो। गत असार १० गतेदेखि शुरु भएका बैठक नेकपाभित्र चर्किएको विवादका कारण बैठक स्थगित हुँदै आएको छ। सहमतिका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड&rsq...

थाहा खबर

सहमति खोज्न ओली र प्रचण्डबीच छलफल

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा सहमति खोज्न आज पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सम्पन्न भएको छ । नेकपामा आन्तरिक विवाद बढेपछि यही असार १८ गतेको पार्टीको स्थायी कमिटीको बैठकले शीर्ष तहमा अनौपचारिक छलफलका लागि केही दिन बैठक …

राजधानी दैनिक

बालुवाटारमै ओलीमाथि असन्तुष्ट पक्ष हावी हुँदै

काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (बुधबार) बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे सुरू हुने बैठक पार्टी अध्यक्ष एवम्‌ प्रधानमन्त्री ओलीका लागि निकै भारी पर्ने देखिएको छ।  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले कहिले स्वास्थ्य समस्या त कहिले कोरोना महामारीलाई कारण देखा...

थाहा खबर

असार १० मा बस्ला त नेकपा स्थायी कमिटी बैठक ?

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक असार १० गते प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। आन्तरिक विवादका कारण स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आएको छ।

नागरिक दैनिक

विवादबीच नेकपा स्थायी कमिटी बैठक आज

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र स्थायी कमिटी बैठक बोलाउने कि नबोलाउने भन्ने विवाद चलिरहेका बेला बुधबारका लागि बैठक बोलाइएको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टीअध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै २० स्थायी कमिटी सदस्यले वैशाख १० गते नै बैठक बोलाउन लिखित माग गरेका थिए। आफ्नो तीव्र आलोचना हुने संकेत पाएपछि स्थायी कमिटी बैठक टार्दै आएका ओली बुधबार बैठक राख्न सहमत भएका हुन्।

नागरिक दैनिक

प्रधानमन्त्री ओलीकाे व्यस्तताले स्थगित भयाे नेकपाकाे स्थायी समिति बैठक

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक ११ गतेसम्मका लागि स्थगित भएको छ ।  मंसिर २९ गतेदेखि जारी स्थायी समिति बैठक आइतबार सकिने बताइएको भए पनि पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली व्यस्त भएपछि बैठक ११ गतेसम्मका लागि स्थगित भएको पा...

उज्यालो अनलाइन

नेकपाको स्थायी कमिटी बैठक आज, यस्ता छन् एजेण्डा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सोमबार बस्दैछ। सोमबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।   सोमबारको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली ...

नेपाल आज