अमेरिकाले कोरोना उपचारमा मलेरियाको औषधी खुवाउन बन्द गर्‍यो

कोभिड-१९ {अपडेट}

अमेरिकाले कोरोना उपचारमा मलेरियाको औषधी खुवाउन बन्द गर्‍यो

असार २, २०७७

    कोरोना संक्रमितको आकस्मिक उपचारमा मलेरियाको औषधी प्रयोग गर्न रोकेको छ। 

    ट्रम्पले मलेरियाविरुद्धको हाइड्रोक्सिक्लोरक्विन नामक औषधी सेवन गरेर कोरोना परीक्षण गर्दा आफूमा संक्रमण नदेखिएको भन्दै यो औषधीबाट सकारात्मक फाइदा हुने दावी गरेका थिए। त्यसपछि अमेरिकाका हजारौं संक्रमितहरुलाई मलेरियाविरुद्धको यो औषधी खुवाइएको थियो।

    युएस फुड एण्ड ड्रग एड्मिनिष्ट्रेसन (एफडीए) ले संक्रमितको उपचारमा एन्टि मलेरिया ड्रग प्रयोग गर्नुको औचित्य नरहेको जनाएको छ। साथै हाइड्रोक्सिक्लोरक्विनले भाइरसविरुद्ध काम गरेको नपाइएको उल्लेख छ।

    ट्रम्पको आग्रहअनुसार गत मार्चमा एफडीएले केही गम्भीर बिरामीहरुमा हाइड्रोक्सिक्लोरक्विन प्रयोग गर्न अनुमति दिएको थियो। 

    तर सोमबार एफडीएले हाइड्रोक्सिक्लोरक्विन कोरोना भाइरसविरुद्ध निष्प्रभावी भएको र संक्रमण रोक्न कुनै काम नगरेको जनाएको छ। 

सम्बन्धित सामग्री

रूसमा कोरोनाविरुद्धको नयाँ औषधि प्रयोग गर्न अनुमति

रूसले कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको उपचारमा कोरोनाविर नामक एक औषधि प्रयोग गर्न अनुमति दिएको छ। एन्टी भाइरल यो औषधि रूसी कम्पनी आर फर्मले बनाएको हो।  आगामी सातासम्म यो औषधि रूसका पसलहरुमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। यो औषधिलाई चिकित्सक सल्लाहअनुसार मात्रै प्रयोग गर्नुपर्नेछ।  यसअघि मे ...

थाहा खबर

ट्रम्पको लहलहैमा मलेरियाको औषधी खाँदा अमेरिकामा ज्यान गुमाउने बढे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबाट बच्न भन्दै सेवन गरिरहेको मलेरियाविरुद्धको औषधीबाट खाएका बिरामीले धमाधम ज्यान गुमाइरहेको एक अनुसन्धानले देखाएको छ।  ट्रम्पले मलेरियाविरुद्धको हाइड्रोक्सिक्लोरक्विन नामक औषधी सेवन गरेर कोरोना परीक्षण गर्दा आफूमा संक्रमण नदेखिएको भन्दै यो औषधीबाट सकारात्मक फाइदा हुने ...

थाहा खबर

कोरोनाका बिरामीलाई मलेरियाकोविरुद्धको औषधि प्रयोग गर्न ब्राजिल सरकारको अनुमति

काठमाडौं : ब्राजिल सरकारले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि मलेरियाको औषधि प्रयोग गर्न अनुमति दिएको छ।  ब्राजिलको स्वास्थ्य मन्त्रालयले क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका विरामीलाई प्रयोग गर्न अनुमति दिएको हो। तर, अहिलेसम्म यी औषधि कोरोना संक्रमितको उपचारमा प्रभावी हुन्छन् भन्ने प्रमाणित भइस...

थाहा खबर

अमेरिकाले कोरोना संक्रमितलाई इबोला विरुद्धको औषधी दिँदै

कोरोना (कोभिड–१९) संक्रमितको उपचार गर्न अमेरिकाले इबोलाविरुद्धको औषधी लगाउने स्वीकृति दिएको छ।  त्यहाँको 'फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)' ले कोरोना संक्रमितको उपचारका क्रममा इबोला संक्रमितलाई दिने गरिएको रेमडेसिवियर नामक औषधी प्रयोग गर्न अनुमति दिएको हो। यो औषधी आपत्तकालिन अवस्थामा प्रयोग ग...

थाहा खबर

कोरोना भाइरस: अमेरिकामा रेम्डेसिभिरलाई कोभिड-१९ को उपचारमा प्रयोग गर्न स्वीकृत

अमेरिकाको औषधि नियामक निकायले इबोलाको उपचारमा प्रयोग हुने औषधिलाई कोरोनाभाइरसका बिरामीमाथि प्रयोग गर्न आपत्‌कालीन अनुमति दिएको हो।

बीबीसी नेपाली

अमेरिकामा कोरोना उपचारमा मलेरियाको औषधिको परीक्षण सुरु

अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्युट (एनआइएच)ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने

नयाँ पत्रिका

मलेरिया निको पार्ने नयाँ औषधिको पत्ता लाग्यो

६० वर्षपछि पहिलोपटक मलेरिया रोगविरुद्धको नयाँ औषधि स्वीकृत भएको छ । अमेरिकी औषधि नियामक निकायका अधिकारीले मलेरियाविरुद्धको नयाँ औषधि टाफेनोक्वाइन स्वीकृत गरेका हुन् । नयाँ औषधिको एकै मात्राले बल्झिरहने खालको मलेरिया निको पार्न सक्ने वैज्ञानिकले बताएका छन् । बल्झिरहने मलेरियाले विश्वमा बर्सेनि ८५ लाख मानिसलाई सताउने गरे...