एकैदिन ४४८ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ५ हजार नाघ्यो

काठमाण्डौ - आज थप चार  सय ४८ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । हि

हिजो चार हजार ६ सय १४ सङ्क्रमित रहेकोमा आज थपिएकासहित पाँच हजार ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सङक्रमण पुष्टि भएकामा आज थपिएकासहित चार हजार सात सय नौ जना पुरुष र तीन सय ५३ जना महिला रहेका छन् ।

विराटनगर अस्पतामा गरिएको परीक्षणमा नौ जना, शिक्षण अस्पतालमा गरीएको परीक्षणमा १० जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा आठ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा एक जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ जना, कोशी  अस्पतालमा भएको परीक्षणमा १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा ३७ जना र भेरी अञ्चल अस्पताल प्रयोगशालामा १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २३, धुलिखेल अस्पतालमा आठ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा आठ जना, प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा ८३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २४ जनामा पोजेटिभ दखिएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक सय ४१ जनाको पोजेटिभ आएको छ ।

सम्बन्धित सामग्री

नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या ५ हजार १३३

काठमाण्डौ – गएको २४ घण्टामा नेपालमा थप चार सय नौ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार (आज) ६ हजार सात सय ६ जनाको  पीसीआर परीक्षण भएकोमा चार सय नौ जनालाई सङ्क्रमण भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ६३ हजार ए...

उज्यालो अनलाइन

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या २ लाख ५० हजार नाघ्याे

काठमाण्डाै – नेपालमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या दुई लाख ५० हजार नाघेकाे छ । पछिल्लाे २४ घण्टामा थप नाै सय ३६ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितकाे कुल सङ्ख्या दुई लाख ५० हजार एक सय ८० पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  त्यस्तै, पछिल्लाे २४ घण्टामा एक हजार नाै सय ९६ जना ...

उज्यालो अनलाइन

थप १ हजार ६६९ जनामा काेराेना सङ्क्रमण, ५ हजार ६९९ जना डिस्चार्ज

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख २० हजार तीन सय आठ पुगेकाे छ । आइतबार थप एक हजार ६ सय ६९ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  त्यस्तै गएकाे २४ घण्टामा पाँच हजार ६ सय ९९ जना निकाे भएर फर्किएसँगै डिस्चार्...

उज्यालो अनलाइन

थप तीन हजार एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डाै – गएको २४ घण्टामा थप तीन हजार एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १५ हजार चार सय ३८ जनाको नमुना परीक्षण गर्दा तीन हजार एक सय ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख २९ हजार तीन सय चार पुगेको छ । आज थपिएका मध्ये १...

उज्यालो अनलाइन

पछिल्लाे २४ घण्टामा २९३ जनामा काेराेना पुष्टि

काठमाण्डाै – नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार पाँच सय नाघेको छ ।  पछिल्लो २४ घण्टामा थप दुई सय ९३ जनामा सङ्क्रमण देखिएपछि नेपालमा सङ्क्रमितको सङ्ख्या १५ हजार सात सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ हजार पाँच सय ४७ जना निको भएर घर फर्किएकाे र&nb...

उज्यालो अनलाइन