इरानी औसत पाँचमध्ये एक व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका हुनसक्ने

इरानमा गत फेब्रुअरीमा कोरोनाभाइरस सङ्क्रमण पत्ता लागेपछि अहिलेसम्ममा औसत पाँचमध्ये एक नागरिकलाई कोभिड–१९ सङ्क्रमण भएको हुनसक्ने देखिएको इरानी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताएका छन्।

कोभिड–१९ विरूद्धको लडाईंका लागि बनेको कार्यदलका एक सदस्य एहसान मोस्तफावीले भने, “कोभिड–१९ प्रभाव अध्ययन दलको तथ्याङ्क अनुसार इरानमा एक करोड ५० लाख नागरिकले कोभिड–१९ सङ्क्रमणजन्य समस्याको सामना गरेका छन्।”  

“यसको अर्थ भाइरस ‘हामी वा समग्र विश्वले कल्पना गरेभन्दा निकै कम घातक थियो’,” मोस्तफावीलाई उद्धृत गर्दै इरानी समाचार संस्था आइएसएनएले जनाएको छ।

यो तथ्याङ्कले आठ करोड जनसङ्ख्या रहेको इरानको करिब १८.७५ प्रतिशत व्यक्ति सङ्क्रमित भएको प्रक्षेपण गरेको छ।  

इरानमा मङ्गलबार पनि ७४ थप व्यक्तिको मृत्यु भएको छ। अहिलेसम्म इरानमा सङ्क्रमणका कारण मृत्यु भएको आधिकारिक पुष्टि भएका व्यक्तिको सङ्ख्या आठ हजार ४२५ पुगेको इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन्।

इरानले परीक्षणबाट एक लाख ७५ हजार ९२७ व्यक्तिमा सङ्क्रमण भएको पुष्टि गरेको छ भने विगत २४ घण्टामा थप दुई हजार ९५ व्यक्ति सङ्क्रमित भेटिएका छन्।

एक करोड ५० लाख सङ्क्रमित भन्ने तथ्याङ्कलाई ‘सावधानीका साथ हेरिनुपर्छ’ कार्यदलको अध्ययन प्रतिवेदन ‘विश्वका अन्य मुलुकहरूमा गरिने अध्ययनसँग हुने हदसम्म समानता रहेको’ मेस्तफावीले भने।

उनले भने, “सङ्क्रमण भई निको भइसकेका विरामीको शरीरकको एन्टीबडी तत्व नाप्ने ‘सेरोलोजी’ परीक्षणबबाट यो अध्ययन प्रतिवेदनको निष्कर्ष निकालिएको हो।”

यो परीक्षण ‘पोलिमराज चेन रिएक्सन(पीसीआर)’ परीक्षणभन्दा फरक छ जसले एन्टिजेन अर्थात रोग प्रतिरोधात्मक तत्वहरूको उपस्थितिलाई पत्ता लगाउँदछ।

इरानले १० लाखभन्दा बढी नागरिकहरूको सङ्क्रमणको अवस्था थाहा पाउन (पुष्टि गर्न) गरिने पीसीआर परीक्षण गरेको र अहिलेसम्म त्यसको रिपोर्ट सार्वजनिक गरिएको बताएको छ। 

प्रकाशित: २७ जेष्ठ २०७७ २१:५३ मंगलबार

इरान कोरोनाभाइरस सङ्क्रमण

सम्बन्धित सामग्री

इरानमा कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरैले ज्यान गुमाए

तेहरान : इरानमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी २५१ सङ्क्रमितको मृत्यु भएको छ। इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सिमा सादत लारीले २४ घण्टायता मृत्यु हुने कोभिड-१९ सङ्क्रमितको सङ्ख्या २५१ पुगेको छ। योसँगै इरानमा अहिलेसम्म कूल २८ हजार ५४४ सङ्क्रमितको मृत्यु भएको छ। आइतबार अधिकारीहरूले दिएक...

थाहा खबर

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख नाघ्यो

भारतमा गत २४ घण्टामा कोभिड–१९ का २२ हजार २५२ नयाँ बिरामी थपिएपछि सङ्क्रमितको सात लाख नाघेको छ । भारत हालसम्म कुल सङ्क्रमितको सङ्ख्या सात लाख १९ हजार ६६५ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।          विगत २४ घण्टामा भारतमा थप २२ हजार २५२ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र ४६७ सङ्क्रमितको मृत्यु भएपछि कोरोना भाइरसबाट २० हजार १६० जनाको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ ।          विज्ञप्तिका अनुसार मङ्गलबार बिहानसम्म ४ लाख ३९ हजार ९४८ सङ्क्रमित निको भई अस्पतालबाट घर फर्किएका छन् ।” मङ्गलबारसम्मको विवरणअनुसार भारतमा अझै दुई लाख ५९ हजार ५५७ व्यक्तिले सङ्क्रमित रहेका छन् भने उनीहरू देशभरका सयौँ अस्पतालमा उपचार गराइरेहका छन् ।    

गोरखापत्र

इरानी औसत पाँचमध्ये एक व्यक्ति कोभिड-१९ सङ्क्रमित भएका हुनसक्ने

इरानमा गत फेब्रुअरीमा कोरोनाभाइरस सङ्क्रमण पत्ता लागेपछि अहिलेसम्ममा औसत पाँचमध्ये एक नागरिकलाई कोभिड–१९ सङ्क्रमण भएको हुनसक्ने देखिएको इरानी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताउनुभएको छ ।

कारोबार दैनिक

कोरोना प्रकोप : इरानमा एकै दिन ५४ जनाको मृत्यु

तेहरान: इरानमा कोरोना भाइरसको सङ्क्रमणबाट विगत २४ घण्टाको अवधिमा ५४ जनाको मृत्यु भएको छ। इरानमा एकै दिन कोरोनाको सङ्क्रमणबाट यति ठूलो संख्यामा मानिसको मृत्यु भएको पहिलो घटना भएको इरानी अधिकारीहरुले बताएका छन्। पछिल्लो मृत्युसँगै इरानमा कोरोना सङ्क्रमित भई मर्नेहरूको संख्या २९१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपोरले

पहिलो पोस्ट

कोरोना भाइरस - इरानमा कूल ७७ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को कारण इरानमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । पछिल्लो तथ्याङ्कसँगै इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको मन्त्रालयले बताएको छ ।   

गोरखापत्र

इरानी उप-स्वास्थ्यमन्त्रीलाई कोरोनाभाइरस सङ्क्रमण

तेहरान । इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्

बाह्रखरी

इरानी उप-स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरसको सङ्क्रमण

काठमाण्डौ - इरानका उप-स्वास्थ्यमन्त्री इरज हरिर्चीलाई काेराेना भाइरसकाे सङ्क्रमण भएको पाइएकाे छ । मन्त्रालयका एक अधिकारीले मङ्गलबार उप-स्वास्थ्यमन्त्रीलाई काेराेना भाइरसकाे सङ्क्रमणकाे पुष्टि भएकाे जानकारी गराएका हुन् । इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छ...