नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ४ हजार नाघ्याे, मङ्गलबार ३२३ जना थपिए

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघेको छ । मङ्गलबार तीन सय २३ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या चार हजार ८५ पुगेको हो ।

आज विभिन्न जिल्लाका गरी दुई सय ९२ जना पुरुष र ३१ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित तीन हजार सात सय ९८ पुरुष र दुई सय ८७ महिला रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा कोरोना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ । चितवनको भरतपुर अस्पतालमा भरतपुर ११ का पुरुषको ज्यान गएको मन्त्रालयले जनाएको छ । 

सम्बन्धित सामग्री

एकैदिन ४४८ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ५ हजार नाघ्यो

काठमाण्डौ - आज थप चार  सय ४८ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । हि हिजो चार हजार ६ सय १४ सङ्क्रमित रहेकोमा आज थपिएकासहित पाँच हजार ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङक्रमण पुष्टि भएकामा आज थपिएकासहित चार हजार सात सय नौ जना पुरुष...

उज्यालो अनलाइन

सङ्क्रमितकाे सङ्ख्या ४ हजार नाघ्याे, आज थपिएका ३२३ कहाँका हुन् ?

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघेको छ । मङ्गलबार तीन सय २३ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितकाे सङ्ख्या चार हजार ८५ पुगेको हो । विभिन्न जिल्लाका गरी दुई सय ९२ पुरुष र ३१ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा तीन&nbsp...

उज्यालो अनलाइन

कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ९९ पुग्यो, मङ्गलबार २ सय ८८ जना थपिए

काठमाण्डाै – नेपालमा मङ्गलबार थप दुई सय ८८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । पछिल्लो परीक्षणमा दुई सय ७० पुरुष र १८ जना महिलामा सङ्क्रमण पुष्टि भएको हो । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका ३८ जनामा सङ्क्रमण पाइएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका ...

उज्यालो अनलाइन