कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ९९ पुग्यो, मङ्गलबार २ सय ८८ जना थपिए

काठमाण्डाै – नेपालमा मङ्गलबार थप दुई सय ८८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । पछिल्लो परीक्षणमा दुई सय ७० पुरुष र १८ जना महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका ३८ जनामा सङ्क्रमण पाइएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका पाँच र स्याङ्जाका पाँच गरी १० जनामा सङ्क्रमण भेटिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका एक जनामा सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २० जनाको पोजेटिभ देखिएकाे छ । बाँकेका १७ जना र बर्दियाका तीन जनामा सङ्क्रमण पाइएको हो ।

त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनामा सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमितहरु सुर्खेतका २७ जना, दैलेखका नाै जना, सल्यानका १८ जना र अछामका १० जना रहेका छन् । हेटौँडामा गरिएको परीक्षणमा बाराका एक जनामा पोजेटिभ आएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालामा गरिएको परीक्षणमा दाङका १७ जनामा सङ्क्रमण पाइएको छ । एक जना प्यूठानका पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

सेती अस्पतालमा गरिएको परीक्षणमा १८ जनामा सङ्क्रमण भेटिएको छ । सङक्रमितमध्ये कञ्चनपुरका आठ जना र कैलालीका १० जना छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक सय १८ जनामा सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

सम्बन्धित सामग्री

२४ घण्टामा ६३८ जनामा कोरोना सङ्क्रमण, ४ जनाको मृत्यु

काठमाण्डौ – नेपालमा पछिल्लाे २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार सङ्क्रमण पुष्टि भएका सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २३ हजार नौ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा १० हजार चार सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ...

विराटनगर अस्पतालका दुई डाक्टरसहित २१ जनामा कोरोना

काठमाडौं : विराटनगर अस्पतालमा कार्यरत थप दुईजना चिकित्सकसहित प्रदेश १ मा मङ्गलबार २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। विराटनगरस्थित कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा विराटनगरमा मात्र १६ जनामा सङ्क्रमण देखिएको हो। विराटनगर महानगरपालिका भित्र सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ। विराटनगरमा म...

थाहा खबर

गण्डकीमा एकै दिन थपिए १०४ सङ्क्रमित, कुल ६९७ पुग्यो

गण्डकी प्रदेशमा मङ्गलबार एकै दिन १०४ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबार बेलुकासम्म गरिएको परीक्षणमा १०४ जना नयाँ सङ्क्रमित थप भई कुल सङ्क्रमितको सङ्ख्या ६९७ पुगेको हो । निर्देशनालयले मङ्गलबार साँझ जारी गरेकाे विज्ञप्तिका अनुसार सङ्क्रमण देखिएका अधिकांशको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको थियो । गण्डकी प्रदेशमा क्वारेन्टाइनमा बस्नेहरूको सङ्ख्या बढ्दैजाँदा स्वाबसमेत थुप्रिन थालेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा स्वाब परीक्षणका लागि पठाइएको थियो ।

गोरखापत्र

सङ्क्रमितकाे सङ्ख्या ४ हजार नाघ्याे, आज थपिएका ३२३ कहाँका हुन् ?

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघेको छ । मङ्गलबार तीन सय २३ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितकाे सङ्ख्या चार हजार ८५ पुगेको हो । विभिन्न जिल्लाका गरी दुई सय ९२ पुरुष र ३१ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा तीन&nbsp...

उज्यालो अनलाइन

थप ३२ जनामा काेराेना सङ्क्रमण पुष्टि : सङ्क्रमित ५ सय ४८ पुगे

काठमाण्डौ - नेपालमा आज थप ३२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै सङ्क्रमितकाे सङ्ख्या ५ सय ४८ पुगेकाे छ । राष्ट्रिय प्रयाेगशाला टेकु काठमाण्डाै, प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला भैरहवा र भरतपुर अस्पतालकाे काेभिड १९ प्रयाेगशालामा गरिएकाे परीक्षणमा थप ३२ जना सङ्क्रमित पुष्टि भएका हुन् । नयाँ थपिएकाहरुमा...

उज्यालो अनलाइन

थप २४ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या २४३ पुग्याे

काठमाण्डाै – नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या दुई सय ४३ पुगेकाे छ ।  पछिल्लाे विवरण अनुसार थप २४ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितकाे सङ्ख्या दुई सय ४३ पुगेकाे हाे ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २४ जना नयाँ सङ्क्रमित थपिएको स्...

उज्यालो अनलाइन