भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।
शनिवार बिहान भएको भेटमा द्विपक्षीय सम्बन्धबारे छलफल भएको जनाइएको छ ।
भेटपछि मन्त्री सिंहले सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेख्दै भारत–नेपाल सम्बन्ध सरकारहरूबीच मात्रै सीमित नभई जनस्तरमा समेत रहेको जनाएका छन् ।
‘भारत–नेपाल सम्बन्धले असीमित सम्भावना प्रदान गरेको छ,’ उनले लेखेका छन् ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन माघ १ गते नयाँदिल्ली गएको परराष्ट्रमन्त्री ज्ञवाली नेत...