किन ट्रम्पले औलोको औषधिबाट कोभिड-१९ निको हुन सक्ने दाबी गरे

ट्रम्प तस्वीर कपीराइट Reuters

अमेरिकी राष्ट्रपति ट्रम्पले मलेरिया अर्थात् औलोविरुद्ध प्रयोग हुने औषधि नयाँ कोरोनाभाइरसविरुद्ध पनि प्रयोग गर्न अमेरिकामा स्वीकृति दिइएको बताएका छन्।

क्लोरोक्वाइन औलोविरुद्ध प्रयोग गरिने पुरानो र प्रभावकारी औषधि हो।

त्यसोभए के राष्ट्रपति सही छन् त? यसको प्रभावकारिताबारे हामीलाई के थाहा छ?

क्लोरोक्वाईन औषधि दशकौँदेखि प्रचलनमा छ। अफ्रीकाका कैयौँ ठाउँमा भने यसविरुद्ध औलोका परजीवीले प्रतिरोधी क्षमता विकास गरिसकेको हुनाले यो औषधि अचेल उपयोग गरिँदैन।

  • अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २,००० नाघ्यो
  • डोनल्ड ट्रम्पलाई कोरोनाभाइरस सङ्क्रमण भएको देखिएन

केही देशले यसको उपयोगमा नियन्त्रण पनि गरेका छन्। तर अझै पनि सक्रिय निजी औषधि निर्माता रहेका बजारमा यो औषधि निकै चलेको छ।

नाइजिरियामा ट्रम्पको भनाइपश्चात् यो औषधिको माग धेरै बढेको विवरण आएका छन्। औषधि पसलमा यसको अभाव हुन थालेको छ।

के कोभिड-१९ को उपचारमा क्लोरोक्वाईनले स्वीकृति पाएको छ?

राष्ट्रपति ट्रम्पले आफ्नो दैनिक पत्रकार भेटघाटमा क्लोरोक्वाईनलाई कोरोनाभाइरसको उपचारमा प्रयोग गर्न अमेरिकी खाद्य एवम् औषधि प्रशासन निकाय (एफडीए)ले स्वीकृत गरेको बताएका थिए।

"हामी त्यो औषधि तत्काल उपलब्ध गराउँछौँ। एफडीएले स्वीकृत गर्ने प्रक्रिया गरिसकेको छ।"

स्पष्ट कुरा के हो भने क्लोरोक्वाईनलाई औलो तथा बाथ रोगविरुद्ध प्रयोग गर्न स्वीकृति मिलेको छ। तर एफडीए ले यसको प्रयोग कोरोनाभाइरसको उपचारका लागि स्वीकृत नभइसकेको बताएको छ।

"हालसम्म कोभिड-१९ को उपचार वा रोकथाम गर्न एफडीए ले कुनै औषधि वा विधि स्वीकृत गरिसकेको छैन।"

तर एफडीएले क्लोरोक्वाईन कोभिड-१९ विरुद्ध प्रभावकारी हुन्छ कि हुँदैन भनेर अध्ययन भने भइरहेको जनाएको छ।

तस्वीर कपीराइट Reuters
Image caption कोरोनाभाइरस उपचार पत्ता लगाउन अमेरिकी वैज्ञानिकहरू प्रयासरत छन्

विश्वभरि अध्ययन कुन अवस्थामा छ?

क्लोरोक्वाईन कोरोनाभाइरसका बिरामीहरूलाई सहयोग गर्ने प्रयासको एक पाटो भएको साँचो हो।

यो एक सस्तो, प्रचलित र सजिलै उत्पादन गर्न सकिने औषधि हो। औलोका बिरामीलाई यसले ज्वरो तथा सूजन कम पार्न सहयोग गर्छ।

"प्रयोगशालामा गरिएका अध्ययनहरूमा क्लोरोक्वाईनले कोरोनाभाइरसलाई रोक्ने देखिएको छ। साथै कतैकतै चिकित्सकहरूले यसले काम गरेको पनि बताएका छन्," बीबीसीका स्वास्थ्य संवाददाता जेम्स ग्यालहरले बताए।

  • विश्वभरि कहाँ कति सङ्क्रमण र मृत्यु
  • के दोहोर्‍याएर कोरोनाभाइरस सङ्क्रमण हुन सक्छ

तर महत्त्वपूर्ण कुरा के हो भने खास बिरामीहरूमा यसले कस्तो असर पार्छ भनेर पूर्ण "क्लिनिकल" प्रयोग भएको छैन। तर त्यस्ता परीक्षण चीन, अमेरिका, यूके र स्पेनमा थालिएको छ।

विश्व स्वास्थ्य सङ्गठनले यसको स्पष्ट प्रभावकारिता थाहा नभइसकेको बताएको छ।

"काम गर्छ कि गर्दैन भनेर स्पष्ट जान्नका लागि क्लिनिकल ट्रायल गरिनुपर्छ," अक्स्फर्ड विश्वविद्यालयका ग्लोबल हेल्थ नेटवर्कका निर्देशक प्राध्यापक ट्रुडी लाङ्ले बताए।

तर यो औषधिप्रतिको रुचि भने बढ्न थालिसकेको छ।

गुगलले क्लोरोक्वाईनबारे मानिसहरूले इन्टर्नेटमा खोजी निकै गर्न थालेको जनाएको छ।

अनि व्यवसायी इलोन मस्कले यसको अनुसन्धानबारे ट्वीट गरेपछि झन् त्यसबारे चासो बढ्यो।

  • के हो? वास्तवमा के हो कोरोनाभाइरस
  • कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
  • के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
  • के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
  • कतिचोटि? के दोहोर्‍याएर सङ्क्रमण हुन सक्छ
  • भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
  • भिडिओ: हात यसरी धुनुपर्छ
  • भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

नाइजिरियामा किन विक्री बढ्यो ?

अफ्रिकी मुलुक नाइजिरियाका प्रत्येक गिर्जाघर, मस्जिद वा स्कूलमा कोरोनाभाइरस प्रकोपबारे चर्चा भइरहेको छ।

त्यहाँ सन् २००५ मै प्रतिबन्ध लगाइएको भए पनि कतिपय नाइजिरियाली घरपरिवारमा मलेरियासँग लड्न क्लोरोक्वाईन भएको ट्याब्लेट प्रयोग गर्ने चलन छ।

फेब्रुअरीमा चीनमा क्लोरोक्वाईनको कोरोनाभाइरसको उपचारमा प्रयोगबारे अध्ययन भएको भन्ने खबर आएपछि राजधानी लागोसमा निकै चर्चा चल्यो र मानिसहरूले त्यो घरमा थुपार्न थाले।

  • कोरोनाभाइरसको औषधि अझै अनुसन्धानको क्रममा
  • कोरोनाभाइरसबारे तपाईँले जान्नैपर्ने ११ प्रश्न र तिनका उत्तर

राष्ट्रपति ट्रम्पको टिप्पणीपश्चात् उक्त प्रवृत्ति झन् बढ्यो। औषधि पसलहरूबाट त्यो औषधि रित्तिन थाल्यो।

तर नाइजिरियाको रोग नियन्त्रण निकायले मानिसलाई त्यसको प्रयोग नगर्न भनेको छ।

"विश्व स्वास्थ्य सङ्गठनले क्लोरोक्वाईनको प्रयोगमा स्वीकृति दिएको छैन।"

सो निकायले मानिसहरूलाई आफूखुसी उक्त औषधि नखान पनि भनेको छ।

बीबीसी संवाददाता ड्यान्यल सेमेनिवोरिमा भन्छन् - मानिसहरूले सुरक्षित रहन त्यत्तिकै निर्णय लिन थालेका छन् जसले घातक परिणाम पनि ल्याउन सक्छ।

लागोसमा अचेल क्लोरोक्वाईन धेरै खाएर मानिसहरू बिरामी पर्न थालेको घटना बढेका छन्।

(यस सामग्रीका लागि ज्याक गुडम्यानले रिपोर्टिङ गरेका छन्)

सम्बन्धित सामग्री

राष्ट्रपति ट्रम्पलाई कोरोनामुक्त बनाएको औषधि सर्वसाधारणले पनि प्रयोग गर्न पाउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरस (कोभिड– १९) संक्रमणबाट निको पार्न दिइएको औषधि

नयाँ पत्रिका

हाइड्रोक्सिक्लोरोक्विनले कोरोना ठीक भएको बोल्सोनारोको दाबी

१६ साउन, काठमाडौं । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले औलोको उपचारको लागि प्रयोग हुने औषधि हाइड्रोक्सिक्लोरोक्विनले आफूलाई कोरोना भाइरस (कोभिड-१९) ठीक भएको दाबी गरेका छन् । यसअघि पनि उनले यो औषधिको प्रयोग गर्न मानिसहरुलाई सुझाउँदै आएका …

अनलाइनखबर

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जोखिमपूर्ण कोरोनाकाे औषधिको पक्षमा वकालत

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि अप्रमाणित र जोखिमपूर्ण औषधिको पक्षमा वकालत गर्नुभएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) , स्वास्थ्य विज्ञहरुकाे अध्ययन तथा अनुसन्धान विपरीत अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको उपचारमा औलोविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गर्नु पर्ने पक्षमा वकालत गर्नुभएको बीबीसीले...

अमेरिकामा कोभिड-१९ को उपचारमा औलोको औषधिमाथि प्रतिबन्ध

बिना वैज्ञानिक तथ्य र प्रमाणकै आधारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ को उपचारका लागि औलोको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीन औषधि प्रयोग गर्न सुझाव दिँदै आउनु भएको थियो । राष्ट्रपतिको उक्त विवादित सल्लाहलाई चिकित्सा विज्ञानका क्षेत्रमा क्रियाशिल वैज्ञानिक समुदायले हास्यास्पद भन्दै यो औषधि प्रयोगमा सावधानी अपनाउन आग्रह गरिरहेका थिए ।

गोरखापत्र

ब्राजिलमा कोरोना भाइरस संक्रमितको उपचारका लागि औलोको औषधि अनुमति

ब्राजिलको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि औलो रोगको उपचारमा प्रयोग गरिने दुई

नयाँ पत्रिका

भारतमा हाइड्रोक्सिक्लोरोक्विन औषधि अभाव हुने चिन्ता

२८ चैत, काठमाडौं । भारतमा औलोको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विन औषधिको अभाव हुन सक्ने चिन्ता बढेको छ । बीबीसी हिन्दीकाअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माग गरेअनुसार यो औषधि भारतले निर्यात गर्ने निर्णय गरेसँगै भारतमा यसको अभाव …

अनलाइनखबर

ट्रम्पले प्रतिकार गर्ने धम्की दिएपछि भारतले फिर्ता लियो औषधि निर्यातको प्रतिबन्ध

भारत सरकार हाइड्रोक्सिक्लोरोक्विन नामक औषधिको निर्यातमा लगाइएको प्रतिबन्ध फिर्ता गर्न सहमत भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस डिजिज (कोभिड-१९)को उपचारमा उक्त औषधि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै आएका छन्। राष्ट्रपति ट्रम्पले औषधिको निर्यात सहज नगरे प्रतिकार गर्ने बताएपछि चिकित्सा विशेषज्ञहरूको आरक्षणका बावजुद भारतले प्रतिबन्ध फिर्ता गर्ने निर्णय लिएको

पहिलो पोस्ट

ट्रम्पले भारतसँग मागे औषधि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत सरकारसँग औलोको लागि प्रयोग हुने हाइड्रोक्सीक्लोरिकिन औषधि अमेरिका पठाइदिन आग्रह गरेका छन् । ट्रम्पले यो औषधि कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि महत्वपूर्ण साबित हुन सक्ने भन्दै भारतसँग …

अनलाइनखबर

पलाँतामा औलो र कालाजारका बिरामी भेटिए

कालिकोट – पलाँता गाउँपालिकामा औलो र कालाजारका बिरामीहरु भेटिएका छन् । महामारी फैलिने पलाँतामा पहिलो पटक औलो वा मलरिया तथा कालाजारका बिरामीहरु भेटिएको जिल्ला अस्पताल कालिकोटका डाक्टर नहकुल शाहीले बताउनुभयो । दुई महिना अघिको तथ्यांक अनुसार पलाँतामा ३ जना बालबालिकामा औलो र तीनजना मध्ये दुई जनामा कालाजार...

उज्यालो अनलाइन