विराटनगर महानगरको निशान छापमा नेपालको नयाँ नक्सा राखियो

तस्बिर : विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको कार्यकक्षमा रहेको निशान छापमा नयाँ नक्सा राखिदैं ।  स्रोत : विराटनगर महानगरपालिका ।

विराटनगर । विराटनगर महानगरपालिकाले कार्यालय प्रयोजनमा चलनमा रहेको निशान छापमा नेपालको नयाँ नक्सा अंकित गरेको छ । 

सोमबारनै महानगरका प्रमुख भीम पराजुलीले कार्यालय प्रयोजनमा राखिएको निशान छापमा प्रयोग भएको नेपालको नक्सा संशोधन गरी लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको हो  । 

नेपाल सरकारले नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेकसंगै महानगर प्रमुख पराजुलीले पनि नक्सा परिवर्तन गरिएको बताए । 

पराजुलीले भने,“सम्भवत यो नेपालका सरकारी कार्यालयमा पहिलो परिवर्तन हुन सक्छ ।” पराजुलीले आफ्नो कार्यकक्ष र बैठक हलमा सजाइएको निशानछापमा रहेको नेपालको नक्सामा नयाँ राख्न लगाए । सोहीअनुरुप निशान छापमा नयाँ नक्सा पेन्टिङ गरी थप गरिएको हो । संघीय सरकारले गरेको परिवर्तनलाई महानगरले तत्काल लागू गरेको पराजुलीको भनाइ छ । 

सम्बन्धित सामग्री

विराटनगरमा वडाध्यक्षसहित ६८ जनामा कोरोना संक्रमण

विराटनगर : विराटनगर महानगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष कुमार पोखरेलसहित ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। महानगरका जनप्रतिनिधिमा कोरोना देखिएको यो पहिलो घटना हो। संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका पोखरेलको  पोजेटिभ रिपोर्ट आएको महानरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ। महाशाखा प्रमुख रमेश ...

थाहा खबर

विराटनगरमा स्वाब संकलन गर्ने चिकित्सकमै देखियो कोरोना, नमुना संकलन कार्य रोकियो

विराटनगर : विराटनगर महानगरपालिकाका स्वाब संकलनकर्ता एक चिकित्सकमा कोरोना संक्रमण देखिएको छ। महानगरपालिकामा पछिल्लो २४ घण्टामा ३१ महिला र ५५ पुरुषमा संक्रमण देखिएको  महानगरका जनस्वास्थ्य निरीक्षक तथा कोभिड १९ टिमका राजेन्द्र कुइँकेलले जानकारी दिए। कुइँकेलका अनुसार महानगरपालिकाका चिकित्सकसँगै नोवेल मेडिकल कलेजका तीन र न्यूरो अस्पतालका दुई जना कर्मचारीमा पनि

पहिलो पोस्ट

विराटनगरमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् । महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । सङ्क्रमित हुनेमा १९ महिला रहेका छन् । सङ्क्रमितमा विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का छ/छ जना , विराटनगर २ …

राजधानी दैनिक

विराटनगर महानगरपालिकाका एक कर्मचारीसहित ४३ संक्रमित थपिए

विराटनगर : विराटनगर महानगरपालिकामा ४३ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ। महानगरपालिकाकै एक कर्मचारीसहित १९ महिला र २४ पुरुष थपिएको महानगरका जनस्वास्थ्य निरीक्षक तथा कोभिड १९ टीमका राजेन्द्र कुइँकेलले जानकारी दिए। कोशी अस्पताल प्रयोशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए। कुइँकेलका अनुसार थपिएका संक्रमित सबैभन्दा

पहिलो पोस्ट

विराटनगर महानगरमा लकडाउन

काठमाण्डाै – विराटनगर महानगरपालिकामा लकडाउन गरिएको छ । कोरोना सङ्क्रमण समुदायमा फैलिन नदिन गएराति १२ बजेदेखि नगरक्षेत्र भित्र लकडाउन लागू भएको हो । लकडाउनका बेलामा बजार र आवागमन पूर्णरूपमा रोक लगाइएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो । खाद्यान्न, तरकारी तथा फलफूल, अस्पताल, औषधि पसल, एम्बुलेन्स, द...

एनआईसी एशिया बैंकको नयाँ शाखाहरु विराटनगर र धरानमा उद्घाटन

१३ जेठ, काठमाडौं । एनआईसी एशिया बैंक बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा आफ्नो दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा नं. १५, रानी मिल्स एरियास्थित रानी मिल्स एरिया शाखाको यस …

अनलाइनखबर

विराटनगर महानगरपालिकाका मेयरको कार्यकक्षमा बम विस्फोट

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्षमा बम विस्फोट भएको छ। आइतबार दिउँसो भएको विस्फोटको पूर्ण विवरण आइसकेको छैन।

सेतोपाटी