ब्राजिलमा कोरोना भाइरस संक्रमितको उपचारका लागि औलोको औषधि अनुमति

विश्व खबर

ब्राजिलमा कोरोना भाइरस संक्रमितको उपचारका लागि औलोको औषधि अनुमति

२०७७ जेठ ८ बिहीबार १०:१४:००

ब्राजिलको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि औलो रोगको उपचारमा प्रयोग गरिने दुई (एन्टिमलेरिया) औषधि चलाउन अनुमति दिएको छ । बुधबार स्वास्थ्य मन्त्रालयले एक दिशानिर्देश जारी गर्दै यस औषधिको प्रयोगलाई अनुमति दिएको हो । 

औलो औषधि कोरोना संक्रमितको उपचारका लागि चलाउने दबाब आएपछि मन्त्रालयका दुईजना चिकित्सकले काम छोडेका थिए । यसलगत्तै अन्तरिम स्वास्थ्यमन्त्री एडर्वाडो पाजुएल्लोले संशोधित प्रोटोकल जारी गरे । 

हालसम्म कोरोना भाइरसविरुद्धको उपचारमा क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन प्रभावकारी हुने भनेर प्रमाणित भएको छैन । विश्व स्वास्थ्य संगठनले पटकपटक अप्रमाणित औषधि प्रयोग नगर्न चेतावनी दिँदै आएको भए पनि केही देशले औलोको औषधि प्रभावकारी हुने दाबी गर्दै आएका छन् । 

मार्चमा ब्राजिलका राष्ट्रपति जयर बोल्सोनारोले हाइड्रोक्सिक्लोरोक्विन भाइरस संक्रमितको उपचारमा प्रभावकारी हुने भन्दै सामाजिक सञ्जालमा बताएका थिए । बोल्सोनारोले भ्रम फैलाएको भनेर फेसबुक र ट्विटरले पोस्ट डिलिट गरेका थिए । 

सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोना संक्रमण हुन नदिन आफूले हाइड्रोक्सिक्लोरोक्विनको प्रयोग गरिरहेको बताएका थिए । तर, अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले ट्रम्पले उल्लेख गरेको औषधि ‘सुरक्षित र प्रभावकारी’ नभएको बताएको थियो । 

ब्राजिल कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशमध्ये तेस्रो स्थानमा छ । त्यहाँ संक्रमणबाट दैनिक औसत एक हजार मानिसको ज्यान गइरहेकोे छ । हालसम्म १८ हजार आठ सय ५९ जनाले ज्यान गुमाएका छन् । गएको २४ घन्टामा १९ हजार नौ सय ५१ नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या दुई लाख ९१ हजार पाँच सय ७९ पुगेको छ । 

#ब्राजिल # औलो

सम्बन्धित सामग्री

बाँकेको नरैनापुरमा औलो प्रकोप, ४२ जना संक्रमित

नेपालगञ्ज : कोरोना संक्रमणको हटस्पट बनेको बाँकेको नरैनापुरमा औलो संक्रमण फैलिएको छ।  नरैनापुरमा मात्रै ४२ जनामा औलो रोगको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। औलो रोग लामखुट्टेको टोकाइबाट सर्छ। समयमै उपचार हुन नसके संक्रमितको ज्यान नै जान सक्छ।  लामखुट्टेको प्रकोप धेरै हुने भएकाले बाँके...

थाहा खबर

हाइड्रोक्सिक्लोरोक्विनले कोरोना ठीक भएको बोल्सोनारोको दाबी

१६ साउन, काठमाडौं । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले औलोको उपचारको लागि प्रयोग हुने औषधि हाइड्रोक्सिक्लोरोक्विनले आफूलाई कोरोना भाइरस (कोभिड-१९) ठीक भएको दाबी गरेका छन् । यसअघि पनि उनले यो औषधिको प्रयोग गर्न मानिसहरुलाई सुझाउँदै आएका …

अनलाइनखबर

अमेरिकामा कोविड–१९ को उपचारमा औलोको औषधिमाथि प्रतिबन्ध

अमेरिकी नियामक निकायहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोविड–१९) को उपचारमा औलोको औषधिको प्रयोगमाथि प्रतिबन्ध लगाएका छन्।

नागरिक दैनिक

कोरोनाका बिरामीलाई मलेरियाकोविरुद्धको औषधि प्रयोग गर्न ब्राजिल सरकारको अनुमति

काठमाडौं : ब्राजिल सरकारले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि मलेरियाको औषधि प्रयोग गर्न अनुमति दिएको छ।  ब्राजिलको स्वास्थ्य मन्त्रालयले क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका विरामीलाई प्रयोग गर्न अनुमति दिएको हो। तर, अहिलेसम्म यी औषधि कोरोना संक्रमितको उपचारमा प्रभावी हुन्छन् भन्ने प्रमाणित भइस...

थाहा खबर

ब्राजिलमा कोरोना संक्रमितको उपचारमा मलेरियाको औषधि प्रयोग गर्न अनुमति

८ जेठ, काठमाडौं । ब्राजिल सरकारले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि मलेरियाको औषधि प्रयोग गर्न अनुमति दिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका विरामीलाई प्रयोग गर्न अनुमति दिएको हो । तर, …

अनलाइनखबर

अमेरिकाले कोरोना संक्रमितलाई इबोला विरुद्धको औषधी दिँदै

कोरोना (कोभिड–१९) संक्रमितको उपचार गर्न अमेरिकाले इबोलाविरुद्धको औषधी लगाउने स्वीकृति दिएको छ।  त्यहाँको 'फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)' ले कोरोना संक्रमितको उपचारका क्रममा इबोला संक्रमितलाई दिने गरिएको रेमडेसिवियर नामक औषधी प्रयोग गर्न अनुमति दिएको हो। यो औषधी आपत्तकालिन अवस्थामा प्रयोग ग...

थाहा खबर

कोरोनाको उपचारमा मलेरियाको औषधि परीक्षण थालियो

एजेन्सी : अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्युट (एनआईएच) ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्विनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ।  दी हिलमा छापिएको एक रिपोर्टका अनुसार टेनिसी राज्यको नेस्भिलस्थित भ्यान्डरबिल्ट विश्वविद्यालय मेडिकल सेन्टरमा क्ल...

थाहा खबर

अमेरिकामा कोरोना उपचारमा मलेरियाको औषधिको परीक्षण सुरु

अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्युट (एनआइएच)ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने

नयाँ पत्रिका

कोरोना भाइरसबाट बच्न औलोको औषधि खाँदा चिकित्सकको मृत्यु

काठमाडौ । भारतको आसाममा कोरोना भाइरस (कोभिड–१९)बाट बच्न औलोको औषधि खाँदा एक चिकित्सकको मृत्यु भएको छ । गुवाहिटीको प्रतिक्षा अस्पतालका ४४ वर्षीय उत्पालजित बर्मनको औलोको उपचारका लागि दिइने हाइड्रोक्लोरिकिन औषधि खाएपछि हृदयाघातको कारण मृत्यु भएको …

अनलाइनखबर