कोरोनाका बिरामीलाई मलेरियाकोविरुद्धको औषधि प्रयोग गर्न ब्राजिल सरकारको अनुमति

कोभिड-१९ {अपडेट}

कोरोनाका बिरामीलाई मलेरियाकोविरुद्धको औषधि प्रयोग गर्न ब्राजिल सरकारको अनुमति

जेठ ८, २०७७

    काठमाडौं : ब्राजिल सरकारले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि मलेरियाको औषधि प्रयोग गर्न अनुमति दिएको छ। 

    ब्राजिलको स्वास्थ्य मन्त्रालयले क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका विरामीलाई प्रयोग गर्न अनुमति दिएको हो। तर, अहिलेसम्म यी औषधि कोरोना संक्रमितको उपचारमा प्रभावी हुन्छन् भन्ने प्रमाणित भइसकेको छैन ।

     गत मार्च मेमा ब्राजिलका राष्ट्रपति जेर बोलसोनारोले सामाजिक सन्जालमार्फत् हाइड्रोक्सिक्लोरोक्विन कोरोना संक्रमितको उपचारमा निकै प्रभावी रहेको अभिव्यक्ति दिएका थिए। यद्यपि गलत कुरा पोष्ट गरेको भन्दै फेसबुक र ट्वीटरले राष्ट्रपति बोलसोनारोको पोष्ट डिलिट गरिदिएका थिए।

    गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोना संक्रमणबाट जोगिन आफूले हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरिरहेको बताएका थिए।

    ब्राजिल कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देशहरुको सूचीमा तेस्रो स्थानमा छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा २ लाख ९३ हजार ३ सय ५७ जना संक्रमित छन् भने मृतकको संख्या १८ हजार ८ सय ९४ पुगेको छ।

सम्बन्धित सामग्री

रेम्डेसिभिर औषधि आयात तथा विक्री वितरणको अनुमति

सरकारले कोरोना भाइरस (कोभिड १९)को उपचारमा प्रयोग हुने रिम्डेसिभिर औषधि आयात तथा विक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको छ।

नागरिक दैनिक

रूसमा कोरोनाविरुद्धको नयाँ औषधि प्रयोग गर्न अनुमति

रूसले कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको उपचारमा कोरोनाविर नामक एक औषधि प्रयोग गर्न अनुमति दिएको छ। एन्टी भाइरल यो औषधि रूसी कम्पनी आर फर्मले बनाएको हो।  आगामी सातासम्म यो औषधि रूसका पसलहरुमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। यो औषधिलाई चिकित्सक सल्लाहअनुसार मात्रै प्रयोग गर्नुपर्नेछ।  यसअघि मे ...

थाहा खबर

कोरोनाको उपचारमा प्रयोग गरिने रेमडिसिभिर औषधि आयात गर्न अनुमति

काठमाडौं- औषधि व्यवस्था विभागले कोरोनाको गम्भीर खालका बिरामीको उपचारका लागि प्रयोग हुने रेमडिसिभिर औषधि आयात गर्न अनुमति दिएको छ।  आइसियुमा अक्सिजनको कमी भएका कोरोनाका संक्रमितको...

ब्राजिलमा कोरोना भाइरस संक्रमितको उपचारका लागि औलोको औषधि अनुमति

ब्राजिलको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि औलो रोगको उपचारमा प्रयोग गरिने दुई

नयाँ पत्रिका

ब्राजिलमा कोरोना संक्रमितको उपचारमा मलेरियाको औषधि प्रयोग गर्न अनुमति

८ जेठ, काठमाडौं । ब्राजिल सरकारले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि मलेरियाको औषधि प्रयोग गर्न अनुमति दिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका विरामीलाई प्रयोग गर्न अनुमति दिएको हो । तर, …

अनलाइनखबर

अमेरिकाले इबोलाको औषधी कोरोनाविरुद्ध प्रयोग गर्न दियो अनुमति

अमेरिकाले कोरोना भाइरसको संक्रमण भएका विरामीका लागि रेमडेसिविर औषधि प्रयोग गर्न अनुमति दिएको छ।  रेमडेसिविर इबोलाका रोगीको उपचारका लागि प्रयोग गरिँदै आएको औषधि हो। विज्ञहरूले कोरोना विरामीहरू यो औषधिले पूर्ण रूपमा  निको हुनेछन् भनेर अहिले नै दाबी गर्ने अवस्था नरहेको बताएका छन्। तर अझै यो औषधिले कति फ...

थाहा खबर

अमेरिकाले कोरोना संक्रमितलाई इबोला विरुद्धको औषधी दिँदै

कोरोना (कोभिड–१९) संक्रमितको उपचार गर्न अमेरिकाले इबोलाविरुद्धको औषधी लगाउने स्वीकृति दिएको छ।  त्यहाँको 'फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)' ले कोरोना संक्रमितको उपचारका क्रममा इबोला संक्रमितलाई दिने गरिएको रेमडेसिवियर नामक औषधी प्रयोग गर्न अनुमति दिएको हो। यो औषधी आपत्तकालिन अवस्थामा प्रयोग ग...

थाहा खबर

कोरोना भाइरस: अमेरिकामा रेम्डेसिभिरलाई कोभिड-१९ को उपचारमा प्रयोग गर्न स्वीकृत

अमेरिकाको औषधि नियामक निकायले इबोलाको उपचारमा प्रयोग हुने औषधिलाई कोरोनाभाइरसका बिरामीमाथि प्रयोग गर्न आपत्‌कालीन अनुमति दिएको हो।

बीबीसी नेपाली

क्यान्सर उपचारमा नायाँ औषधिको प्रयोग प्रभावकारी

क्यान्सर उपचारमा क्रान्तिकारी आविश्कारको रुपमा लिइएको नयाँ औषधिलाई युरोपमा प्रयोग गर्न अनुमति दिइएको छ

गोरखापत्र