ट्रम्पको तथ्यहीन दावी, भन्छन् 'अमेरिकामा सर्वाधिक कोरोना संक्रमण पुष्टि हुनु सम्मानजनक विषय हो'

अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या उच्च हुनुलाई 'ब्याच अफ अनर' अर्थात् सम्मानको बिल्ला भएको बताएका छन्। ह्वाइट हाउसमा आयोजित सम्मेलनमा उनले मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि हुनुलाई ।

संक्रमण फैलिए पछिको पहिलो क्याबिनेट बैठकमा ट्रम्पले भने,'मैले यस विषय बारे सोचें। संक्रमितको संख्या धेरै देखिनुको अर्थ अमेरिकामा परीक्षण अरु देशमा भन्दा राम्रो भइरहेको छ। यो सम्मानजनक विषय हो।'

उनले आफू नराम्रो पक्षमा ध्यान नदिने सुनाउँदै भने,'हाललाई परीक्षण र उपचारमा खटिएका सबैमा सम्मान व्यक्त गरौं।'

तर, अक्सफोर्ड विश्वविद्यालयको एक अध्ययनका अनुसार अमेरिका परीक्षणको १६ औं स्थानमा पर्छ। जनसंख्याको हिसाबमा प्रत्येक हजार मानिसमा गरिएको परीक्षणको आधारमा अमेरिका दक्षिण कोरियाभन्दा अगाडि छ। तर, क्यानडा, न्यूजिल्याण्ड, आइसल्याण्ड लगायत देशहरुभन्दा पछाडि छ। मतलव ट्रम्पले अमेरिकामा सबैभन्दा धेरै परीक्षण भएको बताएपनि उनले दिएको जानकारी तथ्यहीन छ।

त्यहाँको 'कोभिड ट्र्याकिङ प्रोजेक्ट'ले जनाए अनुसार भने गत सातादेखि अमेरिकामा दैनिक तीनदेखि चार लाख मानिसमा संक्रमण परीक्षण भइरहेको छ।

जोन होप्किन्स विश्व विद्यालयका अनुसार अमेरिकामा मात्रै १५ लाख २८ हजार मानिस संक्रमित छन्। त्यस्तै करिव ९३ हजार मानिसले संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्।

सम्बन्धित सामग्री

अमेरिकामा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति

८ भदौ, काठमाडौं । अमेरिकाले कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्न अनुमति दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् । कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दै ट्रम्पले यो मजबुत …

अनलाइनखबर

अमेरिकामा 'बेचैन पार्ने गरी' कोरोनाभाइरस सङ्क्रमण वृद्धि

ओक्लाहोमामा एउटा र्‍यालीमा राष्ट्रपति डोनल्ड ट्रम्पले सङ्क्रमण कम देखाउन परीक्षणको दायरा कम गर्नु भन्ने सल्लाह दिइएको बताएपछि अमेरिकाका प्रमुख स्वास्थ्य विज्ञहरूले त्यस्तो नभनेको बताएका छन्।

बीबीसी नेपाली

ट्रम्पले स्थगित गराए जी सेभेन सम्मेलन, चीनविरुद्ध जारी छ अभियान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रुप अफ सेभेन (जी सेभेन) सम्मेलन स्थगित गर्ने भएका छन्। आगामी महिना आयोजना हुने तय भएको बैठकलाई सेप्टेम्बर वा त्यसभन्दा पछाडि लैजानुपर्ने उनले बताए। साथै अस्ट्रेलिया, रसिया, दक्षिण कोरीया र भारतलाई पनि आमन्त्रितका रुपमा बैठकमा सहभागी गराउनुपर्ने उनको तर्क छ। फ्लोरिडाबाट फर्कनेक्रममा अब्रोड एयर फोर्स वानमा

पहिलो पोस्ट

अमेरिकामा सङ्क्रमित बढि देखिनु सम्मानको बिषय : राष्ट्रपति ट्रम्प

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस सङ्क्रमित सबैभन्दा धेरै देखिनु सम्मानको कुरा भएको तर्क गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले सङ्क्रमितको संख्या बढि देखिनुमा आफ"हरुको कोरोना परीक्षणको अवस्था राम्रो भएको बताउनुभयो । ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्पले भन्नुभयो ‘हाम्रो परिक्षण अरुको भन्दा निकै ...

उज्यालो अनलाइन

ट्रम्पको दाबी- चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको प्रमाण छ

१९ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको प्रमाण आफूसँग रहेको बताएका छन् । पत्रकार सम्मेलनमा उनले आफूले त्यो कुरा प्रत्यक्ष देखेको दाबीसमेत गरे । ट्रम्पले चीनको वुहानस्थित इन्सटिच्युट अफ भायरोलोजीमा …

अनलाइनखबर

'चीनले कोरोनाबाट विश्वलाई जोगाउन सक्थ्यो, तर जोगाएन'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणलाई लिएर चीनमाथि कडा टिप्पणी गरेका छन्।  ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चीनतर्फ इंगित गर्दै बेइजिङले चाहेको भए अमेरिकामात्र नभई विश्वलाई नै जोगाउन सक्ने अवस्था रहेको, तर यसो नगरिएको बताएका हुन्। कोरोना भाइरसबारे चीनको कदममाथि अमेरिकाले निकै गम्भीर...

थाहा खबर

ट्रम्पको दोस्रो पटक कोरोना परीक्षण

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको दोस्रो परीक्षणमा पनि उनलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ।  ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोना भाइरस परीक्षणबाट संक्रमण नदेखिएको जानकारी दिए। उनले ट्रम्पको कोरोना परीक्षणका लागि नयाँ, तीब्र परीक्षण प्रविधि प्...

थाहा खबर