रुसले युक्रेनमा ठूला आक्रमण गर्ने जोखिम, बिहीवारसम्म सामूहिक कार्यक्रम नगर्न जेलेन्स्कीको निर्देशन

रुसी आक्रमणको डरका कारण युक्रेनमा आउँदो बिहीवार बिहानसम्म सामूहिक कार्यक्रम गर्न रोक लगाइएको छ । पर्सि बुधवार युक्रेनले आफ्नो ३१ औँ स्वतन्त्रता दिवस मनाउँदैछ । स्वतन्त्रता दिवसको अवसर पारेर रुसले ठूला आक्रमण गर्न सक्ने भन्दै युक्रेन सरकारले सामूहिक कार्यक्रम नगर्न निर्देशन दिएको बीबीसीले जनाएको छ । देशको दोस्रो ठूलो सहर खार्किभमा भोलि मङ्गलवार बेलुकादेखि बिहीवार बिहानसम्म कर्फ्यु पनि घोषणा गरिएको छ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले देशको स्वतन्त्रता दिवसको अवसरमा रुसले थप क्रुरता प्रदर्शन गर्न सक्...