आतङ्कवादी हमलाभन्दा पनि कोरोना भाइरसको महामारी घातक - अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी अमेरिकामा अहिलेसम्म भएका सबैखाले आक्रमणभन्दा पनि घातक भएको टिप्पणी गरेका छन् ।

ह्वाइट हाउसमा पत्रकारहरुसँगको नियमित संवादमा राष्ट्रपति ट्रम्पले दोस्रो विश्वयुद्धका बेला जापानी बमवर्षक विमानद्वारा पर्ल हार्बरमा गरिएको बमबारी र दुई दशकअघि न्यूयोर्कस्थित ट्वीन टावरमा भएको आतङ्कवादी हमलाभन्दा पनि कोरोना भाइरसको महामारी घातक देखिएको बताए।

उनले यावत खराब अवस्थाको जिम्मेवार चीन भएको समेत फेरि दोहोर्‍याएका छन् । ‘चीनमा रहेको भाइरसको मुहानै रोकिनुपर्थ्यो तर त्यसो भएन’, ट्रम्पले भने, ‘म यो अदृश्य शत्रुलाई युद्धका रुपमा लिन्छु । मलाई यो भाइरस यहाँसम्म जसरी आयो त्यो मन परेको छैन, किनकी यसलाई रोक्न सकिन्थ्यो, तर त्यस्तो भएन।’

वुहानमा रहेको एक प्रयोगशालाबाट भाइरस फैलिएको भन्दै अमेरिकाले चीनमाथि छानविन गर्नुपर्ने पटक/पटक बताउदै आएको छ । चीनले भने उक्त आरोपहरुलाई पुष्टि गर्न चुनौती दिदै आएको छ।

सम्बन्धित सामग्री

'अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना नियन्त्रणमा चासो नदिएको पाइयाे'

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस घातक बन्न सक्ने थाहा हुँदा-हुँदै पनि सङ्क्रमण नियन्त्रण गर्न चासो नदिएको खुलेको छ । कोरोना भाइरसको महामारी बारे थाहा हुँदा-हुँदै पनि रोक्न ट्रम्पले चासो नदेखाएका पाइएको वरिष्ठ पत्रकार बब वूडवार्डले लेखेको पुस्तकमा उल्लेख छ । पत्रकार बबले अन्तर्वार्तामा राष्ट्रपति ट्रम्...

उज्यालो अनलाइन

ट्रम्पले भने, ‘मास्क लगाउनुहोस्, मौका मिल्नेबित्तिकै हात धुनुहोस्’

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कारोना भाइरसको महामारी बढिरहेकाले मास्क लागाउन आग्रह गरेका छन् ।  यसअघि मास्कको विपक्षमा रहेका राष्ट्रपति ट्रम्पले अन्ततः बोली फेर्दै जोखिमबाट बच्न अमेरिकीवासीलाई मास्क लगाउन आग्रह गरेका हुन् । ह्वाइट हाउसमा भएको प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले मास्क लगाउन वा...

अमेरिकामा धेरै प्रार्थाना जरूरी छ, चर्च खोलौँ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको तत्काल चर्चहरू खोलेर प्रार्थाना जरूरी भएको बताएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा तुरुन्त खोल्नु पर्ने बताए ...

नेपाल आज

अमेरिकामा सङ्क्रमित बढि देखिनु सम्मानको बिषय : राष्ट्रपति ट्रम्प

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस सङ्क्रमित सबैभन्दा धेरै देखिनु सम्मानको कुरा भएको तर्क गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले सङ्क्रमितको संख्या बढि देखिनुमा आफ"हरुको कोरोना परीक्षणको अवस्था राम्रो भएको बताउनुभयो । ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्पले भन्नुभयो ‘हाम्रो परिक्षण अरुको भन्दा निकै ...

उज्यालो अनलाइन

कोरोना महामारी अमेरिकामा भएको सबैभन्दा घातक हमला : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस अमेरिकामा हालसम्मकै सबैभन्दा घातक हमला भएको बताएका छन्

नयाँ पत्रिका

कोरोना भाइरसबाट अमेरिकामाथि भएको हमला अहिलेसम्मकै ठूलो : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी कोरोना महामारी आफ्नो देशमाथिको सबैभन्दा ठूलो र खराब हमला भएको बताएका छन्। चीनले समयमै नियन्त्रणका लागि उचित कदम चालेको भए अहिले यो भाइरसले विश्वव्यापी महामारीको रुप लिन नसक्ने ट्रम्पको दावी छ। राष्ट्रपति ट्रम्पले अहिलेको स्थितिलाई दोस्रो विश्व युद्धका बेला जापानी बमवर्षक विमानले...

थाहा खबर

डब्लूएचओ चीन केन्द्रित भयो : डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) चीन केन्द्रित भएको आरोप लगाएका छन्।  कोरोना भाइरसको महामारी फैलिएका बेला गलत सुझाव दिएको भन्दै ट्रम्पले संगठनको कडा आलोचना गरेका छन्।  ह्वाईट हाउसमा नियमित पत्रकार सम्मेलनमा निकै आक्रामक देखिएका ट्रम्पले डब्लूएचओले धेरै रकम अमेरिकासँग लिएको बता...

थाहा खबर

अमेरिकी वल्र्ड ट्रेड टावर आक्रमणका १७ वर्ष

डार्लिन सुपरभिल- वासिङ्टन, भदौ २६ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी भूमिमा भएको सबैभन्दा ठूलो आतङ्कवादी हमलाको १७ वर्षका...

गोरखापत्र