काेराेना भाइरसकाे खाेप २०२० काे अन्त्यसम्ममा उपलब्ध हुने ट्रम्पकाे विश्वास

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्तिमसम्ममा कोरोना भाइरस (काेभिड–१९) विरुद्धकाे खाेप तयार हुन सक्नेतर्फ जाेड दिएका छन् ।

टेलिभिजन च्यानल फक्स न्युजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले यस वर्षको अन्तिममा काेराेनाविरुद्धकाे खाेप आउनेमा विश्वस्त रहेको दाबी गरेकाे बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको औषधि र खोपको विषयलाई लिएर ट्रम्पको आलोचना हुने गरेको छ । यसअघि उनले मानव स्वास्थ्यलाई जोखिम पार्ने खालका खोप परीक्षण गर्न सुझाव दिएको भन्दै आलोचना भएको थियो ।

यस्तै राष्ट्रपति ट्रम्पले विद्यालय खोल्न आवश्यक रहेको पनि बताएका छन् । उमेर धेरै भएका शिक्षकलाई सङ्क्रमण हुने जोखिम भए पनि विद्यालय खोल्नु आवश्यक भएको उनले बताएकाे बीबीसीले जनाएको छ । तर अमेरिकामा कोरोना भाइरसको जोखिम उच्च रहेकाले विद्यालय खोल्नु झन् खतरा हुने विश्लेषकले बताएका छन् ।

अमेरिकामा सबैभन्दा धेरैलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा झण्डै १२ लाख जना कोराना सङ्क्रमित छन्, यसमध्ये ६८ हजारभन्दा धेरैको ज्यान गएको छ । 

सम्बन्धित सामग्री

एक महिनाभित्र नागरिकहरुमा कोरोना खोप पुर्‍याउने फ्रान्सको तयारी

१० मंसिर, काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले मंगलबार यस वर्षको अन्तिमसम्म आफ्ना नागरिकलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप उपलब्ध बनाउने तयारीमा रहेको बताएका छन् । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै उनले खोप आएसँगै व्यापक मात्रामा …

अनलाइनखबर

अमेरिकामा कोरोना भ्याक्सिन आउन आगामी अप्रिलसम्म कुर्नुपर्ने

एजेन्सी :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन्।  'मेरो प्रशासनले यो खोप निर्माणको काम निकै द्रुत गतिमा गरेको छ', उनले भने, 'मलाई लाग्छ आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा यो खोप तयार हुने छ।' शुक्रबार आयोजना ...

थाहा खबर

अर्काे वर्षको अप्रिलसम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्काे वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन्।  'मेरो प्रशासनले यो खोप निर्माणको काम...

केही हप्ताभित्रै खोप वितरणका लागि तयार हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्ताभित्रै आमरूपमा वितरणका लागि कोरोना विरुद्धको खोप तयार हुने दाबी गर्नुभएको छ । तर सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले भने सन् २०२१ को मध्यसम्ममा मात्रै आम नागरिकमा खोप उपलब्ध हुनसक्ने बताउनुभएको छ । कोरोना भाइरसविरुद्धको खोप ...

उज्यालो अनलाइन

यसै वर्षको अन्त्यसम्ममा कोरोनाविरुद्धको खोप तयार हुने चीनको दावी

काठमाण्डौ - चीन सरकारले यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको खोप तयार हुने दावी गरेको छ । सरकारको सम्बन्धन पाएका दुई कम्पनी मिलेर बनाइरहेको एक खोप सन् २०२० को अन्त्यसम्ममा तयार हुन चीनले जनाएको समाचार संस्था रोयटर्सले जनाएको छ । ढिलोमा सन् २०२१ को सुरुमा सो खोप प्रयोगमा आउन सक्ने चीन सरकारले दावी गरेको छ ।&n...

उज्यालो अनलाइन

यस वर्षको अन्त्यसम्म कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्त्यसम्ममा कोरोना भाइरसको खोप बन्ने बताएका छन्

नयाँ पत्रिका

कोरोनाभाइरसको खोप वर्षको अन्त्यसम्ममा आउने ट्रम्पको विश्वास

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डिसेम्बरसम्ममा अमेरिकामा कोरोनाभाइरसको खोप बन्ने विश्वास व्यक्त गरेका छन्। तर के यो सम्भव छ?

बीबीसी नेपाली

कोरोना भाइरसविरुद्धको 'भ्याक्सिन' यसै वर्ष तयार हुन्छ : डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार हुने बताएका छन्। उनले फक्स न्यूजसँगको अन्तर्वातामा भ्याक्सिन तयार हुने बारे दावी गरेका हुन्। भनेका छन्,'मलाई पूरा विश्‍वास छ कि यसै वर्षको अन्‍त्यसम्ममा हामीले भ्याक्‍सिन पाउने छौं।' अमेरिकामा कोरोना भाइरसको संक्रमण रोक्न बनाइएको भ्याक्सिन मानवीय परीक्षण गरेको

पहिलो पोस्ट

२०२० को अन्तिमसम्ममा कोरोनाको खोप बन्छ : ट्रम्प

२२ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्तिमसम्ममा कोरोना भाइरस (कोभिड–१९) को खोप तयार हुने बताएका छन् । टेलिभिजन च्यानल फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले यस वर्षको अन्तिममा यो खोप आउनेमा …

अनलाइनखबर