निको भइसकेकामा पुनः किन देखिइरहेको छ कोरोना संक्रमण ?

२१ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट निको भएका मानिसमा यो भाइरसविरुद्ध लड्नसक्ने रोग प्रतिरोधी क्षमता (एन्टिबडी) विकास हुने विश्वास गरिँदै आएको छ । यसको अर्थ एकपटक यो रोग लागेर निको भएका मानिसमा तत्कालको लागि पुनः यो रोगको संक्रमण हुँदैन ।

तर विश्वका धेरै मुलुकमा यो भाइरसबाट निको भएका मानिसमा पनि यसको संक्रमण देखिएको छ ।

नेपालमा पनि कोरोना भाइरसबाट निको भएका एक जना पुनः अस्पताल भर्ना भएका छन् । यद्यपि उनलाई पुनः कोरोना संक्रमण भएको पुष्टि भइसकेको छैन ।

निको भइरसकेका मानिसमा किन देखिन्छ त कोरोना भाइरसको संक्रमण ? यो अहिले धेरैको चासोको विषय बन्न पुगेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) कि टेक्निकल लिड मारिया बैन केरखोब कोरोना भाइरसको मृत कोशिकाहरु अझै पनि अस्तित्वमा रहेकाले पुनः परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको हुनसक्ने बताउँछिन् । यसको अर्थ उनीहरूमा पुनः संक्रमण भयो भन्ने नहुने उनको भनाइ छ ।

निको भइसकेका मानिसको रोग प्रतिरोधी क्षमता कति बलियो हुन्छ भन्ने विषयमा अहिले वैज्ञानिकहरूले अध्ययन गरिरहेको उनले बताइन् ।

कोरोना भाइरस उत्पत्तिबारे अनेक विषय प्रकाशमा आइरहेका बेला उनले प्राकृतिक रूपमा कोरोना भाइरस निस्किएको जिकिर गरिन् । चमेराबाट मानिसमा कोरोना भाइरस उनको मत छ । यद्यपि, चमेराबाट मानिसमा यो भाइरस कसरी आयो ? भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो भाइरस चीनको प्रयोगशालामा बनेको दाबी गरेका थिए ।

स्रोत : बीबीसी

सम्बन्धित सामग्री

संक्रमणमुक्त भएपछि पाँच महिनासम्म कोरोनाबाट सुरक्षा

१ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण मुक्त भएपछि शरीरमा विकास भएको एन्टिबडीले पाँच महिनासम्म संक्रमणबाट सुरक्षा दिने एक अध्ययनले देखाएको छ । पब्लिक हेल्थ इंगल्याण्डले गरेको अध्ययनमा एकपटक संक्रमित भइसकेका मानिसहरुलाई पुनः …

अनलाइनखबर

कोरोना भाइरसविरुद्धको एन्टिबडी परीक्षण विध ल्याबमा

विध ल्याबमा कोरोनाभाइरसविरुद्धको एन्टिबडी परीक्षण हुने भएको छ । यो सेवा आइतबारबाटै सुरु गरिएको ल्याबले जनाएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणको लक्षण कतिपयलाई नदेखिन सक्ने भन्दै ल्याबले कोरोना संक्रमण भएको हुन सक्ने सम्भावित अवस्थालाई हेरेर एन्टिबडी परीक्षण सुरु गरेको जनाएको छ ।यसअघि, कोरोना परीक्षण गराउँदै आएको ल्याबले शरीरमा प्रचुर एन्टिबडी बनेको छ […]

कारोबार दैनिक

कोरोनाको एन्डिबडी समयसँगै घट्दै जान्छ : अध्ययन

१२ कात्तिक, काठमाडौं । बेलायतमा गरिएको एक अध्ययनमा कोरोना भाइरस (कोभिड-१९)विरुद्ध शरीरमा विकास भएको प्रतिरोधी क्षमता -एन्टिबडी) समयसँगै घट्दै जाने गरेको पाइएको छ । शोधकर्ताहरुले बेलायतभरका तीन लाख ६५ हजारभन्दा धेरै मानिसमा गरिएको अनुसन्धानमा तीन महिनाको …

अनलाइनखबर

कोरोनाभाइरस सङ्क्रमणपछि एन्टीबडीमा 'तीव्र गतिमा कमी' - BBC News नेपाली

कोषहरूभित्र भाइरसविरुद्ध लड्न शरीरले तयार पार्ने तत्त्‍व एन्टीबडी हाम्रो रोग प्रतिरोधी क्षमताको एउटा महत्त्वपूर्ण हिस्सा हो।

बीबीसी नेपाली

रसियन खोपले कोरोना भाइरसविरुद्ध काम गर्ने संकेत

रसियाले घोषणा गरेको कोरोना भाइरसविरुद्धको खोपले मानिसमा रोग प्रतिरोधात्मक क्षमता विकास भएको देखाएको छ। रसियाकै वैज्ञानिकहरूले प्रकाशित पहिलो प्रतिवेदनमा उक्त दावी गरिएको हो। मेडिकल जर्नल ‘द लान्सेट’मा खोपले परीक्षणमा सहभागी मानिसको भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाएको र कुनै पनि किसिमको गम्भीर असर नगरेको जनाइएको छ। उक्त भ्याक्सिन स्थानीय प्रयोगका

पहिलो पोस्ट

कोभिड-१९ विरुद्ध कहिल्यै पनि प्रतिरोधी क्षमता विकास नहुन सक्छ : अध्ययन

५ असार, काठमाडौं । मानिसमा कहिल्यै पनि कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्ने प्रतिरोधी क्षमता विकास नहुन सक्ने चिनियाँ र अमेरिकी वैज्ञानिकहरूले एन्टिबडीको विषयमा गरेको एक अध्ययनले देखाएको छ । उनीहरूले चीनको वुहानका अस्पतालका प्रत्यक्षरुपमा कोरोना बिरामीको उपचारमा …

अनलाइनखबर

रोग प्रतिरोधात्मक क्षमता र औषधिजन्य वनस्पति

सामान्य भाषामा कुनै पनि रोगसँग लड्ने शरीरको स्वाभाविक क्षमतालाई रोगप्रतिरोधी क्षमता भनिन्छ । रोगको प्रतिरोध गर्न शरीरको बाह्य आवरण अर्थात छाला, आन्तरिक आवरण म्यूकस मेमब्रेन, श्वेत रक्तकोषिकाहरु, श्वेत रक्तकोषिकाहरुले उत्पादन गर्ने प्रतिजैविक तत्व अर्थात एन्टिबडि, …

अनलाइनखबर

एन्टिबडी परीक्षणले प्रतिरोधी क्षमता मापन हुँदैन : डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले रगतमा देखिएको एन्टिबडीले कोरोना भाइरस रोक्न सक्ने प्रतिरोधी क्षमता रहेको वा नरहेको भन्ने कुरा मापन हुन नसक्ने बताएको छ । यसअघि एन्टिबडी परीक्षणबाट मानिसमा कोरोना भाइरससँग लड्ने क्षमता विकास …

अनलाइनखबर