आगलागी क्षेत्रको निरीक्षण गरी फर्किए मन्त्री भट्टराई

ताप्लेजुङ जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री भट्टराईले अनुगमनपछि स्थानीय सरोकारवालासँग छलफलसमेत गरेका थिए। उद्योग वाणिज्य संघको सभाहलमा भएको छलफलमा मन्त्री भट्टराईले ताप्लेजुङलाई आगलागी, बाढी, पहिरोसहित प्राकृतिक जोखिमलाई न्यूनीकरण गर्न सरकारले विषेश कार्यक्रम ल्याउने बताए।

उनले अहिले भएको आगलागीपछि पुनर्स्थापना र अन्य राहत सहयोगमा समेत आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धदता व्यक्त गरे। मन्त्री भट्टराईले ताप्लेजुङ भौगोलिक हिसाबले बाढीपहिरो, आगलागी जस्ता विपद्का घटनाको उच्च जोखिममा रहेकाले सतर्क हुनुपर्नेमा जोड दिए।

ऋण मिनाह गरिदिन पीडितको आग्रह

यता आगलागीपीडितहरुले भने सरकारसमक्ष बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा गरिदिन आग्रह गरेका छन्।

पुनः घर तथा व्यवसाय सुरु गर्दा सहुलियत व्याजमा ऋणको व्यवस्था, कर छुटको व्यवस्था र नगरक्षेत्रमा दमकलको थप व्यवस्थाका गर्न समेत माग गरेको आगलागीपीडित यिगेन्द्रकुमार गुरुङले जानकारी दिए।

यसैबीच विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले ताप्लेजुङमा आगलागीका घटना दोहोरिरहनु दुखद भएको भन्दै यस प्रकारका घटनाको न्यूनीकरणमा सबैले ध्यान दिनुपर्ने बताए।

आफूहरुको रेकर्डमा समेत यो जिल्ला आगलागिको घटना हुनेमा अग्रस्थानमा रहेको बताउँदै प्राधिकरणले स्थानिय तहसँग समन्वय गरि उचित कार्यलाई अघि बढाउने जानकारी दिए।

शुक्रबार भएको आगलागीले यहाँका सानाठूला गरी १० वटा घरमा क्षति पुगेको थियो भने २९ परिवार विस्थापित बनेका छन्। यस्तै, ७ करोड ६५ लाख बढिको क्षति भएको अनुमान गरिएको छ।

हेलिकोप्टरमार्फत बिहान काठमाडौंबाट ताप्लेजुङ आएका मन्त्री भट्टराई सहितको टोलीले सुकेटार विमानस्थलको धावन मार्गको समेत अवलोकन गरेको थियो।

सुकेटार विमानस्थलमा अहिले स्तरोन्नतिको काम भइरहेको छ। सुकेटार विमानस्थलको अवलोकन र आगलागी प्रभावित क्षेत्रको निरीक्षणपछि सदरमुकामस्थित घरमा पुगेर आमालाई भेटी मन्त्री भट्टराई काठमाडौं फर्किएका छन्।

सम्बन्धित सामग्री

गाउँ-गाउँमा ‘मास्क र स्यानिटाइजर’ वितरण गर्दै पर्यटनमन्त्री भट्टराई

फुङ्लिङः संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङ भ्रमणका क्रममा आफू पुगेको गाउँमा मास्क र स्यानिटाइजर वितरण गरेका छन्। कोभिड–१९ बाट बच्न स्वास्थ्य सुरक्षाको सन्देश दिन मन्त्री भट्टराईले व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री मास्क र स्यानिटाइजर वितरण गरेका हुन्। ताप्लेजुङका प्रतिनिधिसभा सदस्य मन्त्री भट्टराईले स्थानीय तहस्तरीय भ्रमणको अन्तिम दिन

पहिलो पोस्ट

तिलिचोमा पर्यटन मन्त्री भट्टराई

लमजुङ-पर्यटन मन्त्री योगेश भट्राईले सर्वाधिक उचाइमा रहेको तिलिचो तालको अवलोकन तथा भ्रमण गरेका छन् । मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पोल्देन गुरुङको विशेष अनुरोधमा पर्यटन मन्त्री भट्टराईले शनिबार तिलिचो तालको अवलोकन तथा भ्रमण गरेका हुन् ।मनाङ जिल्लाको नेस्याङ गाउँपालिका–९, अन्तर्गत समुन्द्री सतहदेखि ४ हजार ९ सय १९ मिटर उचाइमा रहेको तिलिचो तालमा मन्त्री भट्टराई हेलिकप्टरबाट पुगेका […]

कारोबार दैनिक

लकडाउन विस्तारै खुकुलो हुँदै जान्छ : मन्त्री भट्टराई

ताप्लेजुङ  ः  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लकडाउनका कारण अस्तव्यस्त बनेको जनजीवनलाई क्रमस सामान्यीकरण गर्दै लैजाने बताएका छन्।  आइतबार ताप्लेजुङ सदरमुकामको आगलागी क्षेत्र निरीक्षणपछि बोल्दै मन्त्री भट्टराईले संक्रमण नदेखिएका तथा जोखिम नभएका जिल्लाहरुमा सामान्यीकरण गर्ने तयारी भएको जान...

थाहा खबर

'सफल मन्त्री' हुन योगेश भट्टराईले यी काम गर्नु पर्नेछ

काठमाण्डौ – रवीन्द्र अधिकारीको निधन भएको पाँच महिनापछि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले बल्ल नयाँ मन्त्री पाएको छ ।  दिवंगत मन्त्री अधिकारी जस्तै आशालाग्दा युवा नेता योगेश भट्टराईलाई मन्त्री पाएको मन्त्रालयसँग थुप्रै चुनौती छन् । यी चुनौती वहन गर्ने जिम्मा नवनियुक्त मन्त्री योगेश भट्टराईको काँधमा आएको छ । क...

'सफल मन्त्री' हुन योगेश भट्टराईले यी काम गर्नु पर्नेछ

काठमाण्डौ – रवीन्द्र अधिकारीको निधन भएको पाँच महिनापछि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले बल्ल नयाँ मन्त्री पाएको छ ।  दिवंगत मन्त्री अधिकारी जस्तै आशालाग्दा युवा नेता योगेश भट्टराईलाई मन्त्री पाएको मन्त्रालयसँग थुप्रै चुनौती छन् । यी चुनौती वहन गर्ने जिम्मा नवनियुक्त मन्त्री योगेश भट्टराईको काँधमा आएको छ । क...