अमेरिकाले इबोलाको औषधी कोरोनाविरुद्ध प्रयोग गर्न दियो अनुमति

विश्व

अमेरिकाले इबोलाको औषधी कोरोनाविरुद्ध प्रयोग गर्न दियो अनुमति

बैशाख २१, २०७७

    अमेरिकाले कोरोना भाइरसको संक्रमण भएका विरामीका लागि रेमडेसिविर औषधि प्रयोग गर्न अनुमति दिएको छ। 

    रेमडेसिविर इबोलाका रोगीको उपचारका लागि प्रयोग गरिँदै आएको औषधि हो। विज्ञहरूले कोरोना विरामीहरू यो औषधिले पूर्ण रूपमा  निको हुनेछन् भनेर अहिले नै दाबी गर्ने अवस्था नरहेको बताएका छन्।

    तर अझै यो औषधिले कति फाइदा दिन्छ यकिन नभएको र निको भए अन्य देशहरूले पनि यसको फाइदा लिन सक्ने बताइएको छ। अहिलेसम्म कोरोनाको संक्रमणविरुद्धको खोप पत्ता लाग्न सकेको छैन। यसअघि मलेरियाको औषधिले निको हुन्छ भनेर परीक्षण गरिए पनि असफल भएको थियो। 

    अमेरिकाको एक मेडिकल सेन्टरमा भएको परीक्षाणले मलेरियाको औषधि हाइड्रोक्लोरोक्विनले कोरोना भाइरसको संक्रमण निको नपार्ने प्रमाणित भएको थियो। 

    ३६८ कोरोना संक्रमितमा गरिएको परीक्षणमा ९७ कोरोना संक्रमितले हाइड्रोक्लोरोक्विनको प्रयोग गरेका थिए। जसमा मृत्यु दर २७।८ प्रतिशत थियो। जबकी १५८ कोरोनाका बिरामी जसमा हाइड्रोक्लोरोक्विनको प्रयोग गरिएको थिएन।

सम्बन्धित सामग्री

५ हजार ६ सयको औषधि ४० हजारमा बिक्री !

आपत्कालीन अवस्थामा कोरोना संक्रमितमा प्रयोग गर्न सरकारले अनुमति दिएको रेमडेसिभिर औषधिको कालोबजारी भएको पाइएको छ।औषधि व्यवस्था विभागबाट रेमडेसिभिर आयात गर्न अनुमति पाएकै संस्थाबाट कालोबजारी भएको भेटिएको छ।

नागरिक दैनिक

कोरना संक्रमितलाई दिइने 'रेमडिसिभर भ्याक्सिन' व्यवसायीले तत्कालै ल्याउन नसक्ने

काठमाडौं : सरकारले महामारीको रुपमा रहेको कोरोना भाइरसको औषधि नबनिरहेको समयमा इबोला भाइरसको उपचारमा प्रयोग गरिने रेमडिसिभर भ्याक्सिन नेपालमा परीक्षण गर्न अनुमति दिएको छ। २ हजार भ्याक्सिन ल्याउन तीन वटा औषधि कम्पनीलाई आयात अनुमति दिएको हो। भारतबाट यती फर्मा, सिनर्जी ओभर्सिस र भियोभिस लाइभ लाइसेन्सले औषधि ल्याउने अनुमति...

थाहा खबर

इबोलाको औषधि रेमडिसिभिरबाट नेपालमा कोरोना संक्रमितको उपचार सफल

काठमाडौं : नेपालमा पनि इबोलाविरुद्धको रेमडिसिभिर औषधिको प्रयोग सफल भएको छ।  कोरोना संक्रमण भएपछि उपचारका लागि काठमाडौं ल्याइएका विराट मेडिकल कलेजका निर्देशक डा. ज्ञानेन्द्र कार्कीले रेमडिसिभिर प्रयोगपछि स्वास्थ्यलाभ गरेका छन्‌। सरकारले भने यो औषधी प्रयोगका लागि भर्खरै अनुमति दिएक...

थाहा खबर

दक्षिण कोरियामा रेमडेसिभर औषधिको प्रयोगमा अनुमति

दक्षिण कोरियाले कोरोनाभाइरसका विरामीको उपचारका लागि एन्टिभाइरल औषधि रेमडेसिभर प्रयोग गर्न अनुमति दिएको छ।

नागरिक दैनिक

कोरोनाका बिरामीलाई मलेरियाकोविरुद्धको औषधि प्रयोग गर्न ब्राजिल सरकारको अनुमति

काठमाडौं : ब्राजिल सरकारले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि मलेरियाको औषधि प्रयोग गर्न अनुमति दिएको छ।  ब्राजिलको स्वास्थ्य मन्त्रालयले क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका विरामीलाई प्रयोग गर्न अनुमति दिएको हो। तर, अहिलेसम्म यी औषधि कोरोना संक्रमितको उपचारमा प्रभावी हुन्छन् भन्ने प्रमाणित भइस...

थाहा खबर

इबोलाको औषधि कोरोनाका बिरामीमा परीक्षण गर्न अमेरिकाको अनुमति

काठमाडौं । अमेरिकाले कोरोना भाइरसको संक्रमण भएका बिरामीका लागि रेमडेसिविर औषधि प्रयोग गर्न अनुमति दिएको छ

बाह्रखरी

अमेरिकाले कोरोना संक्रमितलाई इबोला विरुद्धको औषधी दिँदै

कोरोना (कोभिड–१९) संक्रमितको उपचार गर्न अमेरिकाले इबोलाविरुद्धको औषधी लगाउने स्वीकृति दिएको छ।  त्यहाँको 'फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)' ले कोरोना संक्रमितको उपचारका क्रममा इबोला संक्रमितलाई दिने गरिएको रेमडेसिवियर नामक औषधी प्रयोग गर्न अनुमति दिएको हो। यो औषधी आपत्तकालिन अवस्थामा प्रयोग ग...

थाहा खबर

अमेरिकामा कोरोनाविरुद्ध रेमडेसिभिर औषधि प्रयोग गर्न अनुमति

२० वैशाख, काठमाडौं । अमेरिकाले कोरोना भाइरसको उपचारमा रेमडेसिभिर औषधिको प्रयोग गर्न अनुमति दिएको छ । शुक्रबार अमेरिकाको खाद्य तथा औषधि मन्त्रालय (एफडीए)ले अमेरिकी कम्पनीले बनाएको यो औषधि आपतकालीनरुपमा प्रयोगको लागि अनुमति दिएको हो । यो …

अनलाइनखबर

कोरोना भाइरस: अमेरिकामा रेम्डेसिभिरलाई कोभिड-१९ को उपचारमा प्रयोग गर्न स्वीकृत

अमेरिकाको औषधि नियामक निकायले इबोलाको उपचारमा प्रयोग हुने औषधिलाई कोरोनाभाइरसका बिरामीमाथि प्रयोग गर्न आपत्‌कालीन अनुमति दिएको हो।

बीबीसी नेपाली