अमेरिकाले कोरोना संक्रमितलाई इबोला विरुद्धको औषधी दिँदै

कोभिड-१९ {अपडेट}

अमेरिकाले कोरोना संक्रमितलाई इबोला विरुद्धको औषधी दिँदै

बैशाख २०, २०७७

    कोरोना (कोभिड–१९) संक्रमितको उपचार गर्न अमेरिकाले इबोलाविरुद्धको औषधी लगाउने स्वीकृति दिएको छ। 

    त्यहाँको 'फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)' ले कोरोना संक्रमितको उपचारका क्रममा इबोला संक्रमितलाई दिने गरिएको रेमडेसिवियर नामक औषधी प्रयोग गर्न अनुमति दिएको हो। यो औषधी आपत्तकालिन अवस्थामा प्रयोग गर्न भनिएको छ। 

    अब अमेरिकी चिकित्सकहरुले अस्पताल भर्ना गरिएका कोरोना संक्रमित बिरामीहरुलाई इबोलाविरुद्धको यही औषधी दिनेछन्। हालै गरिएको परीक्षणमा इबोलाविरुद्धको यो औषधी प्रयोग गर्दा संक्रमितको उपचारअवधि घटेको पाइएको ले जनाएको छ।

    आपत्तकालका लागि औषधी प्रयोग गर्न दिने भनिएपनि यो औपचारिक अनुमोदनसरह भने होइन। इबोलाका लागि विकास गरिएको औषधी कोरोना भाइरस उपचारमा प्रयोग गर्दा कुनै जादुयी नतिजा ननिस्कने विज्ञहरुले बताएका छन्। 

    राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको बैठकका क्रममा इबोलाको औषधी प्रयोग गर्नेबारे छलफल भएको थियो। एफडीएका आयुक्त स्टेफेन हानले यो निर्णय भएसँगै आफूहरु निकै खुशी भएको बताएका छन्।

सम्बन्धित सामग्री

इबोलाको औषधि रेमडिसिभिरबाट नेपालमा कोरोना संक्रमितको उपचार सफल

काठमाडौं : नेपालमा पनि इबोलाविरुद्धको रेमडिसिभिर औषधिको प्रयोग सफल भएको छ।  कोरोना संक्रमण भएपछि उपचारका लागि काठमाडौं ल्याइएका विराट मेडिकल कलेजका निर्देशक डा. ज्ञानेन्द्र कार्कीले रेमडिसिभिर प्रयोगपछि स्वास्थ्यलाभ गरेका छन्‌। सरकारले भने यो औषधी प्रयोगका लागि भर्खरै अनुमति दिएक...

थाहा खबर

अमेरिकाले कोरोना उपचारमा मलेरियाको औषधी खुवाउन बन्द गर्‍यो

कोरोना संक्रमितको आकस्मिक उपचारमा मलेरियाको औषधी प्रयोग गर्न रोकेको छ।  ट्रम्पले मलेरियाविरुद्धको हाइड्रोक्सिक्लोरक्विन नामक औषधी सेवन गरेर कोरोना परीक्षण गर्दा आफूमा संक्रमण नदेखिएको भन्दै यो औषधीबाट सकारात्मक फाइदा हुने दावी गरेका थिए। त्यसपछि अमेरिकाका हजारौं संक्रमितहरुलाई मलेरियाविरुद्धको यो औषधी खुवाइएको थ...

थाहा खबर

अमेरिकाले इबोलाको औषधी कोरोनाविरुद्ध प्रयोग गर्न दियो अनुमति

अमेरिकाले कोरोना भाइरसको संक्रमण भएका विरामीका लागि रेमडेसिविर औषधि प्रयोग गर्न अनुमति दिएको छ।  रेमडेसिविर इबोलाका रोगीको उपचारका लागि प्रयोग गरिँदै आएको औषधि हो। विज्ञहरूले कोरोना विरामीहरू यो औषधिले पूर्ण रूपमा  निको हुनेछन् भनेर अहिले नै दाबी गर्ने अवस्था नरहेको बताएका छन्। तर अझै यो औषधिले कति फ...

थाहा खबर

अमेरिकामा कोरोनाविरुद्ध रेमडेसिभिर औषधि प्रयोग गर्न अनुमति

२० वैशाख, काठमाडौं । अमेरिकाले कोरोना भाइरसको उपचारमा रेमडेसिभिर औषधिको प्रयोग गर्न अनुमति दिएको छ । शुक्रबार अमेरिकाको खाद्य तथा औषधि मन्त्रालय (एफडीए)ले अमेरिकी कम्पनीले बनाएको यो औषधि आपतकालीनरुपमा प्रयोगको लागि अनुमति दिएको हो । यो …

अनलाइनखबर

इबोलाको औषधि कोरोनाभाइरस उपचारमा प्रभावकारी भएको अमेरिकी दाबी

इबोलाको उपचारको लागि विकसित रेम्डेसिभिर नामक एन्टीभाइरल औषधि कोभिड-१९ को उपचारमा प्रभावकारी भएको स्पष्ट प्रमाण फेला परेको दाबी अमेरिकी अधिकारीहरूले गरेका छन्।

बीबीसी नेपाली