८ जेठ, जनकपुरधाम । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार घुस रकमसहित पक्राउ परेका छन् ।
एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले यादवलाई पक्राउ गरेको …
काठमाडौं– विश्वको सर्वाेच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई सम्मान गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा आज एक कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उनीहरूलाई सम्मान गरेका हुन् । सोही अवसरमा सशस्त्र प्रहरी […]
धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पदका दाबेदार चार जनाले शुक्रबार कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ता दिएका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनीहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता सम्पन्न भएको हो। डा.नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा.गोपाल प्रसाद भट्टले अन्तरवार्ता दिएका हुन् । आवेदन दिने ४७ जनामध्ये उनीहरु संक्षिप्त सूचीमा परेका थिए । अब योग्यता, कार्ययोजनाको […]