इबोलाको औषधि कोरोनाभाइरस उपचारमा प्रभावकारी भएको अमेरिकी दाबी

औषधि तस्वीर कपीराइट Getty Images

अहिले प्रचलनमा भएको एउटा औषधिमा कोरोनाभाइरस सङ्क्रमणबाट निको पार्ने क्षमता भएको स्पष्ट आधार पाइएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

विश्वभरि अस्पतालहरूमा रेम्डेसिभिर नामक औषधिको प्रयोग गर्दा बिरामीमा कोरोनाभाइरस सङ्क्रमण भएपछि विकसित भएका लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको दाबी गरिएको छ।

यसबारे पूर्ण विवरण प्रकाशित भएको छैन। विज्ञहरूले यो कुरा पुष्टि भए उत्साहजनक हुने तर कोभिड-१९ का लागि यो रामवाण चाहिँ नहुने बताएका छन्।

यसले मानिसहरूको जीवन जोगाउने, अस्पतालहरूमा चाप कम गर्ने र लकडाउन खुकुलो पार्न सहयोग गर्ने सम्भावना रहनेछ।

• कोभिड-१९ भ‍एका बिरामीलाई घोप्टो पार्दा कसरी ज्यान जोगिन सक्छ

• कोभिड-१९ सङ्क्रमण निको हुन कति समय लाग्छ

इबोलाको उपचारको लागि रेम्डेसिभिर विकसित गरिएको थियो। यो एन्टीभाइरल औषधि हो र यसले शरीरमा भाइरसलाई बढ्न चाहिने एन्जाइमलाई निष्क्रिय बनाउँछ।

अध्ययनले के देखायो?

यो अध्ययन यूएस न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले गरेको र त्यसमा १,०६३ जनाले भाग लिएको बताइएको छ। तीमध्ये केहीलाई सो औषधि दिइएको र अन्यलाई नदिकनै उपचार गरिएको बताइएको छ।

इन्स्टिट्यूटका प्रमुख डा. एन्थोनी फाउची भन्छन्, "तथ्याङ्कले रेम्डेसिभिरले निको हुने समय घटाउने स्पष्ट, महत्त्वपूर्ण र सकारात्मक असर पारेको देखाएको छ।"

• कोरोनाभाइरस सङ्क्रमण भएपछि शरीरमा के हुन्छ

• कोरोनाभाइरस सङ्क्रमणको उपचार गर्न विभिन्न औषधि र खोपको परीक्षण

यो परिणामले औषधिले भाइरसलाई रोक्न सक्ने देखाएको र कोभिड-१९ को उपचार गर्न सकिने ढोका खोलेको उनले बताए।

मृत्युको सम्बन्धमा औषधिले कस्तो असर पार्छ भन्ने स्पष्ट छैन।

यो औषधि दिइएका व्यक्तिमा मृत्युदर आठ प्रतिशत र नदिइएकोमा ११.६ प्रतिशत रहेको बताइए पनि यो परिणाम तथ्याङ्कको आधारमा महत्त्वपूर्ण नरहेको बताइएको छ।

  • के हो? वास्तवमा के हो कोरोनाभाइरस
  • कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
  • के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
  • के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
  • कतिचोटि? के दोहोर्‍याएर सङ्क्रमण हुन सक्छ
  • भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
  • भिडिओ: हात यसरी धुनुपर्छ
  • के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

अध्ययनले के देखाएन?

त्यस्तै यो औषधिले कस्ता व्यक्तिलाई फाइदा भयो भन्ने पनि स्पष्ट छैन।

तस्वीर कपीराइट Getty Images

निको हुने क्षमता भएका बिरामीलाई छिटो निको बनाएको हो वा सघन उपचार आवश्यक पर्न सक्ने बिरामीलाई त्यो आवश्यक नपर्ने बनाएको हो भन्ने स्पष्ट छैन।

कुन उमेर समूहका व्यक्ति, अन्य स्वास्थ्य समस्या र सङ्क्रमणको कुन अवस्थामा औषधि उपयोगी भन्ने पनि खुलाइएको छैन।

के भन्छन् विज्ञहरू?

युरोपेली सङ्घमा भइरहेको औषधिको परीक्षण हेरेका प्राध्यापक महेश पाल्मर भन्छन्, "यो औषधि व्यापक रूपमा प्रयोग गर्नुअघि केही अन्य कुरा पनि हुनुपर्छ।"

"अधिकारीहरूले यो तथ्याङ्क र परिणामलाई हेरेर यसका आधारमा यसलाई अनुमति दिने निर्णय गर्नुपर्छ र त्यसपछि सम्बन्धित देशका स्वास्थ्य निकायहरूले यसको परीक्षण गर्नुपर्छ।"

"यसका लागि यसको लामो समयको तथ्याङ्क आवश्यक पर्छ र यसले जीवनरक्षा गर्न सक्छ कि सक्दैन भन्ने पनि हेर्नुपर्छ।"

अक्स्फर्ड विश्वविद्यालयका प्राध्यापक पिटर होर्वी भन्छन्, "हामीले पूरा परिणाम हेर्नुपर्छ। पुष्टि भए अद्भभुत हुनेछ र कोभिड-१९ विरुद्धको सङ्घर्षमा यो खुसीको खबर हुनेछ।"

चीनमा यही औषधि प्रभावकारी नभएको विवरण 'लान्सेट' जर्नलमा प्रकाशित भएकै समयमा अमेरिकी दाबी सार्वजनिक भएको छ।

चीनमा गरिएको अध्ययन चाहिँ बिरामीको अभाव भएकाले पूरा हुन पाएको थिएन।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कोरोनाभाइरस एकान्तवास: तनाव घटाएर स्वस्थ रहने पाँच उपाय

सम्बन्धित सामग्री

कोभिडको उपचारमा अर्थाइटिसको औषधि पनि प्रभावकारी : अध्ययन

कोभिडका बिरामीको उपचारमा रेम्डेसिभिर औषधिजस्तै अर्थाइटिस (जोर्नी सुन्निने, दुख्ने)को उपचारमा प्रयोग गरिने

नयाँ पत्रिका

अमेरिकामा कोरोना सङ्क्रमितको उपचारमा रेमडेसिभिर प्रयोगका लागि पूर्ण स्वीकृति

काठमाण्डाै - अमेरिकाले कोरोना सङ्क्रमितको उपचारमा एन्टिभाइरल औषधि रेमडेसिभिरको प्रयोगका लागि पूर्ण स्वीकृति दिएको छ । अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन एफडीएले क्लिनिकल ट्रायलको क्रममा रेमडेसिभिरले बिरामीको अस्पताल बसाइ औषतमा पाँच दिनले कम गराएको पाइएको भन्दै उपचारमा त्यसको प्रयोगलाई पूर्ण स्वीकृति दिएको हो । यसअघि आप...

उज्यालो अनलाइन

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने फाभिपिराभिर औषधि नेपालमा पहिलोपटक उत्पादन

नेपालमै पहिलोपल्ट फाभिमिराभिर ट्याब्लेट उत्पादन सुरु भएको छ । देउराली–जनता फर्मास्युटिकल्सले कोभिड–१९ संक्रमितका लागि आपतकालीन प्रयोग हुने औषधि उपलब्ध गराउन थालेको हो । औषधि फाभिर–२०० नाममा उपलब्ध हुनेछ ।कोभिड–१९ रोगको उपचारका लागि आवश्यक औषधिहरुमध्ये फाभिपिराभिर ओरल ट्याब्लेट एन्टिभाइरल औषधिलाई विश्वका धेरै मुलुकले कोभिड–१९ का बिरामीमा परीक्षणपश्चात प्रयोग गरिरहेका छन् । जापान, चीन, रसिया, अमेरिका, टर्की, […]

कारोबार दैनिक

नि:शुल्क दिनुपर्ने रेम्डेसिभिरमा पैसा असुल्दै अस्पताल

कोरोना उपचारमा आयुर्वेदिक औषधि ‘एसटी’को क्लिनिकल ट्रायल सुरु कोभिड– १९ को उपचारमा प्रभावकारी मानिएको

नयाँ पत्रिका

अमेरिकाले कोरोना संक्रमितलाई इबोला विरुद्धको औषधी दिँदै

कोरोना (कोभिड–१९) संक्रमितको उपचार गर्न अमेरिकाले इबोलाविरुद्धको औषधी लगाउने स्वीकृति दिएको छ।  त्यहाँको 'फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)' ले कोरोना संक्रमितको उपचारका क्रममा इबोला संक्रमितलाई दिने गरिएको रेमडेसिवियर नामक औषधी प्रयोग गर्न अनुमति दिएको हो। यो औषधी आपत्तकालिन अवस्थामा प्रयोग ग...

थाहा खबर

कोरोना भाइरस: अमेरिकामा रेम्डेसिभिरलाई कोभिड-१९ को उपचारमा प्रयोग गर्न स्वीकृत

अमेरिकाको औषधि नियामक निकायले इबोलाको उपचारमा प्रयोग हुने औषधिलाई कोरोनाभाइरसका बिरामीमाथि प्रयोग गर्न आपत्‌कालीन अनुमति दिएको हो।

बीबीसी नेपाली

कोरोना भाइरसविरुद्ध ७० किसिमका औषधि परीक्षण हुँदै

कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने करिब ७० किसिमका औषधि वैज्ञानिकले छुट्याएका छन् । आइतबार राति एक

नयाँ पत्रिका

कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि सुरु

कोरोना जीवाणु (भाइरस) उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४ सय बिरामीलाई परीक्षणका लागि यो औषधि खुवाउने तयारी भइरहेको छ । अध्ययनमा समावेश हुने आधा बिरामीलाई एन्टिभाइरल औषधि (रेमडेसिभर) दिइनेछ भने बाँकी आधालाई प्लासेबो दिइनेछ । यही प्रकृतिको औषधि अर्को एक कम्पनीले पनि परीक्षण गरिरहेको छ । यद्यपि विश्वभर कोरोना उपचारका लागि धेरै किसिमका अध्ययन हाल सञ्चालनमा छन् ।

जटिल घाउ पुर्ने नौलो उपचार

लामो समयसम्म निको नभएका घाउको उपचारमा एलपिआरएफ (ल्युकोकोटी एन्ड प्लेटलेट रिच फाइब्रिन) प्रविधि प्रभावकारी भएको पाइएको छ ।

Nagarik