चीनमाथि गम्भीर अनुसन्धान गरिरहेका छौँ – ट्रम्प

विश्व खबर

चीनमाथि गम्भीर अनुसन्धान गरिरहेका छौँ – ट्रम्प 

२०७७ बैशाख १६ मंगलबार १३:४२:००

ह्वाइटहाउसमा सोमबार भएको प्रेस कन्फ्रेन्समा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस फैलाउन चीन जिम्मेवार रहेकाले आफ्नो प्रशासनले यसको गम्भीर अनुसन्धान सुरु गरेको बताएका छन् । 

उनले भनेका छन्, ‘हामी चीनसँग खुसी छैनौँ, सबै परिस्थितिबाट हामी खुसी छैनौँ, जहाँबाट यो सुरु भएको हो, त्यहीँ नै रोक्न सकिन्थ्यो ।’ उनले कोरोना भाइरसलाई चीनमै रोक्न सकिने र विश्वभर नफैलिने बताए । 

ट्रम्पले लगातार कोरोना भाइरसको महामारीका विषयमा चीनको आलोचना गर्दै आइरहेका छन् । उनले विश्वभर भाइरसको प्रकोप फैलिनमा चीन जिम्मेवार रहेको बताएका छन् । 

प्रेस ब्रिफिङमा बोलेका विषयलाई लिएर ट्रम्पको आलोचना भएपछि उनले दुई दिन प्रेस कन्फ्रेस रोकेका थिए । उनले पत्रकार सम्मेलनमै नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचन स्थगित नहुने पनि बताए ।  

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । झन्डै १० लाख संक्रमित छन् ।
 

किमको अवस्था थाहा छ

ट्रम्पले सोही प्रेस कन्फ्रेन्समा उत्तर कोरियाका नेता किम जोङ उनबारे आफूलाई राम्रोसँग थाहा भएको बताएका छन् । 

पछिल्ला केही साता किमबारे विभिन्न अड्कलबाजी भइरहेको समयमा ट्रम्पले भने, ‘म अहिले यसबारे ठ्याक्कै भन्न सक्दिनँ, तर मलाई राम्रोसँग थाहा छ, किम स्वस्थ रहुन् म यही प्रार्थना गर्छु, उनीसँग मेरो धेरै राम्रो सम्बन्ध छ ।’

किम अप्रिल ११ यता सार्वजनिक भएका छैनन् । उनको स्वास्थ्यलाई लिएर धेरै अनुमान गरिएको छ । दक्षिण कोरियाले भने उनी सकुशल र स्वस्थ रहेको दाबी गरेको छ । 

 

#चीन # डोनाल्ड ट्रम्प

सम्बन्धित सामग्री

ट्रम्पले भने- मैले नयाँ पार्टी खोल्दिनँ

१७ फागुन, काठमाडौं । ह्वाइटहाउस छोडेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पार्टी नखोल्ने घोषणा गरेका छन् । कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्स (सीपीएसी) कार्यक्रमलाई फ्लोरिडामा सम्बोधन गर्दै ट्रम्पले सो कुरा बताएका हुन् । ट्रम्पले …

अनलाइनखबर

ट्रम्पले भने, ‘मास्क लगाउनुहोस्, मौका मिल्नेबित्तिकै हात धुनुहोस्’

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कारोना भाइरसको महामारी बढिरहेकाले मास्क लागाउन आग्रह गरेका छन् ।  यसअघि मास्कको विपक्षमा रहेका राष्ट्रपति ट्रम्पले अन्ततः बोली फेर्दै जोखिमबाट बच्न अमेरिकीवासीलाई मास्क लगाउन आग्रह गरेका हुन् । ह्वाइट हाउसमा भएको प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले मास्क लगाउन वा...

अमेरिकामा सङ्क्रमित बढि देखिनु सम्मानको बिषय : राष्ट्रपति ट्रम्प

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस सङ्क्रमित सबैभन्दा धेरै देखिनु सम्मानको कुरा भएको तर्क गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले सङ्क्रमितको संख्या बढि देखिनुमा आफ"हरुको कोरोना परीक्षणको अवस्था राम्रो भएको बताउनुभयो । ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्पले भन्नुभयो ‘हाम्रो परिक्षण अरुको भन्दा निकै ...

उज्यालो अनलाइन

कोरोनाबाट बच्न ट्रम्पले ह्वाइटहाउसमा शान्ति पाठ गर्न लगाए

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा कोरोना भाइरस महामारीबाट बच्न शान्ति पाठ लगाइएको छ।  वैदिक परम्पराअनुसार हिन्दु पण्डितले ह्वाइट हाउसको रोज गार्डेनमा शान्ति पाठ गरिदिएका हुन्। राष्ट्रिय प्रार्थना दिवसका अवसरमा लगाइएको शान्ति पाठमा कोरोना भाइरसबाट प्रभावितहरुको स्वास्थ्य, सुरक्षा र सहज जीवनयापनका लागि प्रार्थना गरि...

थाहा खबर

चीनले मलाई हराउन 'जे पनि गर्न सक्छ' : ट्रम्प

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक चीनमाथि आरोप लगाएका छन् । समाचार एजेन्सी रोयटर्सलाई बुधबार दिएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘चीन चाहँदैन कि म दोस्रो पटक राष्ट्रपति बनुँ ।’    चीनले कोरोना भाइरस (कोभिड १९) को महामारीलाई जसरी लिइरहेको छ, त्यो नै प्रमाण भएको ट्रम्पले ब...

उज्यालो अनलाइन

'चीनले कोरोनाबाट विश्वलाई जोगाउन सक्थ्यो, तर जोगाएन'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणलाई लिएर चीनमाथि कडा टिप्पणी गरेका छन्।  ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चीनतर्फ इंगित गर्दै बेइजिङले चाहेको भए अमेरिकामात्र नभई विश्वलाई नै जोगाउन सक्ने अवस्था रहेको, तर यसो नगरिएको बताएका हुन्। कोरोना भाइरसबारे चीनको कदममाथि अमेरिकाले निकै गम्भीर...

थाहा खबर

ट्रम्पले फेरि गरे चीनको आलोचना, कोरोनाभाइरस 'फैलाएकाले गम्भीर अनुसन्धान'

कोरोनाभाइरस फैलाउनुमा चीन मात्र जिम्मेवार रहेको दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले चीनमाथि अनुसन्धान गरिरहेको बताएका छन्।

बीबीसी नेपाली

ट्रम्पले फेरि गरे चीनको आलोचना, कोरोनाभाइरस 'फैलाएकाले गम्भीर अनुसन्धान'

कोरोनाभाइरस फैलाउनुमा चीन मात्र जिम्मेवार रहेको दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले चीनमाथि अनुसन्धान गरिरहेको बताएका छन्।

बीबीसी नेपाली

ट्रम्पले रोके नियमित पत्रकार सम्मेलन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबारे ह्वाइटहाउसमा हुँदै आएको नियमित पत्रकार सम्मेलन रोकेका

नयाँ पत्रिका

गलत सुझाव दिएको भन्दै ट्रम्पको आलोचना

अमेरिकामा अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक आलोचना भइरहेको छ । कोरोना भाइरस (कोभिड-१९) को विषयमा दिएको सल्लाहको कारण अहिले उनको आलोचना भएको हो । ट्रम्पले राष्ट्रपतिट कार्यालय ह्वाइटहाउसमा नियमित प्रेस ब्रिफिङको क्रममा रोगाणुनाशक (डिसइन्फेक्शन मेटेरियल)लाई शरीरभित्र …

अनलाइनखबर