२५ प्रतिशत कर प्रदेशलाई बुझाउने निर्णयविरुद्ध सामुदायिक वन समूह अन्दोलित

२९ असार, दाङ । लुम्बिनी प्रदेश सरकारले आम्दानीको २५ प्रतिशत राजश्व प्रदेश सरकारलाई बुझाउनुपर्ने निर्णय गरेपछि सामुदायिक वन उपभोक्ता समूह आन्दोलित भएका छन् । प्रदेश सरकारको निर्णयको बिरोधमा चरणबद्ध आन्दोलन सुरु गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशले बिहीबार लुम्बिनी प्रदेशसभा देउखुरीमा धर्ना दिएको हो । प्रदेश सरकारले ०८०/८१ को आर्थिक विधयेकमा आन्तरिक साल […]

सम्बन्धित सामग्री

सामुदायिक वन समूह खोटो संकलन गर्दै

दाङ । दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो संकलन गरिँदै छ । वन समूहबाट यस वर्ष करीब रू. ९ लाख ३९ हजार बराबरको ७८ हजार २५६ किलो खोटो संकलन गरिएको छ । डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत खिमबहादुर केसीका अनुसार खरीद गर्ने कम्पनीले समूहबाट प्रतिकिलो रू. १२ र निकासी कर प्रतिकिलो रू. १२ राजस्व तिर्ने गरेका छन् । ‘वन समूहबाट वार्षिक रूपमा सल्लाको खोटो निकाल्ने काम भइरहेको छ,’ उनले भने । जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले खोटो विक्री गरेर वार्षिक लाखौं आम्दानी गर्दै आएका छन् । तर बोक्रा ताछेर सल्लाको रूखबाट खोटो निकाल्दा रूख मर्न थालेका स्थानीयले बताएका छन् । वन समूहले खोटो बिक्री गरेर भएको आम्दानीबाट सामाजिक कार्यमा खर्च गर्ने गरेका बंगलाचुली गाउँपालिका–८ स्थित ओखलढुंगा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले जानकारी दिए । सो वन समूहले यस वर्ष करीब रू. दुई लाख ५० हजारको खोटो विक्री गरेको छ । उक्त वन समूहबाट दीपमाला रोजिन टर्पिनटाइन कम्पनी, बाँकेले प्रतिकिलो रू. १२ का दरले खोटो खरीद गर्दै आएको छ । वन समूहका सचिव गाहामगरका अनुसार ओखलढुंगा सामुदायिक वन समूहले यस वर्ष करीब २२ हजार पाँच सय किलो खोटो विक्री गरेको छ । वन समूहले अनुमति दिएपछि कम्पनीले खोटो संकलन गर्छ । खोटो मात्र निकाल्दा रूखलाई फरक नपर्ने भए पनि सुक्खा समयमा डढेलो लाग्दा रूखलाई असर गर्ने गरेको छ । त्यसैगरी वडा नं ८ कै गोगनपानी समुदायिक वन समूहले खोटो विक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष मुक्तिराम गाहामगरले बताए । सल्लाको रूखबाट वैशाख–जेठदेखि मङ्सिर–पुससम्म खोटो संकलन गर्ने गरिन्छ । ‘चिसो मौसममा खोटो कम निस्किन्छ, गर्मी याममा खोटो संकलन गरिन्छ,’ उनले भने । बंगलाचुली–८ मा ओखलढुंगा, गोगनपानी र दैलेढुंगा सामुदायिक वन समूहले खोटो संकलन गर्दैआएका छन् । रासस