सहकार्यले विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकहरूलाई आफ्नो यात्राभर आ–आफ्नो देशमा रहेका परिवार सदस्य र साथीभाइलगायत सबैसँग सम्पर्कमा रहन सहज बनाउने लक्ष्य राखेको छ।
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। काउन्सिलको सदस्यमा डा. गोपालकुमार चौधरी, डा. प्रतिभा विष्ट रोका, डा. श्यामेन्द्रबहादुर सिंह, डा. बोधविक्रम कार्की र डा. सुभित मास्के नियुक्त भएका छन्। नियुक्तिपछि आयोजित कार्यक्रममा मन्त्री मेहताले उनीहरूलाई […]
अमेरिकाको ट्रम्प प्रशासनले एक्लै सीमा पार गरेर आएका र नयाँ आप्रवासन अदालतका मुद्दा खेपिरहेका अधिकांश बालबालिकालाई टेक्सास पठाउन सुरु गरेको छ। टेक्सासका सरकारी बाल गृहहरू अनुमतिपत्र विना सञ्चालित रहेको, बालबालिकाले कानुनी सहायता पाउने सम्भावना न्यून रहेको र उनीहरूलाई द्रुत गतिमा देशनिकाला गर्ने खतरा बढेको अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। आपराधिक तथा आप्रवासनसम्बन्धी तथ्यांक विश्लेषण गर्ने […]
नयाँ दिल्ली – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत आर्थिक तथा रणनीतिक साझेदारीलाई समयअनुकूल बनाउँदै नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिएका छन्। भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले शुक्रबार नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गर्दै भौतिक, डिजिटल तथा ऊर्जा सञ्जालको विस्तारमार्फत दुई देशबीचको साझेदारी थप सुदृढ बनाउनुपर्ने बताएका हुन्। […]
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)मा आर्थिक अनियमितता भएको भन्ने उजुरीमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली एन्फा मुख्यालय पुगेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालय पुगेको टोलीले संघका पदाधिकारीसँग उजुरीमा उल्लेखित विषयबारे सोधपुछ गरिरहेको सीआईबी स्रोतले जनाएको छ। ‘केही उजुरी आएका छन्। त्यस विषयमा पदाधिकारीसँग सोधपुछ गरिरहेका छौँ,’ सीआईबी स्रोतले भन्यो, […]