प्रधानमन्त्रीलाई समस्या समाधान गर्नोस् भनेको हुँ : गौतम

१४ बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव नदिएको आशय व्यक्त गरेका छन् ।

शनिबार ओलीसँगको आफ्नो भेटबारे मनमौजी टिकाटिप्पणी भएको गौतमद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

‘सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरूको सुझाव सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ,’ गौतमले भनेका छन्, ‘उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ, भएको यत्ति हो ।’

अध्यादेश लगायतका समस्या समाधान गर्न पार्टी र पार्टी कमिटीमा प्रत्यक्ष छलफल गर्न सुझाव दिएको गौतमको भनाइ छ ।

केपी शर्मा ओली नेकपा बामदेव गौतम

सम्बन्धित सामग्री

वामदेवलाई फकाउने ओलीको प्रयास

२८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउने प्रयास जारी राखेका छन् । रोजेको मन्त्रालय लिएर आफूलाई साथ दिन ओलीले गौतमलाई …

अनलाइनखबर

प्रचण्डलाई भेटेपछि ओली गम्भीर, वामदेव राति नै बालुवाटार गए

१७ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जाने ईच्छा दोहोर्‍याएपछि प्रधानमन्त्री केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् । आफूलाई परेको अप्ठ्यारोलाई पार लगाउन प्रधानमन्त्री ओलीले बुधबार साँझ बालुवाटारमा अर्का …

अनलाइनखबर

प्रधानमन्त्री ओलीलाई राजीनामा गर्न सुझाव दिएको छैन- वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव नदिएको आशय व्यक्त गरेका छन् । शनिबार ओलीसँगको आफ्नो भेटबारे मनमौजी टिकाटिप्पणी भएको गौतमद्वारा ...

नेपाल आज

साझा प्रयत्नबाट समाधान गर्न सुझाव दिएको हुँ : उपाध्यक्ष गौतम

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीबीचको पछिल्लो कुराकानीमा पार्टीभित्र देखिएका समस्याको समाधान साझा प्रयत्नबाट गर्न सुझाव दिएको जनाउनुभएको छ ।

गोरखापत्र

प्रधानमन्त्रीसँग पार्टीलाई 'बाइपास' नगर्नु भनेको हुँ

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिवार भएको भनिएको विवादबारे मुख खोलेका छन्।  उनले आइतवार एक प्रेस नोट जारी गर्दै प्रधानमन्त्री ओली र आफूबीच बालुवाटारमा भएको भनिएको विवादबारे स्पष्टीकरण दिएका हुन्। उनले हस्तलिखित उक्त प्रेस नोटमा आफू र प्रधानम...

थाहा खबर

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न उपाध्यक्ष गौतम अस्पतालमा

काठमाडौं : बुधवार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न नेकपा उपाध्यक्ष वामदेव गौतम अस्पताल पुगेका छन्। बिहीवार महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर गौतमले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको आफूले चिकित्सकबाट

पहिलो पोस्ट

ओली-गौतम भेट: सम्बन्धलाई बलियो बनाउने प्रयास

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बिरामी अवस्थामै उपाध्यक्ष वामदेव गौतमलाई निवासमा बोलाएर भेटघाट गरेका छन्। गौतमलाई आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर ओलीले डेढ घण्टाजति छलफल गरेका हुन्। आइतबार बिहानदेखि ...

नेपाल आज