अब अमेरिका छिटै खुल्नेछ : डोनाल्ड ट्रम्प

४ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस (कोभिड १९) महामारीको उत्कर्ष पार गरिसकेको बताएका छन् । उनले अब केही राज्यहरु यही महिनादेखि पुनः खुलाउन थाल्ने बताएका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइटहाउसबाट दैनिक ब्रिफिङका क्रममा उनले राज्यहरु खुला गर्ने विषयमा राज्यका गभर्नरहरुसँग छलफल भइरहेको जनाएका छन् । छलफल टुंगिएपछि बिहीबार यसबारे घोषणा हुने उनको भनाइ छ ।

‘हामी फेरि फर्किन चाहन्छौं,’ उनले भनेका छन्, ‘हामी चाहन्छौं कि हाम्रो देश फेरि फर्कियोस् ।’

अमेरिकामा अहिलेसम्म ६ लाख ३५ हजार जनामा कोरोना भाइरस संक्रमण भइसकेको छ भने २८ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

‘यो तथ्यांकले देशब्यापी रुपमा हामी उत्कर्षमा पुगेको संकेत दिन्छ’ ट्रम्पले भनेका छन् । ट्रम्पले ३३ लाख जनाको कोरोना भाइरस संक्रमण परीक्षण गरिसकिएको जानकारी गराएका छन् । ‘यसले हामीलाई अमेरिका फेरि खुला गर्ने रणनीति बनाउन बलियो अवस्थामा पुर्‍‍याएको छ,’ उनले भनेका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालयले आउँदो मे महिनाको एक तारेखबाट अमेरिका खुला गर्ने विषयमा तयारी गरिरहेको छ । तर ट्रम्पले कुनै कुनै राज्य त्यसअघि नै खुला गर्न सकिने बताएका छन् । ‘मलाई लाग्छ, त्यो समय धेरै उत्साहजनक हुनेछ,’ उनले भनेका छन् ।

सम्बन्धित सामग्री

ह्वाइटहाउसभित्र कमाण्डो पठाएर ट्रम्पलाई बाहिर निकाल्न सकिन्छ : ओबामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारिसकेका छन्। तर, उनले हार स्वीकारेका छैनन्।  चुनाव हारेका ट्रम्प नोभेम्बर ३ यता ह्वाइटहाउसबाट बाहिर देखिएका छैनन्।  यही बीचमा पूर्व राष्ट्रपति बराक ओबामाले ट्रम्पको जिद्दीपन बारे बोलेका छन्। एक अन्तर्वार्ताका क्रममा ओबामाले भनेका छन्, 'यदि कोही ह्वाइट हाउस…

थाहा खबर

अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन्।

नागरिक दैनिक

अमेरिकामा कमजोर बन्दै गएको छ कोरोना : ट्रम्प

२० साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) कमजोर बन्दै गएको बताएका छन् । उनले पछिल्लो एक सातामा अमेरिकामा कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा ६ प्रतिशतको कमी आएको बताए । साथै ट्रम्पले …

अनलाइनखबर

हामीले छिटै नै कोरोनाको खोप पाउँछौँ : ट्रम्प

१० असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अब छिटै नै कोरोना भाइरस (कोभिड-१९) को खोप पाउने बताएका छन् । एरिजोनामा आयोजना गरिएको एक चुनावी र्‍यालीमा बोल्दै ट्रम्पले यस्तो बताएका हुन् । ट्रम्पले कोरोना भाइरस नियन्त्रणको …

अनलाइनखबर

अमेरिकामा सङ्क्रमित बढि देखिनु सम्मानको बिषय : राष्ट्रपति ट्रम्प

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस सङ्क्रमित सबैभन्दा धेरै देखिनु सम्मानको कुरा भएको तर्क गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले सङ्क्रमितको संख्या बढि देखिनुमा आफ"हरुको कोरोना परीक्षणको अवस्था राम्रो भएको बताउनुभयो । ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्पले भन्नुभयो ‘हाम्रो परिक्षण अरुको भन्दा निकै ...

उज्यालो अनलाइन

‘कोरोना भाइरस खोपविना जानेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस खोप बिना नै जाने बताएका छन् । उनले अर्को वर्ष

बाह्रखरी

अमेरिकाको संकटकाल खुलाउने राष्ट्रपति ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँका राज्यहरुमा जारी संकटकाल पुन: खोल्ने संकेत दिएका छन्। नियमित प्रेस ब्रिफिङमा उनले अमेरिकाले कोरोना संक्रमणको चरम् सीमा पार गरेको र अब यही महिना राज्यहरु खुल्ने बताएका हुन्। ह्वाइट हाउसमा हुने प्रेस सम्मेलनमा उनले आउँदो बिहीवार लकडाउन खोल्‍ने बारे निर्देशिका जारी गर्ने बताएका हुन्। भने,

पहिलो पोस्ट

अन्योलमा ट्रम्प–किम शिखर वार्ता - Naya Patrika

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको शिखर वार्ता तोकिएको मितिभन्दा पर धकेलिन सक्ने बताएका छन् । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँग राष्ट्रपति भवन ह्वाइटहाउसमा भेट गरेपछि ट्रम्पले उत्तरसँगको वार्ता धकेलिन...पूरा पढ्नुहोस् »

नयाँ पत्रिका

ट्रम्पले किमलाई भेट्ने मिति र स्थान तय

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जङ अनसँग भेट्नका लागि मिति र स्थान तय भइसकेको बताएका छन् । ह्वाइट हाउसबाहिर अमेरिकी पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले  त्यसबारे छिट्टै ...

नेपाल आज