‘हाम्रो नमूना महाधिवेशन पूर्ण लोकतान्त्रिक, उच्च समझदारी, व्यापक सहमतिमा हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औं राष्ट्रिय महाधिवेशन पूर्ण लोकतान्त्रिक, उच्च समझदारी, व्यापक सहमतिमा हुने बताएका छन् । महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले पार्टीको महाधिवेशन नमूना महाधिवेशन हुने दाबी गरे । उनले भने, ‘हाम्रो नमूना महाधिवेशन हुन्छ । पूर्ण लोकतान्त्रिक, उच्च समझदारी, व्यापक सहमति, सुदृढ एकता नै हाम्रो नीति हो, यसको कार्यान्वयन महाधिवेशनबाट गर्छाैं ।’