भारतले नेपाल तर्फ हुने औषधि निर्यातमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं - भारतले नेपाल तर्फ हुने औषधिको निर्यातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।  फार्मास्युटिकल्सका लागि नेपाल भारतमा पूर्ण रुपमा निर्भर रहेको भन्दै उसले प्रतिबन्ध हटाउने निर्णय गरेको हो । 

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) बीच बुधबार भएको भिडियो कन्फ्रेन्सले  कोरोनाको उपचारमा प्रयोग हुने पारासिटामोल र हाइड्रोक्सीक्लोरोक्वीन (एचसीक्यु)को निर्यातमा गरिएको प्रतिबन्ध खुलुको बनाउने निर्णय गरेको हो । 

यो सँगै अब भारतले हाइड्रोक्सीक्लोरोक्वीन (एचसीक्यु) र अन्य औषधि नेपालमा आपूर्ति गर्ने भएको छ । नेपाल सहित भुटान र बंगलादेशमा लगाएको प्रतिबन्ध पनि भारतले हटाएको छ  

सार्कका एक अधिकारीले भने, ‘हामी ती देश जो विशेष गरी नेपाल र भुटानलाई मद्दत गर्छांै, जो कयौं उत्पादनका लागि हामीमा निर्भर छन्।’

कोरोनाको जोखिम बढ्दै गएपछि नेपाल सहित अन्य देशमा हुने औषधिको निर्यातमा भारतले प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध हटाउन नेपाल सरकारले भारतलाई आग्रह समेत गरेको थियो । नेपाल अहिले ती ३० देशमध्ये पर्छन्, जो भारतले लगाएको प्रतिबन्ध हटाउन पटक पटक आग्रह गरेका थिए । 

उक्त भिडियो कन्फ्रेन्समा भारत सहित अफगानिस्तान, बंगलादेश, भुटान, नेपाल, पाकिस्तान, श्रीलंका र माल्दिभ्स सहभागी थिए । पाकिस्तान कन्फ्रेन्समा उपस्थित थिएन । 

मलेरिया र घुँडाको दुखाईमा प्रयोग हुने औषधि सबैभन्दा धेरै उत्पादन गर्नेमध्ये भारत एक हो । भारतले वर्षेनी ५० मिलियन डलर बराबरको औषधि निर्यात गर्दै आएको छ । 

भारतले कोरोनाको महामारी नियन्त्रणका लागि प्रयोग हुने विभिन्न औषधि र कच्चा पदार्थको निर्यातमा पनि केही सहज बनाएको छ । विशेषगरी एचसीक्यु र पारासिटामोलमा भारत खुकुलो भएको हो । 

अन्य देशको आपूर्ति भने भारतले आफ्नो आवश्यकता अनुसार तय गर्नेछ । यसको लागि भारतको विदेश मन्त्रालयले विभिन्न आग्रह माथि विचार गर्दै आफ्नो आपूर्ति र आवश्यकताको आधारमा निर्णय बताइएको छ ।  

सम्बन्धित सामग्री

भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि धराशायी हुँदै नेपाली तेल उद्योग

पर्सा : छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएको छ।  भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएको हो। पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको ठूलो लगानी जोखिममा परेको छ। पाम आयलको माग भारतमा…

थाहा खबर

भारतद्वारा पाम आयलमा प्रतिबन्ध : नेपाली उद्योग धराशायी हुँदै

काठमाण्डाै - छिमेकी देश भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धराशायी हुँदै गएको छ ।  भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धराशायी भएको हो । पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यवसायीहरुको ठूलो लगानी जोखिममा परेको छ । पाम आयलको माग भारतमा उच्च छ...

उज्यालो अनलाइन

भारतले हाइड्रोक्सिक्लोरोक्‍वाइन निर्यातको प्रतिबन्ध हटायो

नयाँदिल्ली । भारतले हाइड्रोक्सिक्लोरोक्‍वाइनको निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ ।  यसअघि अमेरिकी

बाह्रखरी

भारतद्वारा ‘प्यारासिटामोल फार्म्युलेसन’को निर्यात फुकुवा

भारतले प्यारासिटामोल फार्म्युलेसनको निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएका

बाह्रखरी

ट्रम्पले प्रतिकार गर्ने धम्की दिएपछि भारतले फिर्ता लियो औषधि निर्यातको प्रतिबन्ध

भारत सरकार हाइड्रोक्सिक्लोरोक्विन नामक औषधिको निर्यातमा लगाइएको प्रतिबन्ध फिर्ता गर्न सहमत भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस डिजिज (कोभिड-१९)को उपचारमा उक्त औषधि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै आएका छन्। राष्ट्रपति ट्रम्पले औषधिको निर्यात सहज नगरे प्रतिकार गर्ने बताएपछि चिकित्सा विशेषज्ञहरूको आरक्षणका बावजुद भारतले प्रतिबन्ध फिर्ता गर्ने निर्णय लिएको

पहिलो पोस्ट

आयात रोकिए पनि औषधी पर्याप्त

औषधीव्यवस्था विभागले भारतले निर्यातमा प्रतिबन्ध लगाएपनि मुलुकमा तत्काल औषधीअभाव नहुने बताएको छ।

नागरिक दैनिक

भारतले लगायो औषधि निर्यातमा प्रतिबन्ध

एजेन्सी । कोरोना भाइरस संक्रमण देशैभर फैलिरहेको अवस्थामा भारतले औषधि बनाउन प्रयोग हुने २६ सामाग्री र यसबाट बनाइएका औषधिको निर्यातमा प्रतिबन्ध लगाएको छ ।  भारत जनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता हो । तर ...

नेपाल आज