भारतमा हाइड्रोक्सिक्लोरोक्विन औषधि अभाव हुने चिन्ता

२८ चैत, काठमाडौं । भारतमा औलोको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विन औषधिको अभाव हुन सक्ने चिन्ता बढेको छ ।

बीबीसी हिन्दीकाअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माग गरेअनुसार यो औषधि भारतले निर्यात गर्ने निर्णय गरेसँगै भारतमा यसको अभाव हुन सक्ने आशंका बढेको हो ।

अहिलेसम्म यो औषधि कोरोना भाइरस (कोभिड–१९) को उपचारमा काम लाग्न सक्ने कुनै प्रमाण भेटिएको छैन । तर, ट्रम्पले यसलाई ‘गेम चेन्जर’को संज्ञा दिएका छन् । भारतमा हजारौं मानिसहरु यो औषधि सेवन गर्ने गरेका छन् ।

भारतको स्वास्थ्य विभागले भने भारतमा पर्याप्त मात्रामा यो औषधि उपलब्ध रहेको बताएको छ । यद्यपि भारतमा ‍औषधि पसलबाट भने यी औषधि हराइरहेका छन् ।

पसलबाट हराउन थाले औषधि

भारतको कोलकातामा बस्ने बरनाली मित्रा ‘ल्युपस’ रोगबाट पीडित छिन् । उनले विगत १७ वर्षदेखि यो औषधि खाँदै आएकी छिन् । यो रोगको उपचारको लागि पनि हाइड्रोक्सिक्लोरोक्विनको प्रयोग गरिन्छ । अहिले भने मित्रालाई औषधि पसलले डाक्टरको अनुमति बिना यो औषधि बिक्री गर्न नमिल्ने भन्दै फर्काइदियो । यहाँसम्मकी डाक्टरको अनुमति लिएर जाने मानिसलाई पनि केवल एक पत्ता (१० ट्याबलेट्स) मात्र दिइन्छ ।

अन्य धेरै पसलमा खोज्दा र अनलाइन अर्डर गरेर मगाउँदा उनले २० ट्याबलेट पाइन् । तर, यो सकिएपछि के हुन्छ भन्ने चिन्ता उनलाई अझै छ ।

भारत ठूलो उत्पादक

हाइड्रोक्सिक्लोरोक्विनको लागि भारत विश्वको सबैभन्दा ठूलो उत्पादक मुलुक हो । हालसालै भारतले यो औषधि निर्यातमा रोक लगाएको थियो । तर, मंगलबार भारतले आफ्नो निर्णय परिवर्तन गर्‍यो र कोरोना भाइरसबाट अतिप्रभावित मुलुकमा यो औषधि निर्यात गरिने बतायो । यससँगै भारतमा आगामी दिनमा यो औषधिको अभाव चुलिने आशंका बढेको छ ।

तर, भारतको इन्डियन फर्मास्युटिकल एसोशिएसनले भने भारतमा यो औषधि कमी हुने विषयमा कुनै किसिमको चिन्ता लिनु नपर्ने बताएको छ । एक एसोशिएसनका अध्यग टीवी नारायणले य कोभिड–१९ को उपचारमा यो औषधि काम लाग्न सक्ने समाचार सार्वजनिक भएसँगै मानिसहरुले मौज्दात थालेसँगै यसको अभाव देखिएको बताए ।

उनले अहिले हतारमा मानिसले यसको जथाभावी प्रयोग गर्न सक्ने आशंकामा सरकारले डक्टरको अनुमति बिना यसको प्रयोगमा रोक लगाएको हो । उनकाअनुसार अहिले अमेरिकाले मागेको भन्दा धेरै मौज्दात भारतमा अहिले नै भएकाले निर्यातले पनि भारतमा कुनै किसिमको समस्या भने आउँदैन ।

डाक्टरले जसलाई सधैं हाइड्रोक्सिक्लोरोक्विन लिन सल्लाह दिएको छ, उनीहरुलाई अहिले केही कठिन भए पनि केहीदिनपछि सजिलै औषधि उपलब्ध हुने उनको भनाइ छ ।

यो औषधिको अभाव भारतमा चुलिन सक्ने खतरा बढेसँगै मानिसहरुले यसको मात्रामा कम गरेर भएको औषधिले धेरै समय पुर्‍याउन प्रयास गरिरहेको अनुभव पनि सुनाएका छन् ।

सम्बन्धित सामग्री

हाइड्रोक्सिक्लोरोक्विनले कोरोना ठीक भएको बोल्सोनारोको दाबी

१६ साउन, काठमाडौं । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले औलोको उपचारको लागि प्रयोग हुने औषधि हाइड्रोक्सिक्लोरोक्विनले आफूलाई कोरोना भाइरस (कोभिड-१९) ठीक भएको दाबी गरेका छन् । यसअघि पनि उनले यो औषधिको प्रयोग गर्न मानिसहरुलाई सुझाउँदै आएका …

अनलाइनखबर

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जोखिमपूर्ण कोरोनाकाे औषधिको पक्षमा वकालत

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि अप्रमाणित र जोखिमपूर्ण औषधिको पक्षमा वकालत गर्नुभएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) , स्वास्थ्य विज्ञहरुकाे अध्ययन तथा अनुसन्धान विपरीत अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको उपचारमा औलोविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गर्नु पर्ने पक्षमा वकालत गर्नुभएको बीबीसीले...

ट्रम्पले फेरि भने- कोरोनाको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी

१४ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि पनि कोरोना संक्रमणको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी हुने बताएका छन् । आफूले सिफारिस गरेकाले नै हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न इन्कार गरिएको ट्रम्पको भनाइ छ …

अनलाइनखबर

अमेरिकामा कोभिड-१९ को उपचारमा औलोको औषधिमाथि प्रतिबन्ध

बिना वैज्ञानिक तथ्य र प्रमाणकै आधारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ को उपचारका लागि औलोको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीन औषधि प्रयोग गर्न सुझाव दिँदै आउनु भएको थियो । राष्ट्रपतिको उक्त विवादित सल्लाहलाई चिकित्सा विज्ञानका क्षेत्रमा क्रियाशिल वैज्ञानिक समुदायले हास्यास्पद भन्दै यो औषधि प्रयोगमा सावधानी अपनाउन आग्रह गरिरहेका थिए ।

गोरखापत्र

कोरोना उपचारमा मलेरियाको औषधिः अध्ययन भन्छ, 'प्रयोगले केही फाइदा भएको छैन'

मलेरियाविरुद्ध प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग कोरोना भाइरस संक्रमितमा गर्न हुने वा नहुने भन्ने बारेमा अहिले बहस भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संक्रमितको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग हुन सक्ने बताएसँगै भाइरस प्रभावित देशहरुमा यसको प्रयोग बारेमा अनुसन्धान समेत भइरहेको छ। हाइड्रोक्सिक्लोरोक्वीन सबैभन्दा बढी उत्पादन गर्ने राष्ट्र मध्येको एक भारतले त

पहिलो पोस्ट

भारतमा हाइड्रोक्सीक्लोरोक्विन औषधि अभाव हुने डर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोविड १९ को संभावित उपचारको लागि भारतबाट हाइड्रोक्सीक्लोरोक्विन औषlध माग गरेपछि भारत सरकारले यो औषधी निर्यात गर्ने भएको छ। तर भारत सरकारको यो निर्णयका कारण भारतमा यो औषधीको अभाव हुन सक्ने जानकारहरुले बताएका छन्।

नागरिक दैनिक

ट्रम्पले प्रतिकार गर्ने धम्की दिएपछि भारतले फिर्ता लियो औषधि निर्यातको प्रतिबन्ध

भारत सरकार हाइड्रोक्सिक्लोरोक्विन नामक औषधिको निर्यातमा लगाइएको प्रतिबन्ध फिर्ता गर्न सहमत भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस डिजिज (कोभिड-१९)को उपचारमा उक्त औषधि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै आएका छन्। राष्ट्रपति ट्रम्पले औषधिको निर्यात सहज नगरे प्रतिकार गर्ने बताएपछि चिकित्सा विशेषज्ञहरूको आरक्षणका बावजुद भारतले प्रतिबन्ध फिर्ता गर्ने निर्णय लिएको

पहिलो पोस्ट

ट्रम्पले भारतसँग मागे औषधि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत सरकारसँग औलोको लागि प्रयोग हुने हाइड्रोक्सीक्लोरिकिन औषधि अमेरिका पठाइदिन आग्रह गरेका छन् । ट्रम्पले यो औषधि कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि महत्वपूर्ण साबित हुन सक्ने भन्दै भारतसँग …

अनलाइनखबर

किन ट्रम्पले औलोको औषधिबाट कोभिड-१९ निको हुन सक्ने दाबी गरे

राष्ट्रपति ट्रम्पले औलोको औषधि क्लोरोक्वाईन कोरोनाभाइरसविरुद्ध प्रयोग गर्न स्वीकृत गरिएको बताएका छन्। के त्यो सत्य हो?

बीबीसी नेपाली

किन ट्रम्पले औलोको औषधिबाट कोभिड-१९ निको हुन सक्ने दाबी गरे

राष्ट्रपति ट्रम्पले औलोको औषधि क्लोरोक्वाईन कोरोनाभाइरसविरुद्ध प्रयोग गर्न स्वीकृत गरिएको बताएका छन्। के त्यो सत्य हो?

बीबीसी नेपाली