अमेरिकामा कोरोना उपचारमा मलेरियाको औषधिको परीक्षण सुरु

विश्व खबर

अमेरिकामा कोरोना उपचारमा मलेरियाको औषधिको परीक्षण सुरु

२०७६ चैत २८ शुक्रबार १४:०८:००

अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्युट (एनआइएच)ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोना भाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको छ । 

अमेरिकी समाचार संस्था द हिलमा छापिएको एक रिपोर्टअनुसार टेनिसी राज्यको नेस्भिलस्थित भ्यान्डरबिल्ट विश्वविद्यालय मेडिकल सेन्टरमा क्लिनिकल परीक्षणमा सहभागी हुन एकजना कोरोना संक्रमित व्यक्तिले नाम लेखाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक यो औषधि कोरोना संक्रमित व्यक्तिलाई उपयोगी हुने दाबी गर्दै आएका छन् । 

समाचारअनुसार क्लिनिकल परीक्षणमा सहभागी हुन चाहनेहरूलाई पहिलो दिन दिनको दुईपटक चार सय एमजीको क्लोरोक्विन दिइनेछ । त्यसपछि दुईदेखि पाँच दिनसम्म दुई सय एमजी औषधि दिनको दुईपटक दिइनेछ ।  

बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी क्लोरोक्विन औषधि अमेरिकालाई आपूर्ति गर्न स्वीकार गरेकामा धन्यवाद दिएका थिए । 

गत महिना अमेरिकी खाद्य तथा औषधि प्रशासनले आपत्कालीन अवस्थामा कोरोना संक्रमित बिरामीलाई पनि मलेरियाको औषधि दिन सकिने बताएको थियो । एनआइएच अमेरिकाको मेडिकल अनुसन्धान संस्था हो । 

जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा अहिलेसम्म कोरोना संक्रमित व्यक्तिको संख्या चार लाख ६८ हजारनजिक पुगिसकेको छ भने १६ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

#मलेरिया # अमेरिका # कोरोना

सम्बन्धित सामग्री

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जोखिमपूर्ण कोरोनाकाे औषधिको पक्षमा वकालत

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि अप्रमाणित र जोखिमपूर्ण औषधिको पक्षमा वकालत गर्नुभएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) , स्वास्थ्य विज्ञहरुकाे अध्ययन तथा अनुसन्धान विपरीत अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको उपचारमा औलोविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गर्नु पर्ने पक्षमा वकालत गर्नुभएको बीबीसीले...

अमेरिकामा कोभिड-१९ को उपचारमा औलोको औषधिमाथि प्रतिबन्ध

बिना वैज्ञानिक तथ्य र प्रमाणकै आधारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ को उपचारका लागि औलोको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीन औषधि प्रयोग गर्न सुझाव दिँदै आउनु भएको थियो । राष्ट्रपतिको उक्त विवादित सल्लाहलाई चिकित्सा विज्ञानका क्षेत्रमा क्रियाशिल वैज्ञानिक समुदायले हास्यास्पद भन्दै यो औषधि प्रयोगमा सावधानी अपनाउन आग्रह गरिरहेका थिए ।

गोरखापत्र

अमेरिकामा कोविड–१९ को उपचारमा औलोको औषधिमाथि प्रतिबन्ध

अमेरिकी नियामक निकायहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोविड–१९) को उपचारमा औलोको औषधिको प्रयोगमाथि प्रतिबन्ध लगाएका छन्।

नागरिक दैनिक

अमेरिकाले कोरोना उपचारमा मलेरियाको औषधी खुवाउन बन्द गर्‍यो

कोरोना संक्रमितको आकस्मिक उपचारमा मलेरियाको औषधी प्रयोग गर्न रोकेको छ।  ट्रम्पले मलेरियाविरुद्धको हाइड्रोक्सिक्लोरक्विन नामक औषधी सेवन गरेर कोरोना परीक्षण गर्दा आफूमा संक्रमण नदेखिएको भन्दै यो औषधीबाट सकारात्मक फाइदा हुने दावी गरेका थिए। त्यसपछि अमेरिकाका हजारौं संक्रमितहरुलाई मलेरियाविरुद्धको यो औषधी खुवाइएको थ...

थाहा खबर

ब्राजिलमा कोरोना भाइरस संक्रमितको उपचारका लागि औलोको औषधि अनुमति

ब्राजिलको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि औलो रोगको उपचारमा प्रयोग गरिने दुई

नयाँ पत्रिका

अमेरिकामा कोरोना भाइरसको औषधि परीक्षण शुरू

काठमाडौं : अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) ले मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्विनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ। दी हिलमा छापिएको एक रिपोर्टका अनुसार टेनिसी राज्यको नेस्भिलस्थित भ्यान्डरबिल्ट विश्वविद्यालय मेडिकल सेन्टरमा क्लिनिकल प...

थाहा खबर

कोरोनाको उपचारमा मलेरियाको औषधि परीक्षण थालियो

एजेन्सी : अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्युट (एनआईएच) ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्विनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ।  दी हिलमा छापिएको एक रिपोर्टका अनुसार टेनिसी राज्यको नेस्भिलस्थित भ्यान्डरबिल्ट विश्वविद्यालय मेडिकल सेन्टरमा क्ल...

थाहा खबर

भारतमा हाइड्रोक्सिक्लोरोक्विन औषधि अभाव हुने चिन्ता

२८ चैत, काठमाडौं । भारतमा औलोको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विन औषधिको अभाव हुन सक्ने चिन्ता बढेको छ । बीबीसी हिन्दीकाअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माग गरेअनुसार यो औषधि भारतले निर्यात गर्ने निर्णय गरेसँगै भारतमा यसको अभाव …

अनलाइनखबर

ट्रम्पले भारतसँग मागे औषधि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत सरकारसँग औलोको लागि प्रयोग हुने हाइड्रोक्सीक्लोरिकिन औषधि अमेरिका पठाइदिन आग्रह गरेका छन् । ट्रम्पले यो औषधि कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि महत्वपूर्ण साबित हुन सक्ने भन्दै भारतसँग …

अनलाइनखबर