नेपाल एयरलाइन्सको अस्ट्रेलिया उडान: एजेन्टको कमिसन रोकियो

२४ चैत, काठमाडौं । अस्ट्रेलियामा नेपाल एयरलाइन्सले गरेको चार्टर्ड उडानमा एजेन्टका रुपमा काम गरेको बोन ट्राभल्सको कमिसन तत्कालका लागि रोकिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई तत्काल नदिन नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका हुन्।

अस्ट्रेलियन दूतावासले न्युजिल्यान्ड र अस्ट्रेलियाका दुई सय ७४ नागरिकलाई स्वदेश लैजान नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर्ड गरेको थियो ।

टिकेटिङ व्यवस्थापन गरेको बोन ट्राभल्सलाई कमिसनबापतको भुक्तानी रोक्न मन्त्री भट्टराईले निगमलाई निर्देशन दिएको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।

नेपाल एयरलाइन्सको वाणिज्य विभागले भने अस्ट्रेलियन दूतावासले नै चार्टर्ड सेवा सहजीकरणका लागि बोन ट्राभल्सलाई एजेन्ट नियुक्तिका लागि लेखेको पत्रका आधारमा बोन ट्राभल्सलाई ‘एजेन्ट’ तोकिएको बताएको छ ।

मन्त्री भट्टराईले एजेन्ट घुसाएको विषयमा सबै तथ्य र प्रक्रिया स्पष्ट पार्न नेतृत्वलाई आग्रह गरेका छन् । नियतबद्ध रुपमा एजेन्ट घुसाएर अनियमितता भएको भए संग्लनलाई कारबाही गर्ने मन्त्री भट्टराईको भनाइ छ ।

नेपाल एयरलाइन्सका अनुसार अस्ट्रेलियन दूतावासले दिएको काठमाडौं–अस्ट्रेलिया–काठमाडौं उडानबापतको चार लाख ३९ हजार दुई सय डलर र प्रत्येक यात्रुको करसमेत पाँच करोड ४८ लाख ४३ हजार रुपैयाँ निगमको खातामा आइसकेको छ ।

बोन ट्राभल्सले ‘एजेन्ट’का रुपमा काम गरेबापत ५ प्रतिशत अर्थात् २७ लाख ४५ हजार सात सय ७० रुपैयाँ पाउनुपर्छ । निगमका निमित्त महाप्रवन्धक गणेशबहादुर चन्दका अनुसार अस्ट्रेलियन दूतावासले तिरेको पैसा निगमको खातामा जम्मा भइसकेको छ । तर, बोन ट्राभल्सलाई कसिमनबापतको रकम दिइएको छैन ।

गत बुधबार निगमको जहाज काठमाडौंबाट अस्ट्रेलियन नागरिक बोकेर अस्ट्रेलियाको ब्रिसबेन उडेको थियो । नेपाल एयरलाइन्सले प्रतिघण्टा १८ हजार एक सय डलरका दरले शुल्क लिएको छ ।

निगमले २५ घण्टा (काठमाडौं-अस्ट्रेलिया–काठमाडौं) उडानको चार्टर्डबापतको रकम पाँच करोड ४९ लाख १५ हजार चार सय रुपैयाँ लिएको हो ।

 

सम्बन्धित सामग्री

आजबाट तेस्रो चरणको चार्टर्ड उडान शुरु, एक सातासम्म चल्ने

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ । नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि एक साता चार्टर्ड उडान गर्न लागेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी जुलाई १५ देखि २२ सम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरिसकेको छ । सोहीअनुरुप नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान तालिका बनाएर आजदेखि उडान शुरु गरेका छन् । पछिल्लो चरणमा ४२ उडान हुँदैछन् । यसमा नेपाल एयरलाइन्सको मात्रै २४ उडान हुनेछ भने हिमालयको १५ उडान तालिका रहेको छ ।

गोरखापत्र

एजेन्टलाई कमिसन नदिन पर्यटनमन्त्री भट्टराईको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई नदिन निगम नेतृत्वलाई निर्देशन दिएका छन् । अष्ट्रेलियन दूतावासले आफ्ना २७४ नागरिकलाई स्वदेश लैजानका लागि चैत १९ ...

नेपाल आज