घर बाहिर निस्किँदा मास्क लगाउन अमेरिकीहरुलाई ‘सिडिसी’को आग्रह, राष्ट्रपति ट्रम्पले भने : म लगाउँदिनँ

राष्ट्रपति डोनाल्ड ट्रम्पले शक्रवार अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले घर बाहिर निस्किदा मास्क लगाउन नागरिकलाई आग्रह गरेको बताए। तर, तत्कालै उनले उक्त अग्रह स्वैच्छिक भएको भन्दै ।

‘मास्क लगाउने कुरा स्वैच्छिक हो’, ह्वाइट हाउसमा भएको दैनिक कोरोना भाइरस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले भने, ‘तपाईंले मास्क लगाउन सक्नुहुन्छ तर लगाउनै पर्छ भन्ने छैन। मैले लगाउँदिनँ। लगाउँदा राम्रो हुन पनि सक्छ तर यो आग्रह मात्रै हो।’

उनले थपे, ‘अन्य राष्ट्रपतिहरु, प्रधानमन्त्रीहरु, तानाशाह, राजारानीहरुलाई अभिवादन गर्दा मास्क लगाउने? मलाई आफ्नो लागि भने यो ठीक लागेन।’

तर राष्ट्रपति ट्रम्पले कुटनीतिक भेटघाट भने एक हप्ताअघिदेखि नै बन्द गरेका छन्।

ट्रम्प प्रशासनमा पछिल्लो केही दिन देखि अमेरिकी नागरिकहरुको सामाजिक व्यवहारमा यति ठूलो परिवर्तन आवश्यक छ या छैन भन्ने विषयमा भइरहेको बहसलाई यसले बाहिर ल्याइदिएको छ। र यो त्यस्तो विवादास्पद ब्रिफिङको क्रममा बाहिरियो, जसमा ट्रम्पले पत्रकारहरुको अपमान गरे र आफ्नै प्रशासनप्रति आक्रमक देखिए।

त्यस्तै, राष्ट्रपति ट्रम्पले एलर्जी तथा संक्रामक रोग राष्ट्रिय संस्थानका निर्देशक डा एन्थोनी फाउसीले घरमै बस्न दिएको निर्देशनको पुनः प्रतिकार गरेका छन्। उनले सो कुरा लागू गर्ने अधिकार गभर्नरहरुलाई भएको बताए। उनले कोरोना भाइरसका बिरामीहरुको उपचार गर्न केन्द्र सरकारले खर्च गर्ने समेत बताए।

मास्क सम्बन्धी बहस सार्वजनिक र गोप्य रुपमा पनि चलिरहेको छ। सिडिसीको मास्क लगाउने आग्रह मान्न चाहने नागरिकले अस्पतालमा प्रयोग हुने मेडिकल अथवा सर्जिकल मास्क नभई सामान्य कपडाको वा फेस मास्क प्रयोग गर्न ट्रम्पले सुझाएका छन्। उनले सामाजिक दुरी कायम गर्नु नै संक्रमणबाट बच्ने सुरक्षित उपाय भएको भन्दै सो निर्देशनको पालना हालपनि गर्नु पर्ने समेत बताए।

सिडिसीका वरिष्ठ अधिकारीहरुले सबैलाई मास्क लगाउन आग्रह गर्न राष्ट्रपति ट्रम्पलाई दबाब दिँदै आएका थिए। स्वस्थ देखिने मानिसहरुले पनि पसल वा सार्वजनिक स्थलमा जाँदा मुख र नाक छोपिने गरी मास्क लगाउनु पर्ने उनीहरुको सुझाव छ।

सम्बन्धित सामग्री

अमेरिकी राष्ट्रपति भवन अगाडि गोली चल्यो

अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस अगाडि गोली चलेको छ। राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग कुरा गरिरहेको समयमा व्हाइट हाउस अगाडि गोली चलेको हो। पत्रकारहरुसँग कुरा गरिरहँदा सुरक्षाकर्मीले ट्रम्पलाई घटना भएको बताएका थिए।

नागरिक दैनिक

ट्रम्पले भने, ‘मास्क लगाउनुहोस्, मौका मिल्नेबित्तिकै हात धुनुहोस्’

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कारोना भाइरसको महामारी बढिरहेकाले मास्क लागाउन आग्रह गरेका छन् ।  यसअघि मास्कको विपक्षमा रहेका राष्ट्रपति ट्रम्पले अन्ततः बोली फेर्दै जोखिमबाट बच्न अमेरिकीवासीलाई मास्क लगाउन आग्रह गरेका हुन् । ह्वाइट हाउसमा भएको प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले मास्क लगाउन वा...

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आखिर मास्क लगाए - BBC News नेपाली

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसअघि सार्वजनिक रूपमै आफूले मास्क नलगाउने बताउँदै आएका थिए।

बीबीसी नेपाली

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मास्क लगाउन अस्वीकार

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क (मुखावारण) लगाउन अस्वीकार गर्नुभएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले हरेक अमेरिकीलाई घर बाहिर निस्कँदा मास्क लगाउन वा रुमाल वा सलले मुख छोप्न आग्रह गर्दै नयाँ स्वास्थ्य सुझाव जारी गरे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क (मुखावारण) लगाउन अ...

उज्यालो अनलाइन

ट्रम्पले अमेरिकामा लगाए संकटकाल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसद्ले बजेट विनियोजन नगरेपछि राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरेका हुन्। संकटकाल घोषणापत्र ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएरै छाड्ने बताए। आफूले निर्माण गर्ने पर्खालल...

थाहा खबर

ट्रम्पलाई किमको पत्र, हामी आशावादी छौँ : अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरियाली नेता किम जोङ उनले पठाएको पछिल्लो पत्र अत्यन्त सकारात्मक रहेको अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले जनाएको छ। उक्त पत्र राष्ट्रपति ट्रम्पले सोमबार प्राप्त गरेका थिए। गत जुलाई १२ मा सिंगापुरमा दुई नेताबीच शिखर वार्ता भएको थियो। सो वार्तापछि पुनः दोस्रो भेटघाटको लागि उनले अत्यन्त...

थाहा खबर