एमाले बन्दसत्र हलबाट नबाहिरिएका केही कुरा– ओलीको हातको खाली कागजदेखि प्रतिनिधिको रुवाबासीसम्म !

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंगलबार सम्पन्न भएको छ । नेपालको सबैभन्दा ठूलो राजनीतिक दलको महाधिवेशनको चौतर्फी चासो र चर्चा थियो । महाधिवेशन समापनपछि पनि यसको चर्चा सेलाएको छैन । विभिन्न कोणबाट समीक्षा भइरहेका छन् । एकताको महाधिवेशनको नाम दिइएको एमालेको दशौं राष्ट्रिय महाधिवेशन एकता कायम गर्न कति सफल भयो या भएन समीक्षाकै विषय छ ।  तर, उक्त महाधिवेशनको बन्दसत्रमा तनाव, द्वेष, रौनक र रूवाबासी एकैपटक देखियो । मंसिर १० गते नारायण नदी तटमा भव्यताका साथ महाधिवेशन उद्घाटन भयो ।  ...