क्वारेन्टाइनका लागि मन्त्री भट्टराईको दौडधुप

 
नगरकोटदेखि दुवाकोटसम्मको ‘फिल्ड भिजिट’ र छलफल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोनाभाइरस संक्रमितहरुका लागि क्वारेन्टाइन निर्माण गर्न विभिन्न स्थानहरुको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री भट्टराईले बुधबार काठमाडौंको नगरकोट, दुवाकोट र पशुपति धर्मशालाको स्थलगत निरीक्षण गरेर सरोकारवालाहरुसँग छलफल गरेका हुन् ।
पर्यटन मन्त्री भट्टराई सरकारले गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक समेत हुन् । भट्टराईको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन व्यवस्थापन मापदण्ड–२०७६ यसअघि (१० चैत २०७६) नै स्वीकृत भइसकेको छ । नोभल कोभिड–१९ रोगको संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृत गरेको हो ।
क्वारेन्टाइन व्यवस्थापन मापदण्ड–२०७६ तयार पारेर स्वीकृत भएलगत्तै मन्त्री क्वारेन्टाइन निर्माणका लागि जोड दिँदै आएका छन् । मंगलबार पनि दिनभरी नै क्वारेन्टाइन निर्माणका लागि स्थलगत निरीक्षण र छलफलमा जुटेका मन्त्री भट्टराईले बुधबार बिहान ८ बजे नगरकोट पुगेका थिए । मन्त्री भट्टराईले नगरकोट पुगेर नगरकोटका होटल व्यवसायी र सरोकारवाला निकायका प्रमुखहरुसँग क्वारेन्टाइन निर्माणका लागि छलफल गरेका थिए । मन्त्री भट्टराईले विश्व र मानव समाज नै गम्भिर संकटबाट गुज्रिरहेको उल्लेख गर्दै यो संकटबाट मुक्ति पाउन सबैको सहकार्य, सहयोग र समन्वय भएको बताए ।
छलफलमा मन्त्री भट्टराईले नगरकोटका होटल व्यवसायीहरुलाई उयपुक्त होटलहरु क्वारेन्टाइन निर्माणका लागि दिन आग्रह गरे । मन्त्री भट्टराईसँगको छलफलपछि व्यवसायीहरुले होटललाई क्वारेन्टाइन निर्माणका लागि दिन तयार रहेको प्रतिबद्धता जनाए ।
नगरकोटमा करिब २ हजार कोठाहरु उपलब्ध रहेको छ । तीमध्ये पहिलो चरणमा ५ सय कोठाहरुलाई क्वारेन्टाइन निर्माण गरिने भएको छ । नगरकोटका होटलहरुमा क्वारेन्टाइन निर्माणका लागि व्यवसायी, स्थानीय प्रशासन, चारवटै सुरक्षा निकायका प्रतिनिधिहरु रहेको समिति बनाइएको छ ।
यसैगरी बुधबार नै मन्त्री भट्टराईले भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजको पनि निरीक्षण गरेका छन् । त्यहाँ मन्त्री भट्टराईले दुवाकोटमा व्यवसायी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, चाँगुनारायण नगरपालिकाका मेयर र स्थानीय जनप्रतिनिधिहरुसँग छलफल गरेका थिए । दुवाकोटमा क्वारेन्टाइनको लागि ४ सय ५० बेड र आइसोलेसनको लागि ५ वार्ड तयारी अवस्थामा राखिएको छ ।
यसैगरी त्यस लगत्तै मन्त्री भट्टराईले पशुपति क्षेत्रमा धर्मशालाको पनि स्थलगत निरीक्षण गरे । धर्मशालामा ७० जनाको लागि क्वारेन्टाइन गर्न सक्ने क्षमताको धर्मशाला तयारी अवस्थामा राखिएको छ । मंगलबार मन्त्री मन्त्री भट्टराईले ललितपुरस्थित कर्मचारी प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र ललितपुरकै हात्तीवनस्थित लिटिल एन्जल स्कुलको निरीक्षण गरेका थिए ।

१ लाख ३० हजार क्वारेन्टाइन निर्माणको तयारी
मन्त्री भट्टराईले अन्तराष्ट्रिय मापदण्ड अनुसारको १ लाख ३० हजार क्वारेन्टाइन निर्माणको तयारी भइरहेको बताए । मन्त्री भट्टराईका अनुसार संघीय सरकारले ५ हजार क्वारेन्टाइन, सबै प्रदेश सरकारले २-२ हजार, ६ वटा महानगरपालिकाले २-२ हजार, उपमहानगरपालिकाले १ हजार क्वारेन्टाइन बनाउने गरी तयारी भइरहेको छ । यसैगरी ७७ जिल्लामध्ये हिमाली जिल्लाले ५ सय, पहाडी जिल्लाले १ हजार र तराईका जिल्लाले २-२ हजार क्वारेन्टाइन निर्माणको तयारी रहेको छ ।

‘क्वारेन्टाइन प्रयोगको दिन नआओस्’
मन्त्री भट्टराईले क्वारेन्टाइन निर्माणका लागि तीव्र काम भइरहेको भएपनि क्वारेन्टाइन प्रयोगको अवस्था नआउने विश्वास समेत व्यक्त गरे । उनले भने, “मलाई विश्वास छ, हामी सबैको सचेतना, सुरक्षा र सहकार्यले यी क्वारेन्टाइनको प्रयोगको अवस्था आउने छैन ।”
मन्त्री भट्टराईले कोरोनाभाइरस संक्रमण रोक्ने प्रमुख आधार नागरिकहरुको ‘सेल्फ’ सुरक्षा, सचेतना र अनुशासन नै भएको उल्लेख गर्दै तोकिएको समयमा घरमै बस्न आह्रवान समेत गरे । आफू सचेत र सुरक्षित हुनु नै आफ्नो परिवार, समाज, देश र विश्वलाई सुरक्षित राख्नु भएको बताउँदै लक डाउनको नियम र अनुशासन मान्न अनुरोध समेत गरे ।

सम्बन्धित सामग्री

पर्यटनमन्त्री भट्टराईलाई कोरोना सङ्क्रमण

काठमाण्डाै – संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईलाई कोरोना सङ्क्रमण भएको छ । आज बिहान पीसीआर परीक्षण गरिएकोमा उहाँको रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाइँले जानकारी दिनुभयो । पर्यटनमन्त्री भट्टराईकी पत्नीको भने रिपोट नेगेटिभ आएको छ । उहाँ अहिले मन्त्री निवास पु...

उज्यालो अनलाइन

पशुपति क्षेत्रको सौन्दर्यीकरण गर्छौं : मन्त्री भट्टराई

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपति क्षेत्रको सौन्दर्यीकरण गरिने बताएका छन्।​ पशुपति मन्दिरको दक्षिण द्वारको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन्। सो द्वार नेपाल एसबीआई बैंकको लगानीमा निर्माण भएको हो।  ...

थाहा खबर

स्वास्थ्य प्रोटोकल कायम गरेर होटल खुलाउन सकिन्छ : पर्यटनमन्त्री

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयरलाईन्स खुलाउन आवश्यक पूर्व तयारी गर्नुपर्ने बताएका छन् । शुक्रवार विभिन्न नौ पर्यटन ब्यवसायी संगठनहरुको माग तथा सुझाव बुझदै मन्त्री भट्टराईले सो कुरा बताएका हुन् । मन्त्री भट्टराईले कोरोना संक्रमित कम भएको देशबाट हवाई सेवा सञ्चालन गर्न सकिने संकेत …

राजधानी दैनिक

मन्त्रालयमा पर्यटनमन्त्रीको छड्के निरिक्षण

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलवार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । मन्त्री भट्टराईले आफु मातहत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शाखाहरुमा मंगलवार छड्के निरीक्षण गरेका हुन् । निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेकोे पाईएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख रुद्रसिह तामाङलाई कर्मचारी के कारणले उपस्थित …

राजधानी दैनिक

पर्यटन मन्त्रीले गरे आफ्नै मन्त्रालयमा छड्के अनुगमन

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलवार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन्।  मन्त्री भट्टराईले आफु मातहत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्‍न शाखाहरुमा मंगलबार छड्के निरीक्षण गरेका उनका एक सहयोगीले जानकारी दिए।  निरीक्षणका क्रममा केही शाखामा कर्मचार...

थाहा खबर

मन्त्री भट्टराईको दौडधुप, नगरकोटदेखि दुवाकोटसम्मको ‘फिल्ड भिजिट’

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले क्वारेन्टाइन निर्माणका लागि विभिन्न स्थानहरूको स्थलगत निरीक्षण गरेका छन्। मन्त्री भट्टराईले बुधबार काठमाडौंको नगरकोट, दुवाकोट र पशुपति धर्मशालाको स्थलगत निरीक्षण गरेर सरोकारवालाहरूसँग छलफल गरेका हुन्। पर्यटनमन्त्री भट्टराई सरकारले गठन गरेको क्वारेन्टाइन व्यवस्थापन...

थाहा खबर

पर्यटनको विकेन्द्रीकरण गर्न विधेयक ल्याएकाे मन्त्री भट्टराईकाे दावी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ग्रामिण क्षेत्रमा सञ्चालन गरिने पर्यटन उद्योगलाई

नयाँ पत्रिका