सेयर बजार सीमित पूँजीपतिहरुको कारोवारको थलाे मात्र होइन् : अर्थमन्त्री खतिवडा

अर्थ

सेयर बजार सीमित पूँजीपतिहरुको कारोवारको थलाे मात्र होइन् : अर्थमन्त्री खतिवडा

२०७६ फाल्गुण २९ बिहीबार १६:३५:००

अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पूँजी बजार पूँजीपतिहरुले कारोबार गर्ने थलो मात्र नभएको बताएका छन् । 

प्रतिनिधिसभाको विहीबारको बैठकमा ‘धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक २०७६’ माथिको छलफलका क्रममा उनले सेयर बजारमा सानो पूँजीलाई समेत स्थान दिइएकोले सीमित पूँजीपतिहरुको मात्रै कारोबार गर्ने थलोको रुपमा नबुझ्न आग्रह गरे । 

उनले नेपालको धितोपत्र बजारमा १५/१६ लाख भन्दा बढीको सहभागिता रहेको र सानो पूँजीबाट समेत शेयर खरिद गर्न सकिने व्यवस्था गरिएकाले पूँजीबजार सबैको भएको बताए । 

उनले भने ‘केही हजारको पूँजी पनि बैंकमा निक्षेप राख्ने कि ? सेयर बजारमा सेयर किन्ने कि ? सानो व्यवसाय केही गर्ने कि ? भन्ने छनौट गर्ने एउटा आधार पाउनु भएको छ पूँजी बजार । आफैले ठूलो जोखिम लिन नसक्ने उद्योग नै खोल्न नसक्ने तर जोखिममा कुनै न कुनै रुपमा सहभागि हुन्छुु भन्न चाहने साना मझौला बचतकर्ताको लागि पनि पूँजी बजार एउटा उपयुक्त माध्यम हुन्छ ।’ 

उनले प्रस्तावित विधेयक, पूँजी बजारको नियमनका लागि नियामक निकायलाई थप स्वायत्त र बलियो बनाउने गरी ल्याइएको समेत बताए । 

उनले विधेयकको उद्देश्य सम्पूर्ण प्रणालीलाई नियन्त्रण गर्ने नभई नियमनलाई  प्रभावकारी बनाउने रहेको बताए । 

मन्त्री खतिवडाले लगानीकर्ताले पनि कम्पनीको वित्तीय अवस्था, भावि आंकलन र सरकारका नीतिहरु हेरेर शेयरमा कारोबार गर्नु पर्नेमा जोड दिए ।  

कोरोना भाइरसका कारण पनि शेयर बाजरमा उथलपुथल देखिएको उल्लेख गर्दै उनले अल्पकालिन प्रवृतिबाट जोगिएर शेयर कारोबार गन सुझाव दिए । उनले अल्पकालिन स्थितिकै आधारलाई हेरेर दीर्घकालिन सोच बनाउन नहुने समेत बताए । 

विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा सांसद दिव्यमणि राजभण्डारीले विधेयकमा दलाल भन्ने शब्द प्रयोग गर्नु भन्दा ‘धितोपत्र खरिद विक्री गर्ने व्यवसायी’ राख्नुपर्ने सुझाव दिए ।

सांसद राजेन्द्रकुमार केसीले पूँजी परिचालन गर्ने अस्त्रको रुपमा शेयर बजारलाई लिइने भएकाले यसको सुरक्षाका लागि थप व्यवस्था गर्नु पर्ने बताए । 

सांसद रामकुमारी झाँक्रीले बजारमा भएका नकारात्मक खेललाई नियन्त्रण गर्ने निकायका रुपमा धितोपत्र वोर्ड नै भएकाले यसलाई बलियो बनाउनु पर्नेमा जोड दिइन् । 

पूँजीबादी दुनियाँमा बजार अर्थतन्त्रलाई स्वीकार गर्दा पूँजी निर्माणको महत्वपूर्ण अधार शेयरबजारलाई व्यवस्थित गर्नुपर्ने भनाई उनको थियो । 

#सेयर # कारोवार # अर्थमन्त्री

सम्बन्धित सामग्री

शेयरबजारको उतारचढावसँग आफूलाई नजोड्न अर्थमन्त्री खतिवडाको आग्रह

काठमाण्डौ - अर्थमन्त्री युवराज खतिवडाले शेयरबजारको उतारचढावसँग आफूलाई नजोड्न आग्रह गर्नुभएको  छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका खतिवडाले मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा व्यक्तिको अनुहार हेरेरभन्दा पनि पूँजीबजारमा कम्पनी हेरेर लगानी गर्नसमेत आग्रह गर्नुभयो ।  खतिवडाले लगानीकर्ताले बैङ्कको नीति...

अर्थमन्त्री डा.खतिवडाद्वारा मन्त्री पदबाट राजिनामा

अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका अर्थमन्त्री डा.युवराज खतिवडाले मन्त्री पदबाट राजिनामा दिनुभएको छ ।

गोरखापत्र

'लाइसेन्स होल्ड' गर्नेमाथि निर्मम कारबाही गर्न मन्त्री खतिवडाको निर्देशन

अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले दुरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम

नयाँ पत्रिका

अर्थमन्त्री डा. खतिवडाद्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण

अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पदभार ग्रहण गर्नु भएको छ । सञ्चारमन्त्रालयको जिम्मेवारी मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा डा. खतिवडाले आज पदभार ग्रहण गर्नुभएको हो ।

गोरखापत्र

अर्थमन्त्री खतिवडालाई सञ्चार मन्त्रालय, वसन्त नेम्वाङलाई सहरी विकास

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा सरकारको प्रवक्ताको जिम्मेवारी

बाह्रखरी

पुँजीबजार संकटको जिम्मेवार अर्थमन्त्री हुन् त ?

२०७२ सालको भूकम्पले हल्लाउन नसकेको सेयर बजार पछिल्लो समयमा हल्लिरहेको छ । सेयर बजार निरन्तर ओरालो लागिरहेको देखिन्छ । कतिपय सेयरधनीहरूको मनोविज्ञान हेर्दा सेयर बजार ओरालो लाग्नुको जिम्मेवार अर्थमन्त्री डा. खतिवडालाई मान्ने गरेका छन् । त्यसो त नेकपाको बलियो भनिने सरकारको अर्थमन्त्री बनेको डा. खतिवडाले अर्थमन्त्री बनेदेखि नै बेला–बेलामा सेयर बजारका बारेमा दिने अभिव्यक्तिले सेयर बजारमा तरंग ल्याउने गरेको छ । डा. खतिवडाले दिने गरेको अभिव्यक्तिले सेयर बजारमा खति मात्र हुने गरेको पनि सरोकारवालाहरूको भनाइ छ ।

कारोबार दैनिक

पुँजी बजार एक्स्पोमा के के भने अर्थमन्त्रीले ?

अर्थमन्त्री डा. युवराज खतिवडाका भनाईले सेयर बजार नै प्रभावित हुने गरेको पाइन्छ। जुन स्वभाविक हो। सरकारले अवलम्वन गर्ने नीतिहरु अर्थमन्त्रीका भनाईबाटै अनुमान लाग्ने भएकाले अभिव्यक्तिलाई लगानीकर्ताले चासोपूर्वक लिने गरेका छन्। सेयर बजारका सम्वन्धमा अर्थमन्त्री खतिवडाका अभिव्यक्तिलाई लगानीकर्ताले आ–आफ्नै तवरले व्याख्या गर्ने गरेका छन्। धितोपत्र बोर्डले रजत जयन्तीको अवसर पारेर आयोजना गरेको पुँजीबजार एक्स्पोमा उनले दिएका…

सेतोपाटी

सेयर बजार सतहीः अर्थमन्त्री

१६ चैत, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा स्वेत पत्रको सारंश प्रस्तुत गर्दै सेयर बजार सतही रहेको टिप्पणी गरेका छन् । ‘नेपालको पुँजी बजार सतही रहनुका साथै, अर्थतन्त्रको दायरा बढाउन पुँजी बजार सशक्त माध्यम भएपनि धितोपत्र बजारमा मात्र सिमित छ,’ अर्थमनत्री खतिवडाले भने । उनले पुँजी बजार मार्फत स्वलगानीको लागि …

अनलाइनखबर