चितवनको कांग्रेस सभापतिमा राजेश्वर खनाल निर्वाचित

चितवन : नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन्।अधिवेशनको पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणमा संस्थापन पक्षमा मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सभापतिमा निर्वाचित भएका हुन्।निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र अधिकारीले श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि खनाल सर्वसम्मत सभापतिमा निर्वाचित भएको बताए।पहिलो चरणको निर्वाचनमा पाँचजनाले उम्मेदवारी दिएकोमा राजेश्वर खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका थिए भने मिलनबाबु श्रेष्ठले ६६२

सम्बन्धित सामग्री

चितवन, नवलपुर र  महोत्तरी कांग्रेसमा नयाँ नेतृत्व

चितवन, नवलपुर र महोत्तरी कांग्रेसमा नयाँ नेतृत्व चयन भएको छ । कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन् । शेखर कोइराला पक्षका खनालले पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याएका थिए ।...

देउवाका उम्मेदवारले मैदान छाडेपछि चितवन कांग्रेसको सभापतिमा शेखरनिकट खनाल विजयी

काठमाडौं । नेपाली कांग्रेस चितवनको सभापतिमा डा. शेखर कोइरालानिकट राजेश्वर खनाल निर्वाचित भएका छन् । पहिलो चरणमा ५ जना प्रत्याशीमध्ये पहिलो भएका खनाललाई दोस्रो चरणको निर्वाचनअघि नै प्रतिस्पर्धी मिलनबाबु श्रेष्ठले समर्थन जनाएपछि दोस्रो चरणको मतदानअघि नै खनाल विजयी भएका हुन् । पहिलो चरणमा खनालले ७ सय ४६ मत ल्याउँदा श्रेष्ठले ६ सय ६२ मत ल्याएका […]