प्रचण्डलाई जुत्ता हान्ने युवक तिरुवालाई सात दिन हिरासत

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गर्ने रतन तिरुवा थप सात दिन हिरासतमा बस्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिरुवालाई सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने पहिलो पटक समय दिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंले तिरुवाबिरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेको थयो। त्यस्तै घटनाको अनुसन्धान गर्न छानविन समिति गठन भएको छ। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाको नेतृत्वमा तीन सदस्‍य छानविन टोली गठन गरिएको हो।

प्रहरीले आइतवार जुत्ता प्रहार गर्ने जुम्लाका २४ वर्षीय रतन तिरुवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

आइतवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले आयोजना गरेको भरतमोहन अधिकारी प्रथम स्मृति सभामा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गरिएको थियो। तिरुवा पहिलेदेखि नै कार्यक्रममा पुगेका थिए। तिरुवाले प्रचण्डको भाषण चित्न बुझेको भन्दै जुत्ता प्रहार गरेको प्रहरीमा मौखिक बयान दिएका छन्।

सम्बन्धित सामग्री

प्रचण्डमाथि जुत्ता हान्नेलाई ७ दिन हिरासतमा राख्न अनुमति

१९ फागुन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन सिरुवालाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन …

अनलाइनखबर

‘प्रचण्डलाई लक्षित गरी जुत्ता हान्ने रतन सहिद परिवारका होइनन्’

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी राष्ट्रिय सभागृहमा जुत्ता प्रहार गर्ने व्यक्ति सहिद परिवारको नभएको भेटिएको छ।  पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा सम्बोधनका क्रममा जुम्लाका रतन तिरुवा जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद परिवारका सदस्य नभएक...

थाहा खबर

प्रचण्डमाथि जुत्ता प्रहार प्रकरण : पक्राउपछि तिरुवाको बेहोसीको नाटक!

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। उनको परिचयसमेत खुलेको छ। जुम्लाका २४ वर्षीय रतन तिरुवा भएको प्रहरीले जानकारी दिएको छ। हाल उनी डल्लुमा बस्दै आएको खुलेको छ। आइतवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले

पहिलो पोस्ट

आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। अभद्र दुर्व्यवहार मुद्दामा राउतलाई म्याद थप गरी अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले जानकारी दिए। राउतले सोमबार बिहान महानगरीय प्रहरी कार्यालय काठमाडौंमा पुगेर आत्मसमर्पण गरेकी थिइन्। प्रहरीको खोजी सूचीमा

पहिलो पोस्ट

पक्राउ परेका १२२ चिनियाँलाई पाँच दिन थुनामा राख्न अनुमति

शंकास्पद गतिविधि सञ्चालन गरेको अभियोगमा पक्राउ परेका छजना महिला सहित १२२ चिनियाँ नागरिकमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंँले मंगलवार पाँच दिनको म्याद थप गरेको छ । प्रहरीले उनीहरुमाथि अभद्रव्यवहार मुद्दा अन्तरर्गत अनुसन्धान शुरु गरेको छ । अभियुक्तहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौँ, महानगरीय प्रहरी वृत्तहरू बालाजु, सोह्रखुट्टे, महाराजगन्ज र दरवारमार्गको प्रहरी हिरासतमा राखिएको छ ।

गोरखापत्र

'हाइप्रोफाइल' जुवाडेको हिरासत छल्न अस्पतालको बास

काठमाडौं : लक्ष्मी पूजाको अघिल्लो रात महाराजगञ्जबाट पक्राउ परेका 'हाइप्रोफाइल' जुवाडेहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले दोस्रो पटक सात दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी अनुसन्धान गरिरहेको हो। १० दिनदेखि हिरासतमा रहेका यी धनाड्य जुवाडेले प्रहरीको चिसो हिरासतमा कष्टकर रुपमा रात बिताइरहेका छन्। त्यसैले नै

पहिलो पोस्ट

गुन्डा नाइके गणेश लामालाई १० दिन थप हिरासत :: Pahilopost.com

काठमाडौं : कांग्रेस नेता तथा 'गुन्डा नाइके' गणेश लामालाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० दिन म्याद थप गरेको छ। जिल्ला प्रशासन कार्यालयकै स्वीकृतिमा १० दिन यता उनी हिरासतमै छन्।  हिरासतमा लामालाई राख राख्ने  अनुमति दिएको थियो। राजधानीको गौशालाबाट चैत ३ गते प्रहरीले उनलाई पक्रेको

पहिलो पोस्ट