प्रधानमन्त्री ओलीलाई भान्जीको मृगौला

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा अघिल्लो आइतबार छुट्टै रौनक थियो । फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेकाले प्रधानमन्त्री सचिवालयका सदस्यहरू भेला भएका थिए । उनलाई जन्मदिनको शुभकामना दिँदै सानो केक पनि काटेका थिए ।

प्रधानमन्त्री निवासमा प्रायः देखिइरहने एक महिला पनि त्यहाँ उपस्थित थिइन् । केही समययता प्रधानमन्त्री निवासमा बाक्लै आउजाउ गरिरहेकी ती महिला नातेदार हुन् भन्नेबाहेक सचिवालयमै कार्यरत धेरैलाई उनको परिचय थाहा थिएन । त्यस दिन भने प्रधानमन्त्री ओली आफैंले ती महिलाको परिचय गराए । सचिवालयका उपस्थित सदस्यहरूलाई ओलीले भने, ‘मलाई मिर्गौला दिने उनी नै हुन् ।’

प्रधानमन्त्रीले सचिवालयका सदस्यहरूलाई मिर्गौला दाताका रूपमा चिनाइएकी ३२ वर्षीया ती महिला झापाकी हुन् । नातामा उनी ओलीकी ‘भान्जी’ पर्छिन् । नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा लगभग १३ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले अस्वीकार गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेका थिए । त्यसपछि सम्भावित दाता खोज्न थालिएको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने अर्को गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण गरिएको थियो  ।

ससुरालीतर्फ नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर कटेकी र उनको मिर्गौलामा पनि केही समस्या देखिएकाले घरतर्फबाट नाता पर्ने झापाकी महिलाबाट मिर्गौला लिने निष्कर्षमा चिकित्सकहरू पुगेका हुन् । झापा, चारआलीकी ३२ वर्षीया ती महिला पहिले ओलीलाई मिर्गौला दिने अन्जान घिमिरेकी भान्जी हुन् । त्यस हिसाबले उनी प्रधानमन्त्रीकी पनि ‘भान्जी’ नाता पर्ने पारिवारिक स्रोतहरूको भनाइ छ । अन्जान प्रधानमन्त्री ओलीकी भाइबुहारी हुन् । ओलीका भाइ तारा ओलीकी श्रीमती उनी राष्ट्रपति कार्यालयमा कार्यरत छिन् ।

स्रोतका अनुसार भान्जी पर्ने महिलाको दाहिनेतर्फको ‘१०.२ बाई ३.८ सीएम’ आकार रहेको मिर्गौला झिकेर प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिनेछ । उनको देब्रेतर्फको मिर्गौलामा निकै मसिना सिस्ट (फोका) देखिएकाले दाहिने मिर्गौला प्रधानमन्त्रीका लागि उपयुक्त हुने निष्कर्षमा चिकित्सकहरू पुगेको स्रोतको दाबी छ ।

दाता महिलाको गतसाता नै सबै शारीरिक परीक्षणहरू सकिएको छ। उनको र प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था प्रत्यारोपणका लागि अनुकूल रहेकाले चिकित्सक टोली बुधबारै प्रत्यारोपण गर्ने निर्णयमा पुगेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा बिनु सुबेदी र स्वरुप आचार्यले लेखेका छन ।  

सम्बन्धित सामग्री

यसरी मनाइयाे प्रधानमन्त्री ओलीकाे ७० औँ जन्मदिन (तस्बिरहरू)

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार आफ्नाे ७० औँ जन्मदिन मनाउनुभएकाे छ । सीमित परिवारका सदस्यकाे उपस्थितिमा प्रधानमन्त्रीले बालुवाटारमा जन्मदिन मनाउनुभएकाे हाे ।  जन्मदिनको कार्यक्रममा प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यका साथै केही आफन्त उ...

उज्यालो अनलाइन

प्रधानमन्त्री ओलीले यसरी मनाए ७० औं जन्मदिन

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७० औं जन्मदिन मनाएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पारिवारिक जमघटमा उनले केक काटेका थिए। परिवारका सीमित सदस्यहरुबीच मनाइएको जन्मोत्सवमा उनका पिता मोहनप्रसाद ओलीले टिका लगाएर आशिर्वाद दिएका थिए।

नागरिक दैनिक

प्रधानमन्त्री ओलीले मनाए आफ्नो ७० औं जन्मदिन

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना परिवारका सीमित सदस्यहरुका साथमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाएका हुन् । ओलीको जन्मदिनको कार्यक्रममा उनका बुवा मोहनप्रसाद …

अनलाइनखबर

मोदीलाई ओलीको शुभकामना : सम्बन्ध बलियो बनाउन मिलेर काम गर्नेछौं

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिंदै दुई देशबीचको सम्बन्ध बलियो बनाउन मिलेर काम गर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले मोदीलाई ट्विटरमार्फत जन्मदिनको शुभकामना दिंदै सुख र सुस्वास्थ्यको कामना गर्नुभएको छ । ट्विटरमा मोदीलाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले ल...

उज्यालो अनलाइन

मोदीको जन्मदिनमा ओलीको शुभकामना, सम्बन्ध बलियो बनाउन जुटिरहने प्रतिवद्धता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको शुभकामना प्रकट गरेका छन्।  'प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, जन्मदिनको सुखद् अवसरमा यहाँलाई न्यायनो अभिवादन,' प्रधानमन्त्री ओलीले ट्विटमा भारतीय प्रधानमन्त्री मोदीलाई मेन्सन गर्दै लेखेका छन्, 'तपाईँको स्वास्थ्य र खुशीका लागि कामना गर्छु।' ओलीले मोदीसँग मिलेर काम गर्ने पनि उल्लेख

पहिलो पोस्ट

बालुवाटारमा प्रधानमन्त्री ओलीले मनाए जन्मदिन

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासममा जन्मदिन मनाएका छन् । उनको जन्मथलो तेह्रथुमको आठराई जानुअघि प्रधानमन्त्री ओलीलाई शुभेच्छुकहरुले बालुवाटारस्थित निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् ।  उनलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ...

नेपाल आज

बालुवाटार पुगेर शुभेच्छुकले दिए प्रधानमन्त्रीलाई जन्मदिनकाे शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभेच्छुकहरुले जन्मदिनको शुभकामना दिएका छन् । जन्मदिन मनाउनकै लागि आइतबार

नयाँ पत्रिका

प्रधानमन्त्री ओली ६७ औं वर्षमा, हिजै काटे केक

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६७ औं वर्षमा प्रवेश गरेका छन् । ओली ००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका थिए । नेता तथा कार्यकर्ताले ओलीलाई आज जन्मदिनको शुभकामना दिइरहेका भए पनि उनले भने हिजै राति केक काटेर जन्मदिन मनाइसकेका छन् । ४ वर्षअघि सम्म जन्मदिन नमनाउने …

OnlineKhabar