क्वारेन्टाइनमा राखिएकासँग सांसद बस्नेतले माइकबाट गरे कुराकानी, उनीहरुले भने, ‘हामी खुशी छौँ’

भक्तपुर : सांसद महेश बस्नेतको टोलीले भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइन क्षेत्रको अनुगमन गरी चीनबाट फर्काइएका नेपालीसँग यहाँको अवस्थाबारे जानकारी लिएका छन्।

सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएकाहरुको बारेमा जानकारी लिन मंगलवार त्यहाँ पुगेका सांसद बस्नेतले क्वारेन्टाइनभित्र रहेकासँग त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन्। उनले क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फत भित्र रहेका नेपालीसँग सिसी क्यामराको माध्यमबाट भिडियो हेर्दै कुराकानी गरे।

सांसद बस्नेतसँगको कुराकानीमा क्वारेन्टाइनमा रहेका नेपालीहरुले सरकारले गरेको व्यवस्था सन्तोषजनक रहेको बताए।

उनीहरुले भने, ‘हामी यहाँ सुरक्षित छौँ, हामीलाई आवश्यक परेको कुनै पनि सामान तुरुन्तै पाउने गरेका छौँ। यहाँ भएकाका परिवारले कुनै चिन्ता लिनुपर्दैन, हामी खुशी छौँ।’

सांसद बस्नेतसँग उनीहरुले यहाँबाट निस्किएर परिवारसँग भेट्ने दिनमा सरकारी निकायका व्यक्ति, जनप्रतिनिधि नै आएर बिदाइ गरी देशभर सकारात्मक सन्देश फैलाउने व्यवस्था गरिदिन पनि आग्रह गरे। क्वारेन्टाइनमा रहेका चीनबाट फर्किएका नेपालीले सरकारले गरेको व्यवस्थाप्रति खुशी भएको र यहाँको अवस्थामा कुनै पनि चिन्ता लिनुपर्ने र आत्तिनुपर्ने अवस्था नरहेको पूर्वमन्त्री एवं सांसद बस्नेतले बताए।

उनलाई नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेलले यहाँको अवस्थाबारेमा जानकारी गराएका थिए। भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले भित्र रहेका नेपालीबाट कुनै पनि कुराको माग हुने बित्तिकै यहाँको सुरक्षाको नेतृत्व गरेका कर्णेल पौडेलले आफ्नै व्यक्तिगत खर्चसमेत गरेर भए पनि मागअनुसारको सामान पठाइदिने गरेको जानकारी गराए।

सम्बन्धित सामग्री

क्‍वारेन्टाइनका नेपाली भन्छन् - हामी खुशी छौँ

भक्तपुर । सांसद महेश बस्नेतको टोलीले भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइन क्षेत्रको अनुगमन गरी चीनबाट

बाह्रखरी

क्वारेन्टाइनमा बसेका नेपाली भन्छन् : हामी खुशी छौँ

भक्तपुर - सांसद महेश बस्नेतको टोलीले भक्तपुरको खरिपाटीमा रहेकाे क्वारेन्टाइन क्षेत्रको अनुगमन गरी चीनबाट फर्काइएका नेपालीसँग यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ ।  सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएका नेपालीको बारेमा जानकारी लिन मङ्गलबार त्यहाँ पुग्नुभएका सांसद बस्नेतले...

हामी खुशी छौँ – क्वारेन्टाइनका नेपाली

सांसद महेश बस्नेतको टोलीले भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइन क्षेत्रको अनुगमन गरी चीनबाट फर्काइएका नेपालीसँग यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ ।          

गोरखापत्र

‘चीनबाट उद्धार गरिएका अझै आठ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं । चीनको हुबेई प्रान्तबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जनालाई अझै आठ दिन भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा बस्नुपर्नेछ । गत आइतबार बिहान नेपाल ल्याइएका उनीहरूमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेगेटिभ रहेको यसअघि नै स्वास्थ्य मन्त्रालयले जनाइसकेको छ । मन्त्रालयका अनुसार चीनबाट उद्धार गरेर ल्याइएपछि भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइन क्षेत्रमा …

नागरिकप्रति जिम्मेवार सरकार (सम्पादकीय)

नोवल कोरोना भाइरस (कोभिड–नाइन्टिन) ले समस्याग्रस्त चीनको वुहानबाट नेपाल ल्याएर भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा रहेका नेपाली त्यहाँको व्यवस्थापनमा सन्तुष्ट रहेका छन् । आइतबार उहाँहरूलाई विशेष विमानको व्यवस्था गरी वुहानबाट ल्याइएको थियो । खरिपाटीमा रहेका उहाँहरूले आफूले सोचेभन्दा राम्रो व्यवस्थापन पाएको भन्दै बस्न, खानदेखि इन्टरनेटको सुविधा उपलब्ध रहेको बताउनुभएको छ ।

गोरखापत्र

पहिलो दिन नमुना संकलन

चीनको वुहानबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइनमा ल्याएर राखिएका सबैजनाको नमुना परीक्षण गरिएको छ।

नागरिक दैनिक