क्वारेन्टाइनमा बसेका नेपाली भन्छन् : हामी खुशी छौँ

भक्तपुर - सांसद महेश बस्नेतको टोलीले भक्तपुरको खरिपाटीमा रहेकाे क्वारेन्टाइन क्षेत्रको अनुगमन गरी चीनबाट फर्काइएका नेपालीसँग यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ । 

सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएका नेपालीको बारेमा जानकारी लिन मङ्गलबार त्यहाँ पुग्नुभएका सांसद बस्नेतले क्वारेन्टाइनभित्र रहेका नेपालीसँग त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको हो । 

उहाँले क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फत भित्र रहेका नेपालीसँग सीसी क्यामराको माध्यमबाट भिडियो हेर्दै कुराकानी गर्नुभएको हो । 

सांसद बस्नेतसँगको कुराकानीमा क्वारेन्टाइनमा रहेका नेपालीहरुले सरकारले गरेको व्यवस्था सन्तोषजनक रहेको बताउनुभयो । उहाँहरुले भन्नुभयो, 'हामी यहाँ सुरक्षित छौँ, हामीलाई आवश्यक परेको कुनै पनि सामान तुरुन्तै पाउने गरेका छौँ, यहाँ भएकाका परिवारले कुनै चिन्ता लिनुपर्दैन, हामी खुशी छौँ ।'

सांसद बस्नेतसँग उहाँहरुले यहाँबाट निस्किएर परिवारसँग भेट्ने दिनमा सरकारी निकायका व्यक्ति, जनप्रतिनिधिनै आएर बिदाइ गरी देशभर सकारात्मक सन्देश फैलाउने व्यवस्था गरिदिन पनि आग्रह गर्नुभयो ।

क्वारेन्टाइनमा रहेका चीनबाट फर्किएका नेपालीले सरकारले गरेको व्यवस्थाप्रति खुशी भएको र यहाँको अवस्थामा कुनै पनि चिन्ता लिनुपर्ने र आत्तिनुपर्ने अवस्था नरहेको पूर्वमन्त्री एवं सांसद बस्नेतले बताउनुभयो । 

उहाँलाई नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेलले यहाँको अवस्थाबारेमा जानकारी गराउनुभएको थियो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले भित्र रहेका नेपालीबाट कुनै पनि कुराको माग हुने बित्तिकै यहाँको सुरक्षाको नेतृत्व गर्नुभएका कर्णेल पौडेलले आफ्नै व्यक्तिगत खर्चसमेत गरेर भए पनि मागअनुसारको सामान पठाइदिने गरेको जानकारी गराउनुभयो ।

सम्बन्धित सामग्री

सरकारको 'जयजयकार' गर्दै फर्किए क्वारेन्टाइनमा बसेका नेपाली

भक्तपुर – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले भक्तपुरको खरिपाटी क्वारेन्टाइनबाट बिदा भएका नेपालीलाई कोरोना भाइरसका बारेमा जनचेतना अभिवृद्धि गर्न आग्रह गर्नुभएको छ ।    सरकारले गएकाे फागुन ४ गते चीनको वुहानबाट उद्धार गरेर ल्याएकाे १ सय ६५ जनालाई खरिपाटीकाे क्वारेन्टाइनमा राख...

भक्तपुर क्वारेन्टाइनमा रहेकालाई सत्रौँ दिनमा घर फर्काइने

काठमाण्डौ - सरकारले कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी यही फागुन ४ गते भक्तपुरको क्वारेन्टाइनमा राखिएका १९३ नेपालीलाई १७ औँ दिनमा घर फर्काइने भएको छ ।  खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ र नगरकोटको खानेपानी तालिम केन्द्रको क्वारेन्टाइनमा राखि...

क्‍वारेन्टाइनका नेपाली भन्छन् - हामी खुशी छौँ

भक्तपुर । सांसद महेश बस्नेतको टोलीले भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइन क्षेत्रको अनुगमन गरी चीनबाट

बाह्रखरी

हामी खुशी छौँ – क्वारेन्टाइनका नेपाली

सांसद महेश बस्नेतको टोलीले भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइन क्षेत्रको अनुगमन गरी चीनबाट फर्काइएका नेपालीसँग यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ ।          

गोरखापत्र

‘खरिपाटी क्वारेन्टाइनमा रहेका नेपाली शारीरिक र मानसिक रुपमा ठीक छन्’

६ फागुन, भक्तपुर । सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपाली शारीरिक र मानसिक रुपमा ठीक रहेको बताएको छ । मंगलबार अनुगमनमा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनमा भययुक्त वातावरणमा असुरक्षा महसुस भए …

अनलाइनखबर