राम्रालाई नराम्रा, नराम्रालाई राम्रा नभनि दिनुस् : सञ्चारमन्त्री खतिवडा

समाचार

राम्रालाई नराम्रा, नराम्रालाई राम्रा नभनि दिनुस् : सञ्चारमन्त्री खतिवडा

२०७६ फाल्गुण ११ आइतबार १४:५४:००

अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको समेत जिम्मेवारी सम्हालेका छन् ।

सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएपछि गोकुल बास्कोटाले राजीनामा दिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी पाएका खतिवडाले आइतबार पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण कार्यक्रममा मन्त्री खतिवडाले सरकारी सञ्चारमाध्यम देशभरीका जनताको साझा माध्यम भएकाले सन्तुलित सूचना प्रवाह गर्न निर्देशन दिए । सरकारी सञ्चारमाध्यमले सरकारको मात्रै गुणगान गाउनुपर्छ भन्ने मान्यता सरकारले नराख्नले भन्दै खतिवडाले राज्य सञ्चालनमा जनताले निर्वाह गर्ने भूमिका र त्यसले समावेशी विकासमा पु¥याउने योगदानलाई मध्यनगर गर्दै सूचना सम्प्रेषण गर्न आग्रह गरे । 

मन्त्री खतिवडाले लोकतन्त्र बलियो बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भुमिका हुने पनि बताए । सरकारले गरेका राम्रा र नराम्रा दुबै कामहरु जनतामाझ पुर्याउने जिम्मेवारीमा रहेका सञ्चारमाध्यमले राम्रालाई नराम्रा र नराम्रा कामलाई राम्रा भनेर नपुर्याउन उनको आग्रह थियो ।

#सञ्चार मन्त्रालय # युवराज खतिवडा

सम्बन्धित सामग्री

अर्थमन्त्रीको सचिवालयले भन्यो- सिंहदरबार र बालुवाटारभन्दा बाहिर जानुभएको छैन

काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा छोरा तिलक खतिवडालाई भेट्न सनसिटी अपार्टमेन्ट

बाह्रखरी

सेयर बजार सीमित पूँजीपतिहरुको कारोवारको थलाे मात्र होइन् : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पूँजी बजार पूँजीपतिहरुले कारोबार गर्ने

नयाँ पत्रिका

अर्थमन्त्री डा.खतिवडाद्वारा मन्त्री पदबाट राजिनामा

अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका अर्थमन्त्री डा.युवराज खतिवडाले मन्त्री पदबाट राजिनामा दिनुभएको छ ।

गोरखापत्र

नीति, विधि र विचार निर्माणमा सञ्चार माध्यमकाे भूमिका महत्वपूर्ण : मन्त्री खतिवडा

सञ्चार तथा सूचना प्रविधि मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका अर्थमन्त्री डा.युवराज खतिवडाले नीति, विधि र विचार निर्माणमा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

गोरखापत्र

अर्थमन्त्री खतिवडाद्वारा सञ्चारमन्त्रीकाे पदभार ग्रहण

काठमाण्डौ - अर्थमन्त्री युवराज खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको जिम्मेवारी सम्हाल्नुभएको छ ।  सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएपछि गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै मन्त्रालयको जिम्मेवारी पाउनुभएका खतिवडाले आइतबार पदभार ग्रहण गर्नुभएको हो ।  पदभार ग्रहण कार्यक्रममा मन्त्री खतिवडाले सरकारी सञ्च...

सकारात्मक सन्देश प्रवाह गर्न सञ्चारमन्त्रीको आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सभ्य समाज निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गर्न आमसञ्चार माध्यमसँग आग्रह गरेका छन्। अर्थमन्त्रीसमेत रहेका मन्त्री खतिवडाले आज सञ्चारमन्त्रीको पदबहाली गर्दै सरकारले गरेका काममध्ये राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रोभन्दा पनि जस्ताको जस्तै जनता समक्ष पुर्‍याउनुपर्नेमा जोड दिए।

नागरिक दैनिक

अर्थमन्त्री डा. खतिवडाद्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण

अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पदभार ग्रहण गर्नु भएको छ । सञ्चारमन्त्रालयको जिम्मेवारी मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा डा. खतिवडाले आज पदभार ग्रहण गर्नुभएको हो ।

गोरखापत्र

अर्थमन्त्री खतिवडालाई सञ्चार मन्त्रालय, वसन्त नेम्वाङलाई सहरी विकास

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा सरकारको प्रवक्ताको जिम्मेवारी

बाह्रखरी

सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडालाई

काठमाडौं : सरकारले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडालाई दिएको छ। गोकुलप्रसाद बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधिमन्त्रीको पदबाट राजीनामा दिएपछि खतिवडालाई सो जिम्मेवारी दिइएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँस्कोटाले सम्हाल्दै आएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारीमा खतिवडालाई तोकिएको राष्ट्रपति कार्यालयले

पहिलो पोस्ट