अर्थमन्त्री डा. खतिवडाद्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण

काठमाडौ, फागुन ११ गते । अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पदभार ग्रहण गर्नु भएको छ । सञ्चारमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले आज मन्त्रालयको पदभार ग्रहण गर्नु भएको हो ।

पदभार ग्रहण गर्नुहुँदै कर्मचारीहरुलाई निर्देशन दिदैँ उहाँले सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिनु भएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले बजेट निर्माणकै क्रममा समेत आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय महत्वपूर्ण मन्त्रालय भएको महसुस गरेको र आजको ब्रिफिङबाट समेत यसको महत्व र गरिमा बुझेको स्पष्ट पार्नुभयो ।

अर्थ तथा सञ्चारमन्त्री डा. खतिवडाले सरकार संविधानलेनै प्रेस स्वतन्त्रताको हक दिएकाले त्यसको परिपालन गराउन क्रियाशिल जनाउँदै संचार माध्यम निर्भिक, स्वतन्त्र र तटस्थ रहनु पर्ने बताउनुभयो ।

 

सम्बन्धित सामग्री

अर्थमन्त्रीको पदवहालीमा पत्रकारलाई निषेध

२९ असोज, काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलको पदभार ग्रहण कार्यक्रममा सञ्चारकर्मी प्रवेशमा रोक लगाइएको छ । मध्यान्ह १२ बजे मन्त्री पौडेलले मन्त्रालयमा पदभार ग्रहण गर्ने जानकारी पाएपछि सञ्चारकर्मीहरु पौने १२ बजेदेखि नै मन्त्रालय हाता …

अनलाइनखबर

अर्थ मन्त्रालयमा खतिवडाको पुन: प्रवेश

२१ फागुन, काठमाडौं । बुधबार पुन: अर्थमन्त्रीमा नियुक्त डा. युवराज खतिवडाले पदभार ग्रहण गरेका छन् । बुधबार राष्ट्रपति कार्यालयमा सपथ लिएपछि उनले अर्थ मन्त्रालयमा आई पदभार ग्रहण गरेका हुन् । उनलाई अर्थमन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए …

अनलाइनखबर

अर्थमन्त्री डा.खतिवडाद्वारा मन्त्री पदबाट राजिनामा

अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका अर्थमन्त्री डा.युवराज खतिवडाले मन्त्री पदबाट राजिनामा दिनुभएको छ ।

गोरखापत्र

अर्थमन्त्री खतिवडाद्वारा सञ्चारमन्त्रीकाे पदभार ग्रहण

काठमाण्डौ - अर्थमन्त्री युवराज खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको जिम्मेवारी सम्हाल्नुभएको छ ।  सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएपछि गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै मन्त्रालयको जिम्मेवारी पाउनुभएका खतिवडाले आइतबार पदभार ग्रहण गर्नुभएको हो ।  पदभार ग्रहण कार्यक्रममा मन्त्री खतिवडाले सरकारी सञ्च...

पदभार ग्रहण गर्दै खतिवडाले भने : पत्रकारले सरकारको गुणगान गाउनु पर्दैन

काठमाडौं :सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका मन्त्री खतिवडाले लोकतन्त्र बलियो बनाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताएका छन्। सरकारले गरेका राम्रा र नराम्रा दुवै खालका कामको जानकारी जनतामाझ पुर्‍याउने जिम्मेवारीमा रहेका सञ्चारमाध्यमले राम्रोलाई नराम्रो र नराम्रो कामलाई राम्रो&nb...

थाहा खबर

खतिवडाद्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण

अर्थमन्त्री युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएपछि गोकुल बास्कोटाले राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी पाएका खतिवडाले आइतबार पदभार ग्रहण गरेका हुन्।

नागरिक दैनिक

डा. खतिवडाले सम्हाले सञ्चार मन्त्रालयको जिम्मेवारी

११ फागुन, काठमाडौं । अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले आइतबार मन्त्रालयमा पुगी संचार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । ७० करोडको कमिसनको अडियो प्रकरणपछि सूचना तथा …

अनलाइनखबर