ह्याप्पी बर्थडे पीएम: फिदिमबाट मगाइयो केक, जन्म गाउँ आठराईमा सार्वजनिक बिदा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९औँ जन्मदिन मनाउन जन्मघर तेह्रथुम जाँदैछन्। केहीबेरमा हेलिकोप्टरबाट प्रधानमन्त्री तेह्रथुम प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

प्रधानमन्त्रीको टोलीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, खानेपानी मन्त्री वीना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ लगायत छन्। प्रधानमन्त्रीको जन्मोत्सवको तयारीका लागि सचिवालयका केही सदस्य यसअघि नै तेह्रथुम पुगिसकेका छन्।   

आजै पाँचथरको एक खानेपानी आयोजनाको पनि उद्घाटन प्रधानमन्त्रीले गर्ने कार्यक्रम छ।

यस्तो छ जन्मोत्सको कार्यक्रम
तेह्रथुमका सहायक प्रमुख जिल्ला अधिकारी भक्तबहादुर खड्काका अनुसार ओलीको जन्मोत्सवको तयारी पूरा भइसकेको छ। प्रधानमन्त्री ओली जन्मिएको ईवास्थित निवासको करिब ५० मिटरको दूरीमा हेलिप्याड निर्माण गरिएको छ। जहाँ प्रधानमन्त्री अवतरण गर्नेछन्। 

बिहान साढे ११ बजे प्रधानमन्त्री ईवा पुग्ने सम्भावित कार्यतालिका छ। 

अवतरणपछि प्रधानमन्त्री ओलीले स्थानीय आठराईदेखि ढुंगेसाँघुसम्मको कच्ची बाटो स्तरोन्नतीका लागि शिलान्यास गर्ने कार्यक्रम छ। यस्तै, नेपाल बैंक लिमिटेडको शाखा कार्यलयको भवन पनि उद्घाटन गर्नेछन्। 

औपचारिक कार्यक्रम सकिएपछि प्रधानमन्त्रीको जन्मोत्सवको कार्यक्रम सुरु हुनेछ। उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिकलाई सम्मान गर्नेछन्। ज्येष्ठ नागरिकलाई कपडा पनि वितरण गर्नेछन्। 

यस्तै, स्थानीय विद्यार्थीहरुलाई प्रधानमन्त्रीले शैक्षिक सामाग्री पनि वितरण गर्ने कार्यक्रम रहेको छ। 

प्रधानमन्त्रीको जन्मदिनका लागि पाँचथरको फिदिमबाट केक मगाइएको छ। 

जन्मोत्सव कार्यक्रम सकेर अपराह्न ४ बजे काठमाडौँ फर्कँने तयारी प्रधानमन्त्रीको रहेको सहायक सिडिओ खड्काले बताए। 

सार्वजनिक बिदा
प्रधानमन्त्रीको जन्मोत्सवमा आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। यद्यपि कर्मचारी र मातहतका विद्यालयका शिक्षकहरुलाई भने जन्मोत्सव समारोहमा अनिवार्य उपस्थितिका सूचना गाउँपालिकाले गरेको छ।

कार्यरत कर्मचारी तथा मातहतका शिक्षकलाई तोकिएको पोशाकमा उपस्थित हुन  पनि गाउँपालिकाले निर्देशन दिएको छ।

सम्बन्धित सामग्री

‘गाउँमा जनता उत्सव मनाउँदै थिए, काठमाडौंमा रुवाबासी चलेछ’

१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औं जन्मदिन जन्मघर तेह्रथुमको आठराईमा पुगेर मनाए । स्थानीय तहले सार्वजनिक विदा दिएको थियो भने काठमाडौंदेखि हेलिकप्टरमा केक लगिएको थियो । प्रधानमन्त्री ओलीको बर्थडे केक नेपालको नक्सा …

अनलाइनखबर

प्रधानमन्त्रीको जन्मदिन मनाउन सजाइयो आठराईको घर

तेह्रथुम : प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिन मनाउन उनको पुर्ख्यौली गाउँ तेह्रथुमको आठराईस्थित इवाको घर सजाइएको छ।  ६९ औँ जन्मदिन मनाउने क्रममा ओली आइतवारै हेलिकोप्टरबाट तेह्रथुम पुग्दैछन्। उनले आइतवार बिहानै बालुवाटारमा पत्नी राधिकासहितको उपस्थितिमा जन्मिदनको उत्सव सुरु गरे। उनलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर प...

थाहा खबर

प्रधानमन्त्रीको जन्मदिन मनाउन आठराईमा सार्वजनिक बिदा

तेह्रथुम : प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिन मनाउन उनको पुर्ख्यौली गाउँ तेह्रथुमको आठराईमा आइतवारका लागि सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुका अनुसार आफ्नो ६९ औँ जन्मदिन मनाउन प्रधानमन्त्री ओली आजै हेलिकोप्टरबाट आठराईको सल्लेस्थित पुर्ख्यौली घर पुग्दैछन्। तेह्रथुमबाट बसाइँ सरेर झापा गएपछि विक्र...

थाहा खबर

प्रधानमन्त्री ओली ६९ वर्षमा प्रवेश, बालुवाटरमा विशेष कार्यक्रम

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले  ६९ औं जन्मदिन मनाएका छन्। विक्रम संवत् २००८ साल फागनु ११ गते तेह्रथुमको आठराईमा जन्मिएका प्रधानमन्त्री ओली ६८ पूरा गरी ६९ वर्षमा प्रवेश गरेका छन्। जन्मदिनको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गुलाफको फूलको माला लगाइदि...

थाहा खबर

जन्मदिन मनाउन प्रधानमन्त्री ओली जन्मथलो प्रस्थान

११ फागुन, काठमाडौं । ६९ औं जन्मदिन मनाउन प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मथलो तेह्रथुमको आठराई प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीको जन्मघर साविकको इवा गाविस २ खानीगाउँ हो । हाल राज्य पुनर्संरचनापछि यो ठाउँ आठराई …

अनलाइनखबर

जन्मदिन मनाउन प्रधानमन्त्री ओली आज जन्मथलो तेह्रथुम जाँदै

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउन जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन्। जन्मदिन मनाउन प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत् आठराइ, सल्ले जान लागेको प्रधानम्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।  आज प्रधानमन्त्रीको ओलीको ६९ औं जन्मदिन हो। उनको जन्म २००८ साल फाग...

थाहा खबर