प्रधानमन्त्री ओली जन्मिएको घर, जन्मदिन मनाउन तेह्रथुम जाँदै आज

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मदिन आफ्नो जन्मघर इवाको सल्लेमा मनाउन लागेका छन् ।

फागुन ११ गते परेको आफ्नो जन्मदिन मनाउन ओली इवाको सल्ले जान लागेका हुन् । प्रधानमन्त्री ओली ६९ वर्ष अघि तेह्रथुमको आठराई गाउँपालिका–४ सल्लेमा जन्मिएका हुन् । प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रधानमन्त्री ओली आफ्नो गाउँ आउन लागेका हुन् । 

ओली जन्मिएको पहाडी घर बिक्री भइसकेको थियो । तर आफ्नो थातथलो संरक्षण गर्न प्रधानमन्त्री ओलीले केही वर्ष अघि किनेका थिए । २०२४ सालमा ओलीका पिता मोहनप्रसाद साढे ११ हजार रुपैयाँमा सो घर बिक्री गरेर झापा झरेका थिए । तर प्रधानमन्त्री ओलीले सोही घर र घर रहेको ३० रोपनी जग्गा समेत साढे १० लाख रुपैयाँमा किनेका हुन् बुबा मोहनप्रसादले पहाडको घर किन्ने आग्रह गरेपछि प्रधानमन्त्रीले बुवाको इच्छा पुरा गरेका हुन् । प्रधानमन्त्री ओलीको हालको स्थायी ठेगाना भने भक्तपुरको बालकोट हो।

१२ वर्ष अघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली दोस्रो पटक पनि मृगौला प्रत्यारोपणको तयारीमा छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन जन्मघरमै गएर मनाउने चाहना राखेपछि त्यसको तयारी गरिएको छ । घर नजिकै हेलिप्याड निर्माण गरिएको छ भने बाटो पनि बनाईएको छ ।

आजै प्रधानमन्त्रीले पाँचथर र तेह्रथुममा खानेपानी तथा सडक आयोजनाको शिलान्यास समेत गर्ने छन् । पाँचथरमा खानेपानी आयोजना र तेह्रथुममा सडक उद्घाटन सहित प्रधानमन्त्रीले आफ्नो जन्मदिन मनाउनुको साथै ओलीले आफ्नो जन्मस्थल सल्लेबाट ताप्लेजुङको ढुंगेसाँघु जोड्ने सडकको शिलान्यास गर्ने कार्यक्रम छ ।

सम्बन्धित सामग्री

यसरी मनाइयाे प्रधानमन्त्री ओलीकाे ७० औँ जन्मदिन (तस्बिरहरू)

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार आफ्नाे ७० औँ जन्मदिन मनाउनुभएकाे छ । सीमित परिवारका सदस्यकाे उपस्थितिमा प्रधानमन्त्रीले बालुवाटारमा जन्मदिन मनाउनुभएकाे हाे ।  जन्मदिनको कार्यक्रममा प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यका साथै केही आफन्त उ...

उज्यालो अनलाइन

प्रधानमन्त्री ओलीले मनाए आफ्नो ७० औं जन्मदिन

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना परिवारका सीमित सदस्यहरुका साथमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाएका हुन् । ओलीको जन्मदिनको कार्यक्रममा उनका बुवा मोहनप्रसाद …

अनलाइनखबर

आज प्रधानमन्त्री ओलीको ७०औं जन्मदिन

आज प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेको छ। तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो।

नागरिक दैनिक

जन्मथलोमा प्रधानमन्त्री ओलीको जन्मदिन (फोटो फिचर)

तेह्रथुम : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मदिन तेह्रथुमको आठराई गाउँपालिका-४ इवास्थित आफ्नो जन्मथलोमा पुगेका छन्। उनले जन्म घरमा पुगेर गाउँलेसँग जन्मोत्सव मनाएका हुन्।  पाँचथर हुँदै नेपाली सेनाको हेलिकोप्टरबाट आइतवार अपराह्न २ बजे उनी इवास्थित पुर्ख्यौली घर पुगेर आफ्ना बालसखासहितका गाउँलेसँग जन्मदिन मनाएका...

थाहा खबर

ह्याप्पी बर्थडे पीएम: फिदिमबाट मगाइयो केक, जन्म गाउँ आठराईमा सार्वजनिक बिदा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९औँ जन्मदिन मनाउन जन्मघर तेह्रथुम जाँदैछन्। केहीबेरमा हेलिकोप्टरबाट प्रधानमन्त्री तेह्रथुम प्रस्थान गर्ने कार्यक्रम रहेको

बीजमांडू

प्रधानमन्त्रीको जन्मदिन पहिलोपटक जन्मघरमा, के-के छन् कार्यक्रम

प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना बाल्यकालका साथीसँग जन्मदिन मनाउन पहिलोपटक आफ्नो पुर्ख्यौली घर तेह्रथुमको आठराई जान लागेका हुन्।

जन्मदिन मनाउन प्रधानमन्त्री ओली जन्मथलो प्रस्थान

११ फागुन, काठमाडौं । ६९ औं जन्मदिन मनाउन प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मथलो तेह्रथुमको आठराई प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीको जन्मघर साविकको इवा गाविस २ खानीगाउँ हो । हाल राज्य पुनर्संरचनापछि यो ठाउँ आठराई …

अनलाइनखबर

जन्मदिन मनाउन प्रधानमन्त्री ओली आज जन्मथलो तेह्रथुम जाँदै

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउन जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन्। जन्मदिन मनाउन प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत् आठराइ, सल्ले जान लागेको प्रधानम्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।  आज प्रधानमन्त्रीको ओलीको ६९ औं जन्मदिन हो। उनको जन्म २००८ साल फाग...

थाहा खबर

प्रधानमन्त्री ओली ६७ औं वर्षमा, हिजै काटे केक

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६७ औं वर्षमा प्रवेश गरेका छन् । ओली ००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका थिए । नेता तथा कार्यकर्ताले ओलीलाई आज जन्मदिनको शुभकामना दिइरहेका भए पनि उनले भने हिजै राति केक काटेर जन्मदिन मनाइसकेका छन् । ४ वर्षअघि सम्म जन्मदिन नमनाउने …

OnlineKhabar