ओली-गौतम भेट: सम्बन्धलाई बलियो बनाउने प्रयास

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बिरामी अवस्थामै उपाध्यक्ष वामदेव गौतमलाई निवासमा बोलाएर भेटघाट गरेका छन्। गौतमलाई आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर ओलीले डेढ घण्टाजति छलफल गरेका हुन्।

आइतबार बिहानदेखि सामान्य बिरामी भएका कारण प्रधानमन्त्री ओली पार्टीको सचिवालय बैठक र ‘सगरमाथा संवाद’ उद्घाटन कार्यक्रममा सहभागी हुन सकेका थिएनन् तर अपराह्न राष्ट्रिय योजना आयोग राष्ट्रिय विकास समस्या समाधान समितिको कार्यक्रममा थोरै समय सहभागी भएका थिए। सोही कार्यक्रमपछि बालुवाटार पुगेका ओलीले गौतमलाई बोलाएर पार्टी उपाध्यक्ष बनेकोमा बधाई दिँदै मिठाईसमेत खुवाए।

प्रधानमन्त्री ओलीले भेटमा गौतमलाई २ नं. प्रदेशमा भएको पार्टी विवाद मिलाउनसमेत निर्देशन दिएका थिए। उनले पार्टीको जिम्मेवार तहमा रहेको तथा संगठन विभाग प्रमुख पनि भएको हैसियतले पार्टीभित्र देखिएका विवाद साम्य पार्ने दायित्व गौतमको भएको बताएको स्रोतले जनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन। 

सम्बन्धित सामग्री

बालुवाटार पुगेर वामदेवले भने- प्रचण्डको प्रस्तावमा मेरो पनि योगदान छ

३० कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आइतबार बालुवाटार पुगेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा गौतमले सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेकव …

अनलाइनखबर

वामदेवलाई फकाउने ओलीको प्रयास

२८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउने प्रयास जारी राखेका छन् । रोजेको मन्त्रालय लिएर आफूलाई साथ दिन ओलीले गौतमलाई …

अनलाइनखबर

बामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री

१३ साउन, काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका छन् । प्रचण्ड–माधवकुमार नेपाल समूह छाडेर आफूतिर आएलगत्तै ओली गौतमलाई भेट्न निवासमै पुगेका …

अनलाइनखबर

काम लागेन प्रधानमन्त्री ओलीको त्रुप, गौतमको योजना अर्कै !

प्रधानमन्त्री केपी  शर्मा ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताबले काम नगर्ने देखिएको छ। उक्त प्रस्ताबप्रति गौतमले आशंका ब्यक्त गरेका छन। ओलीलाई पार्टी अध्यक्ष र संसदीय दलको नेता बनाउदा आफुले सहयोग गरेको ...

नेपाल आज

काम लागेन प्रधानमन्त्री ओलीको त्रुप, गौतमको योजना अर्कै !

प्रधानमन्त्री केपी  शर्मा ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताबले काम नगर्ने देखिएको छ। उक्त प्रस्ताबप्रति गौतमले आशंका ब्यक्त गरेका छन। ओलीलाई पार्टी अध्यक्ष र संसदीय दलको नेता बनाउदा आफुले सहयोग गरेको ...

नेपाल आज

प्रधानमन्त्रीलाई समस्या समाधान गर्नोस् भनेको हुँ : गौतम

१४ बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव नदिएको आशय व्यक्त गरेका छन् । शनिबार ओलीसँगको आफ्नो भेटबारे मनमौजी टिकाटिप्पणी भएको गौतमद्वारा आइतबार जारी …

अनलाइनखबर

प्रधानमन्त्री ओलीद्वारा गौतमलाई राष्ट्रिय सभा सदस्य बन्न प्रस्ताव

 प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा सामेल गर्न राष्ट्रिय सभामा लैजाने प्रस्ताव गरेका छन् । ओलीबाट गौतमलाई यस्तो ‘अफर’ आए पनि यसअघि प्रस्तावित उपाध्यक्ष पदलाई स्थायी समितिले अझै ...

नेपाल आज

बामदेव गौतमलाई फकाउँदै ओली

२ साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले केही समययता आफूसँग असन्तुष्ट बनेका नेता बामदेव गौतमलाई फकाउने प्रयास थालेका छन् । पछिल्लो केही समयको अन्तरमा ओलीले गौतमसँग दुईतीन पटक छलफल गरेर आफूलाई साथ …

अनलाइनखबर