पोखरा महानगरको प्रमुखमा गठबन्धनको अग्रता, उपप्रमुखमा कडा टक्कर

पोखरा महानगरको प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवार धनराज आचार्यले करिब ५०० मतको अग्रता लिएका छन् । १२ हजार ९७ मत गन्दा नेकपा एकीकृत समाजवादीका आचार्यले ४ हजार ८४८ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ४ हजार ३५२ मत पाएका छन् ।यस्तै, उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेकी काँग्रेसकी कोपिला रानाभाट र एमालेकी मञ्जुदेवी गुरुङबीच कडा टक्कर भइरहेको छ । रानाभाटले ४ हजार ९९३ मत पाएकी छन् भने गुरुङले ४ हजार ९३८ पाएकी छन् ।